NE/Prabhupada 0103 - भक्तको समाजबाट टाढा जाने प्रयास कहिल्यै नगर्नुहोस्



Lecture on CC Adi-lila 7.91-2 -- Vrndavana, March 13, 1974

नरोत्तम दस ठाकुर भन्नुहुन्छ कि "जन्म-जन्मान्तर |" किनकि एक भक्त, उनले घर फर्कने, भगवद् धाम फर्कने इच्छा राख्दैनन् | होइन | जुनसुकै ठाउँ, त्यसको मतलब छैन | उनले केवल भगवानको गुणानुवाद गर्न चाहन्छन् |त्यो उनको कार्य हो | भक्तको कार्य यो होइन कि उनी जप्ने र नाच्ने गर्छन् र वैकुण्ठ या गोलोक वृन्दावन जानलाई भक्तिमय सेवा गर्दछन् | त्यो कृष्णको इच्छा हो | " यदि उहाँको इच्छा भए उहाँले मलाई लानुहुन्छ |" जस्तै भक्तिविनोद ठाकुर पनि: इच्छा यदि तोर​ | जन्माओबि यदि मोरे इच्छा यदि तोर​, भक्त​-गृहेते जन्म ह​-उप मोर | भक्तले यहि प्रार्थना गर्छन् कि... उनले कृष्णलाई अनुरोध गर्दैनन् कि "कृपया मलाई वैकुण्ठ या गोलोक वृन्दावन लानुहोस् |" होइन | "यदि हजुरलाई मैले फेरी जन्म लिनुपर्छ भन्ने लाग्छ भने त्यो ठिकै छ | तर मेरो यहि मात्र अनुरोध छ कि मलाई भक्तको घरमा जन्म दिनुहोस् | त्यति हो | ताकि मैले हजुरलाई कहिल्यै बिर्सिनु नपरोस् |" यो नै भक्तको एकमात्र प्रार्थना हो | किनकि...जस्तै यो बच्चा | उनले वैष्णव आमा र बुवाकोमा जन्म लिएकी छिन् | उनी पहिलेको जीवनमा वैष्णव या वैष्णवी थिइन् | किनकि यो मौका हो... हाम्रा सबै बच्चाहरु, जो वैष्णव माता-पिताकोमा जन्म लिएका छन् तिनीहरु धेरै, धेरै भाग्यमानी छन् | जीवनको सुरुवात देखि नै, तिनीहरु हरे कृष्ण महा-मन्त्र सुनिरहेका छन् | तिनीहरु वैष्णवसँग सङ्ग गर्दैछन्, जप्दैछन्, नाच्दैछन् | अनुकरण वा वास्तविक रुपमा, त्यसको मतलब छैन | तिनीहरु धेरै, धेरै भाग्यमानी बच्चाहरु छन् | शुचीनां श्रीमतां गेहे योग​-भ्रष्टः-सञ्जायते (भ गी ६।४१) | त्यसैले यिनीहरु साधारण बच्चाहरु होइनन | यिनीहरु....यी बच्चाहरु, तिनीहरु सधै भक्तको सङ्गको लागि लालायित हुन्छन्, हरे कृष्ण जप्दै हामीकहाँ आउँछन् | त्यसैले तिनीहरु साधारण बच्चाहरु होइनन् | भक्ति सङ्गे वास |

यो धेरै राम्रो मौका हो | भक्त सङ्गे वास | हाम्रो कृष्ण भावनामृत संघ भक्त-सङ्ग, भक्तको समाज हो | कहिल्यै टाढा जाने प्रयास नगर्नुहोस् | कहिल्यै टाढा जाने प्रयास नगर्नुहोस् | त्रुटी हुनसक्छ | तपाईले समाधान गर्नुपर्छ | र भक्तको सङ्गमा जप्ने तथा नाच्ने, यसको धेरै ठुलो फाइदा छ, ठुलो महत्व छ | यहाँ यसको पुष्टि गरिएको छ र सबै वैष्णवले पुष्टि गरेका छन् |

ताञ्देर चरण​-सेवि-भक्त​-सने वास​
जनमे जनमे मोर एइ अभिलाष​
(श्रील नरोत्तम दास ठाकुर​)

जनमे जनमे भनेको उनी फर्केर जान चाहदैनन् | उनको इच्छा त्यस्तो छैन | "जब कृष्णले इच्छा गर्नुहुन्छ, कृष्णले मलाई स्वीकृति दिनुहुनेछ |" त्यो फरक कुरा हो | अन्यथा, म यो बाटोमा जान्छु, भक्तको समाजमा बाँच्ने टाठा जप्ने-नाच्ने नै मेरो कार्य हो |" यो आवश्यक छ | अरु केहि होइन | अरु केहि, कुनै इच्छा, त्यो अन्याभिलाष हो । अन्याभिलाषिता-शून्यम् (भ र सि १|१|११) | भक्तले यो बाहेक केहि इच्छा राख्नुहुँदैन, कि "म भक्तको समाजमा बाँचु र हरे कृष्ण महामन्त्र जपुँ |" यो हाम्रो जीवन हो | धेरै धेरै धन्यवाद |