NE/Prabhupada 0100 - हामी शाश्वत रुपमा कृष्णसँग सम्बन्धित छौं



Lecture on SB 6.1.8 -- New York, July 22, 1971

हामी शाश्वत रुपमा कृष्णसँग सम्बन्धित छौं | वर्तमान परिस्थितिमा यो केवल बिर्सिएका छौं, यो दबिएको छ | तसर्थ हामी सोचिरहेका छौं कि हाम्रो कृष्णसँग सम्बन्ध छैन | तर त्यो तथ्य होइन | हामी कृष्णका अंश भएको कारण यो सम्बन्ध शाश्वत हुन्छ | केवल हामीले पुनर्जागृत गर्नुपर्छ | त्यो हो कृष्ण भावना | कृष्ण भावना भनेको....हामी अहिले फरक चेतनामा छौं | म सोच्दैछु कि म भारतीय हुँ | कसैले सोच्दैछ,"म अमेरिकी हुँ |" कसैले सोच्दैछ,"म यो हुँ, म त्यो हुँ |" तर वास्तविक सोचाइ भनेको "म कृष्णको हुँ " | त्यो हो कृष्ण भावना | "म कृष्णको हुँ |" र कृष्ण भावनाभावित सम्बन्धमा, कृष्ण सबैको लागि हुनुभएको कारण म सबैको बन्छु | यो बुझ्न खोज्नुहोस् | भारतमा एउटा चलन छ कि जब एक युवतीको एक युवकसँग विवाह हुन्छ, तपाइको देशमा पनि, सबैतिर, उही चलन छ | जसतै युवकको भतिजले ती युवतीलाई "काकी" भन्छन | अब, कसरी उनी काकी बनिन्? किनकि, उनको पतिसँगको सम्बन्धमा | विवाह पहिले, उनी काकी थिइनन्, तर जब उनी पतिसँग सम्बन्धित भइन्, पतिको भतिज उनको भतिज बने | यो उदाहरण बुझ्न खोज्नुहोस् | त्यसैगरी, यदि हामीले आफ्नो सम्बन्ध या कृष्णसँगको हाम्रो सम्बन्ध पुनर्स्थापना गर्यौं भने, कृष्ण सबैको लागि हुनुभएको कारण म सबैको बन्छु | त्यो हो वास्तविक सार्वभौमिक प्रेम | कृत्रिम, तथाकथित सार्वभौमिक प्रेमको स्थापना तबसम्म हुन सक्दैन जबसम्म तपाईले आफ्नो सम्बन्ध केन्द्रिय विन्दुसँग स्थापना गर्नुहुन्न | जस्तै तपाई अमेरिकी हुनुहुन्छ | किन? किनकि तपाई यो जमिनमा जन्मनुभयो | अर्का अमेरिकी तपाईको देशको सदस्य छन्, तर यदि तपाई अरु केहि बन्नुभयो भने तपाइको अर्को अमेरिकीसँग कुनै सम्बन्ध रहँदैन | त्यसैले हामीले कृष्णसँगको सम्बन्ध पुनर्स्थापित गर्नुपर्छ | तब सार्वभौमिक भ्रातृत्व, न्याय, शान्ति, समृद्धिको कुरा आउँछ | अन्यथा, सम्भावना छैन | केन्द्रिय विन्दु छुटिरहेको छ | कसरी न्याय र शान्ति हुनसक्छ? यो सम्भव छैन |

