NE/Prabhupada 0110 - पूर्व आचार्यको कठपुतली बन्नुहोस्



Morning Walk -- April 19, 1973, Los Angeles


स्वरुप दामोदर: यदि तिनीहरुले श्रीमद् भागवतम् सुने भने तिनीहरुको हृदय परिवर्तन हुनेछ |

प्रभुपाद: अवश्य पनि | हिजो, कसैले हाम्रा विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गरेका छन्: "ओहो ! हामी तपाईहरुप्रति निकै आभारी छौं कि तपाईले हामीलाई भागवतम् दिंदै हुनुहुन्छ |" यो होइन त ? कसैले भनेको थियो?

भक्तहरु: हो हो | त्रिपुरारिले भनेका थिए | त्रिपुरारि |

प्रभुपाद: हो, त्रिपुरारि | कसैले त्यस्तो भनेका थिए?

त्रिपुरारि: हो, दुई युवकले हिजो एयरपोर्टमा, तिनीहरुले श्रीमद् भागवतमको दुई संग्रह किने |

जयतीर्थ​: पुरै?

त्रिपुरारि: छ संस्करण | तिनीहरुले भागवतम् लिएर भने:"तपाईलाई धेरै धेरै धन्यवाद |" तिनीहरुले ती संग्रह आफ्नो लकरमा राखे र तिनीहरु आफ्नो जहाजलाई कुर्दै थिए र तिनीहरु दुवैसँग पहिलो स्कन्ध थियो...

प्रभुपाद: हो | हरेक आज्ञाकारी मानिस हाम्रो यस आन्दोलन प्रति आभारी हुन्छ | यी पुस्तकहरु वितरण गरेर, तिमीले कृष्णको लागि महान सेवा गर्दैछौ | उहाँ सबैलाई भन्न चाहनुहुन्थ्यो: सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज​ (भ गी १८|६६) | तसर्थ उहाँ आउनुहुन्छ | जसले उही सेवा गर्दैछ, कि:"कृष्णमा आत्मसमर्पण गर," ऊ कृष्णबाट राम्ररी चिनिएको हुन्छ | यो भगवद् गीतामा भनिएको छ: न च तस्मान् मनुष्येषु (भ गी १८|६९) मानव समाजमा कोहिपनि ऊभन्दा प्रिय हुँदैन, जसले प्रचार कार्यमा मदत गर्छ | हरे कृष्ण |

ब्रह्मानन्द: हामी केवल हजुरका कठपुतली हौँ, श्रील प्रभुपाद | हजुरले हामीलाई पुस्तकहरु दिनुभएको छ |

प्रभुपाद: होइन | हामी सबै कृष्णको कठपुतलीका संग्रह हौँ | म पनि कठपुतली हुँ | कठपुतली | यो गुरु-शिष्य परम्परा हो | हामी कठपुतली बन्नुपर्छ | त्यति हो | जसरी म आफ्नो गुरु महाराजको कठपुतली हुँ, यदि तिमी मेरो कठपुतली बन्यौ भने त्यो सफलता हुन्छ | हाम्रो सफलता तब हुन्छ, जब हामी पूर्व आचार्यहरुको कठपुतली बन्छौं | ताङ्देर चरण सेवि भक्त सने वास​ | भक्तको समाजमा बस्ने र पूर्व आचार्यको कठपुतली बन्ने | यो सफलता हो | हामी त्यसो गर्न प्रयासरत छौं | कृष्ण भावनामृत संघ र पूर्व आचार्यको सेवा | त्यति हो | हरेर् नाम हरेर् नाम​... (चै च आदि १७।२१) | मानिसहरु आउनेछन् | मानिसहरुले हाम्रो प्रचारको सराहना गर्नेछन् |

स्वरूप दामोदर​: तिनीहरुले अहिले केहि वर्ष पहिलेभन्दा बढी सराहना गर्दैछन् |

प्रभुपाद: हो, हो |

स्वरुप दामोदर: तिनीहरुले यो वास्तविक दर्शन बुझ्न सुरु गर्दैछन् |