NE/Prabhupada 0101 - हाम्रो स्वस्थ जीवन भनेको शाश्वत जीवनको आनन्द लिनु हो



Press Conference -- April 18, 1974, Hyderabad

अतिथि (१): यो कृष्ण भावनाको परम लक्ष्य के हो ?

प्रभुपाद: अँ, परम लक्ष्य भनेको..... होइन, म भन्नेछु | परम लक्ष्य भनेको यो हो कि यहाँ आत्मा र पदार्थ छन् | जसरी भौतिक जगत् छ, त्यसैगरी आध्यात्मिक जगत् पनि छ | परस् तस्मात् तु भावः अन्यः अव्यक्तः अव्यक्तात् सनातनः (भ गी ८|२०) | आध्यात्मिक जगत् शाश्वत छ | भौतिक जगत् अस्थायी छ | हामी आत्मा हौँ | हामी शाश्वत छौं | तसर्थ हाम्रो कार्य भनेको आध्यात्मिक जगतमा फर्कनु हो | यो होइन कि हामी भौतिक जगतमा रहेर राम्रोबाट नराम्रो र नराम्रोबाट राम्रो शरीर परिवर्तन गरौँ | त्यो हाम्रो काम होइन | त्यो एउटा रोग हो | हाम्रो स्वस्थ जीवन भनेको शाश्वत जीवनको आनन्द लिनु हो | यद् गत्वा न निवर्तन्ते तद् धाम परमं मम (भ गी १५|६) | हेर्नुहोस्, हाम्रो मानव जीवन उक्त पूर्णताको अवस्था प्राप्त गर्न उपयोग गर्नुपर्छ- पुनः भौतिक शरीर नपाउने, जुन हामीले परिवर्तन गर्नुपर्छ | यो जीवनको लक्ष्य हो |

अतिथि (२): के त्यो पूर्णता एउटा जीवनमा सम्भव छ ?

प्रभुपाद: छ, एक क्षणमा, यदि तपाई मान्नुहुन्छ | कृष्णले भन्नुहुन्छ कि

सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज
अहं त्वां सर्व​-पापेभ्यो मोक्षयिष्यामि मा शुचः
(भ गी १८|६६)

हामी आफ्ना पापी गतिविधिको कारणले शरीर परिवर्तन गर्छौं, तर यदि हामी कृष्णमा शरणागत भयौं र कृष्ण भावना ग्रहण गर्यौं भने तत्काल तपाई आध्यात्मिक स्तरमा अवस्थित हुनुहुन्छ |

मां च यो ऽव्यभिचारेण भक्ति-योगेन सेवते
स गुणान् समतीत्यैतान् ब्रह्म​-भूयाय कल्पते
(भ गी १४|२६)

जब तपाई कृष्णको शुद्ध भक्त बन्नुहुन्छ, तब तपाईले यो भौतिक स्तर तत्काल पार गर्नुहुन्छ | ब्रह्म​-भूयाय कल्पते | तपाई आध्यात्मिक स्तरमा अवस्थित हुनुहोस् | र यदि तपाईले आध्यात्मिक स्तरमा मृत्यु वरण गर्नुभयो भने तपाई आध्यात्मिक जगत् जानुहुन्छ |