NE/Prabhupada 0109 - हामी कुनै अल्छी मानिसलाई अनुमति दिंदैनौं



Lecture on SB 1.7.24 -- Vrndavana, September 21, 1976

तपाईले धेरै राम्रो तरिकाले आफ्नो कर्तव्य पालन गर्दै हुनुहुन्छ। तपाईको धर्म भनेको तपाईको व्यावसायिक कर्तव्य। मानौं तपाई ईन्जिनियर हुनुहुन्छ। तपाईले धेरै राम्रो तरिकाले कर्तव्य पालन गर्दै हुनुहुन्छ। अथवा एक चिकित्सा सम्बन्धी मानिस, वा व्यापारी, वा अरु केही - सबैले केही गर्नुपर्छ। तपाई अल्छी भएर बस्दै आफ्नो जीविकोपार्जन गर्न सक्नुहुन्न। सिंह भए तापनि तपाईले काम गर्नुपर्छ। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगाः | यो भौतिक संसार यस्तै छ। सिंह जस्तै शक्तिशाली भएपनि तपाई सुत्न सक्नुहुन्न । तपाईलाई लाग्छ कि, "म सिंह हुँ, म जंगलको राजा हुँ। मलाई सुत्न देऊ र पशु मेरो आएर मुखमा प्रवेश गर्नेछन्। " होइन, त्यो सम्भव छैन। तपाई पशु हुनुहुन्छ भने पनि तपाईले जनावर पकड्नुपर्छ। त्यसपछि तपाईले खान सक्नुहुनेछ। अन्यथा तपाई भोकै बस्नुपर्छ। त्यसैले कृष्णले भन्नुहुन्छ, नियतं कुरु कर्म त्वं कर्म ज्यायो ह्य् अकर्मणः। "तिमीले आफ्नो कर्तव्य गर्नैपर्छ |" शरीर​-यात्रापि च ते न प्रसिद्ध्येद् अकर्मणः । यो नसोच्नुहोस्......यी धुर्तहरु भन्छन् कि "कृष्ण भावनामृत अभियानले मानिसलाई भाग्न सिकाउँदैछ | तिनीहरु...." होइन, त्यो कृष्णको उपदेश होइन | हामी कुनै अल्छी मानिसलाई अनुमति दिदैनौं | ऊ संग्लग्न हुनैपर्छ | त्यो हो कृष्ण भावनामृत अभियान | त्यो कृष्णको उपदेश हो | नियतं कुरु कर्म​ | अर्जुनले लडाई गर्न अस्वीकार गर्दै थिए | उनी अहिंस्रक व्यक्ति बन्ने प्रयास गर्दै थिए | कृष्णले अनुमति दिनुभएन,"हुँदैन, हुँदैन, तिमीले त्यसो गर्न सक्दैनौ | त्यो तिम्रो कमजोरी हो |" कुतस् त्वा कश्मलम् इदं विषमे समुपस्थितम्: "तिमी आफुलाई धुर्त प्रमाणित गर्दैछौ | यो अनार्य​-जुष्टम् हो | त्यस प्रकारको प्रस्ताव अनार्य, असभ्य मानिसको लागि हो | त्यो नगर |" त्यो कृष्णको..... यो नसोच्नुहोस् कि कृष्ण भावनामृत अभियानमा जो कृष्ण भावनाभावित छन्, तिनीहरु अल्छी हुनेछन् र हरिदास ठाकुरको अनुकरण गर्नेछन् | त्यो कृष्ण भावना होइन | कृष्ण भावना भनेको, जसरी कृष्णले उपदेश दिनुहुन्छ, तपाई निकै व्यस्त हुनुपर्छ, चौबिसै घण्टा | यो हो कृष्ण भावना | अल्छी मानिस बन्नको लागि होइन, खाने र सुत्ने | होइन |

यो धर्मस्य ग्लानिः हो | तर तपाईले आफ्नो दृष्टि परिवर्तन गर्नुपर्छ | भौतिक बद्ध जीवनमा तपाईको लक्ष्य कसरी इन्द्रियतृप्ति गर्ने भन्ने हुन्छ | र कृष्ण भावना भनेको तपाई उही उत्साहमा कार्य गर्नुहुन्छ, उही शक्तिमा, तर तपाईले कृष्णलाई सन्तुष्ट गर्नुपर्छ | त्यो आध्यात्मिक जीवन हो | अल्छी मानिस बन्नको लागि होइन | फरक यति छ कि, जसरी कृष्णदासले भन्नुभएको छ, आत्मेन्द्रिय​-प्रीति-वाञ्छा तारे बलि ऽकाम​ऽ (चै च आदि ४|१६५) | काम भनेको के हो? काम भनेको जब मानिसले आफ्नो इन्द्रिय सन्तुष्ट गर्ने इच्छा राख्छ | त्यो काम हो | कृष्णेन्द्रिय​-प्रीति-इच्छा धरे ऽप्रेम​ऽ नाम​ | र प्रेम के हो ? प्रेम भनेको जब तपाई कृष्णको इन्द्रिय सन्तुष्ट गर्न संलग्न हुनुहुन्छ | गोपीहरु किन उच्च स्तरमा छन्? किनकि तिनीहरुको प्रयास केवल कृष्णको इन्द्रिय सन्तुष्ट पार्ने हुन्थ्यो | तसर्थ चैतन्य महाप्रभुले सिफारिश गर्नुभएको छ, रम्या काचिद् उपासना व्रज​-वधू-वर्गेण या कल्पिता | तिनीहरुको अरु कुनै कार्य थिएन | वृन्दावन भनेको, जो वृन्दावनमा हुन्छन्..... यदि तिनीहरु वास्तवमा वृन्दावनमा बस्न चाहन्छन् भने तिनीहरुको कार्य भनेको कसरी कृष्णको इन्द्रिय सन्तुष्ट पार्ने भन्ने हुनुपर्छ | त्यो वृन्दावन हो | यो होइन कि,"म वृन्दावनमा बादीछु र आफ्नो इन्द्रिय सन्तुष्ट पार्न प्रयासरत छु |" त्यो वृन्दावन-वासी होइन | त्यस प्रकारको जीवन त.... धेरै बाँदर, कुकुर, सुँगुर पनि छन्; तिनीहरु पनि वृन्दावनमा छन् | के तपाई भन्न सक्नुहुन्छ कि तिनीहरु वृन्दावनमा बस्दैछन् ? होइन | जसले वृन्दावनमा आफ्नो इन्द्रिय सन्तुष्ट गर्न चाहन्छ, उसको अर्को जीवन कुकुर, सुँगुर, बाँदरको हुन्छ | तपाईले यो थाहा पाउनुपर्छ | त्यसैले कसैले पनि वृन्दावनमा इन्द्रियतृप्ति गर्ने प्रयास गर्नुहुँदैन | त्यो महापाप हो | केवल कृष्णको इन्द्रिय सन्तुष्ट पार्ने प्रयास गर्नुहोस् |