NE/Prabhupada 0102 - मनको गति



Lecture on SB 5.5.1-8 -- Stockholm, September 8, 1973

अहिले तपाईसँग हवाईजहाज छ | त्यो राम्रो हो | तर तपाई भैतिक लोकहरुमा पनि पुग्न सक्नुहुन्न | यदि तपाईलाई आध्यात्मिक लोकमा जाने इच्छा छ भने तपाईले त्यस्तो हवाईजहाज बनाउनुपर्छ जुन मनको गतिमा चल्छ | वा हावाको गतिमा | जो भौतिक शास्त्री छन्, तिनीहरुलाई थाहा छ हावाको गति कति हुन्छ, प्रकाशको गति कति हुन्छ | यो गतिभन्दा माथी मनको गति हुन्छ | जो भौतिक शास्त्री छन्, तिनीहरुलाई थाहा छ कति द्रुत छन् हावा र प्रकाश | मन अझ द्रुत छ | तपाईसँग अनुभव छ | अहिले तपाई यहाँ बस्दै हुनुहुन्छ | तत्काल, एक सेकेन्डमा तपाई अमेरिका, भारत जान सक्नुहुन्छ | तपाई आफ्नो घर जान सक्नुहुन्छ | तपाईले देख्न सक्नुहुन्छ- मनबाट, अवश्य पनि, मनको गति | ब्रह्म संहितामा भनिएको छ कि यदि तपाईले मनको गतिमा चल्ने हवाईजहाज उत्पादन गर्नु भए पनि, जुन हावाको गतिमा चल्छ- पन्थास् तु कोटि-शत​-वत्सर​-सम्प्रगम्यः- र त्यो गतिमा तपाई करोडौं वर्षसम्म जानुहुन्छ भने तब पनि तपाईले गोलोक वृन्दावन भेटाउन सक्नुहुन्न | तब पनि, तपाईले भेटाउनुहुन्न | पन्थास् तु कोटि-शत​-वत्सर​-सम्प्रगम्यो वायोर् अथापि मनसो मुनि-पुङ्गवानाम् (ब्र स ५|३४) | यो होइन कि पहिलेका आचार्यहरु र अरुलाई थाहा थिएन, हवाईजहाज के हो, गति के हो, कसरी कुदाउने | मूर्खतापुर्वक नसोच्नुहोस्, अहिलेका मानिसहरुले उत्पादन गरेका छन् भनेर | त्यो केहि पनि होइन, तेस्रो-श्रेणी, चौथो श्रेणीको पनि होइन, दशौँ श्रेणीको हो | पहिले राम्रा हवाईजहाजहरु थिए | यहाँ सुझाव दिइएको छ कि तपाईले त्यस्तो हवाईजहाज उत्पादन गर्न सक्नुहुन्छ जुन मनको गतिमा चल्छ | यहाँ सुझाव दिइएको छ- गर्नुहोस् | तपाईले हावाको गतिमा चल्ने हवाईजहाज उत्पादन गर्न सक्नुहुन्छ | तिनीहरु सोच्दैछन् कि हामीले प्रकाशको गतिमा चल्ने हवाईजहाज उत्पादन गर्न सक्छौं, तब पनि, त्यसलाई उच्च लोकसम्म पुग्न चालिस हजार वर्ष लाग्छ | तिनीहरु सोचिरहेका छन्, यदि त्यो सम्भव छ भने |

तर जहाँसम्म हामीले देखेका छौं, जो बोल्ट र किलामा व्यस्त छन्, कसरी यो मन्द दिमागले, तिनीहरुले त्यस्तो कुरा उत्पादन गर्न सक्छन् ? त्यो सम्भव छैन | त्यसलाई अर्को दिमाग चाहिन्छ | योगीहरु जान सक्छन | जस्तै दुर्वासा मुनि | उनी वैकुण्ठ-लोक पुगेका थिए, र उनले व्यक्तिगत रुपमा भगवान् विष्णुको दर्शन पाए माफी माग्नलाई किनकि उहाँको चक्र उनलाई मार्न पछि लागेको थियो | उनले वैष्णवको अपमान गरेका थिए | त्यो अर्को कथा हो | यसरी वास्तवमा मानव जीवन उक्त उद्देश्य प्राप्तिको लागि हो, भगवान् र उहाँका शक्तिलाई बुझ्न र हाम्रो पुरानो सम्बन्ध पुन:स्थापना गर्न | त्यो मूल कार्य हो | तर दुर्भाग्यवस, तिनीहरु कारखानामा व्यस्त छन्, अरु काममा, कुकुर र सुँगुर जसरी काम गर्न, र तिनीहरुको सारा शक्ति बिग्रिएको छ | नाश भएको मात्र होइन, तर तिनीहरुको चरित्र, तिनीहरु धेरै मेहेनत गर्दैछन्, धेरै मेहेनत गरेपछि तिनीहरुले नशा लिनैपर्छ | नशा लिएपछि तिनीहरुले मासु खानैपर्छ | यो सम्मिश्रण पछि तिनीहरुलाई यौन सम्बन्ध चाहिन्छ | यस प्रकारले तिनीहरु अन्धकारमा छन् | र यहाँ, ऋषभदेवका यी श्लोकहरु, उहाँले चेतावनी दिनुभएको छ | उहाँले चेतावनी दिनुभएको छ, उहाँ आफ्ना छोराहरुसँग बोल्दै हुनुहुन्छ, तर हामीहरुले शिक्षा लिन सक्छौं | उहाँ भन्नुहुन्छ: नायं देहो देह​-भाजां नृलोके कष्टान् कामान् अर्हते विड्-भुजां ये (श्री भ ५|५|१) | कामान् भनेको जीवनका आवश्यकता | तपाईले आफ्ना जीवनका आवश्यकता सजिलै पाउन सक्नुहुन्छ | खेत जोतेर तपाईले अन्न पाउनुहुन्छ | र यदि गाई पाल्नुहुन्छ भने तपाईले दुध पाउनुहुन्छ | त्यति हो | त्यो पर्याप्त छ | तर नेताहरुले योजना बनाउँदैछन् कि यदि तिनीहरु आफ्नो खेतीको कामबाट सन्तुष्ट छन् भने, थोरै अन्न र दुधबाट, तब कसले कारखानामा काम गर्छ ? तसर्थ तिनीहरुले कर तिराउँछन् ताकि तपाई सरल जीवन बाँच्न नसक्नुहोस् | त्यो स्थिति छ | तपाईले इच्छा गरे पनि, आधुनिक नेताहरुले अनुमति दिंदैनन् | तिनीहरुले तपाईलाई कुकुर र सुँगुर जसरी काम गर्न बाध्य बनाउँछन् | यस्तो स्थिति छ |