तसर्थ भगवद्-गीतामा शान्तिको सुत्र दिइएको छ | शान्तिको सुत्र यो हो कि मानिसले कृष्ण एकमात्र भोक्ता हुनुहुन्छ भनेर बुझ्नुपर्छ | जस्तै यो मन्दिरमा, हाम्रो केन्द्रविन्दु कृष्ण हुनुहुन्छ | यदि हामी पकाउँदैछौं भने त्यो कृष्णको लागि हो, यो होइन कि हामी आफ्नो लागि पकाउँदैछौं | अन्त्यमा, हामी प्रसादत् त खानेछौँ, तर जब हामी पकाउँछौं, हामी सोच्दैनौं कि हामी आफ्नो लागि पकाउँदैछौं | हामी कृष्णको लागि पकाउँदैछौं | जब तपाई बाहिर केहि दान संकलन गर्न जानुहुन्छ, यो होइन कि जो व्यक्तिहरु कीर्तन टोलीमा छन्, तिनीहरुको कुनै निजि स्वार्थ छ | होइन | तिनीहरु संकलन गर्दैछन् या तिनीहरु ग्रन्थ बाँड्दैछन्, कृष्णको लागि, मानिसहरुलाई कृष्ण भावनाभावित बनाउन | र जे पनि संकलन हुन्छ, त्यो कृष्णको लागि खर्च हुन्छ | यस प्रकार, जब हामी जीवनको यो विधिमा अभ्यस्त हुन्छौं, सबै कृष्णको लागि, त्यो कृष्ण भावना हो | उही कुरा, जे हामी गर्दैछौं, हामीले त्यहि गर्नुपर्छ | हामीले केवल चेतना परिवर्तन गर्नुपर्छ, कि "म कृष्णको लागि गर्दैछु, आफ्नो लागि होइन |" यस प्रकार, यदि हामीले कृष्ण भावनाको विकास गर्छौं भने हामी आफ्नो वास्तविक चेतनामा आउँछौं | तब हामी खुसी हुन्छौं |

जबसम्म हामी वास्तविक चेतनामा आउँदैनौं, तबसम्म हामी विभिन्न श्रेणीका पागल रहन्छौं | जो कृष्ण भावनाभावित छैन, ऊ पागल हो किनकि ऊ त्यो स्तरमा कुरा गर्छ जुन अस्थायी छ, क्षणिक छ | यो त सकिनेछ | तर हामी, जीवहरु, हामी शाश्वत छौं | त्यसैले अस्थायी कार्य हाम्रो कार्य होइन | हाम्रो कार्य शाश्वत हुनुपर्छ किनकि हामी शाश्वत छौं | र त्यो शाश्वत कार्य भनेको कसरी कृष्णको सेवा गर्नु हो | जस्तै यो औंला मेरो शरीरको अंश हो, तर औंलाको शाश्वत कार्य भनेको कसरी शरीरको सेवा गर्नु हो, त्यति हो | यहाँ, यसको अरु कुनै कार्य छैन | र त्यो औंलाको स्वस्थ स्थिति हो | यदि यसले सम्पूर्ण शरीरको सेवा गर्न सक्दैन भने त्यो यसको रोगी स्थिति हो | त्यसैगरी, कृष्ण शाश्वत हुनुहुन्छ; हामी शाश्वत छौं | नित्यो नित्यानां चेतनश् चेतनानाम् (कठ उपनिषद् २|२|१३) | यी वैदिक उपदेश हुन् | परम शाश्वत श्री कृष्ण हुनुहुन्छ र हामी पनि शाश्वत छौं | हामी परम छैनौं; हामी अधिनमा छौं | नित्यो नित्यानां चेतनश् चेतनानाम् | उहाँ परमात्मा हुनुहुन्छ; हामी मातहतका आत्मा हौँ | एको बहूनां यो विदधाति कामान् | एक परमात्मा, एक शाश्वत, उहाँले बहुसंख्यक शाश्वतहरुको जीवनका आवश्यकता पुरा गर्नुहुन्छ | एको बहुनाम्, बहुसंख्यक जीवहरु | तपाईले गन्न सक्नुहुन्न | बहुनाम् | यो हो हाम्रो सम्बन्ध | त्यसैले, अंश भएको कारण हामीले कृष्णको सेवा गर्नुपर्छ र हामी अधीनमा छौं | उहाँले हाम्रो आवश्यकता पुरा गर्नुहुन्छ | उहाँ परम पिता हुनुहुन्छ | यो जीवन नै ठिक जीवन तथा मुक्त जीवन हो | यो कृष्ण भावनाभन्दा टाढाको अरु जीवन पापी जीवन हो |