NE/Prabhupada 0119 - आत्मा सदाबहार छ



Lecture on BG 2.1-10 and Talk -- Los Angeles, November 25, 1968

प्रभुपाद: हो |

श्रीमती: के उमेर भनेको यहि हो त, जब आत्माले शरीर छोड्छ, तपाई बुढो हुनुहुन्छ ?

प्रभुपाद: होइन, आत्मा बुढो हुँदैन | शरीर परिवर्तनशील छ | त्यसको व्याख्या हुनेछ,

देहिनो अस्मिन् यथा देहे कौमारम् यौवनम् जरा
तथा देहान्तर प्राप्तिर् धीरस् तत्र न मुह्यति
(भ गी २।१३)

आत्मा सदाबहार छ | शरीर परिवर्तनशील छ | त्यो बुझ्नुपर्छ | शरीर परिवर्तनशील छ | त्यो सबैले बुझ्न सक्छ | जस्तै बाल्यकालमा तपाईको शरीर... जस्तै यी बालिका, एउटा फरक शरीर | र जब यी बालिका एक युवती हुन्छिन्, एक फरक शरीर हुनेछ | तर आत्मा भने यो शरीरमा र त्यो शरीरमा हुन्छ | यो नै प्रमाण हो कि आत्मा परिवर्तन हुँदैन, शरीर परिवर्तन हुन्छ | यो नै प्रमाण हो | म आफ्नो बाल्यकालको बारेमा सोच्दैछु | त्यो भनेको म उही "म" छु, जुन बाल्यकालमा थिएँ, र मलाई याद छ कि बाल्यकालमा मैले यो, त्यो गर्थेँ | तर त्यस बाल्यकालको शरीर अहिले छैन | त्यो गइसक्यो | तसर्थ यो निष्कर्ष निकाल्न सकिन्छ कि मेरो शरीर परिवर्तन भएको छ, तर म उही छु | यो होइन र ? यो सरल सत्य हो | यो शरीर परिवर्तन हुन्छ, म भने यथावत रहन्छु | म अर्को शरीरमा प्रवेश गर्न सक्छु, त्यो मतलब हुँदैन, तर म यथावत रहन्छु | तथा देहान्तर प्राप्तिर् धीरस् तत्र न मुह्यति (भ गी २।१३) | जसरी मैले अहिलेको परिस्थितिमा पनि शरीर परिवर्तन गर्दैछु, त्यसैगरी, अन्तिम परिवर्तनको भनेको यो होइन कि मेरो मृत्यु भयो | म अर्कोमा प्रवेश गर्छु....त्यसको पनि व्याख्या गरिएको छ, वासांसि जीर्णानि यथा (भ गी २।२२), कि मैले परिवर्तन गर्छु | जस्तै, जब म सन्यासी थिइनँ, मेरो पहिरन कुनै सज्जन व्यक्तिको जस्तै हुन्थ्यो | अहिले मैले आफ्नो पहिरन परिवर्तन गरेको छु | यसको मतलब यो होइन कि मेरो मृत्यु भयो | होइन | मैले आफ्नो शरीर परिवर्तन गरेँ, त्यति हो | मैले आफ्नो शरीर परिवर्तन गरेँ |