NE/Prabhupada 0120 - अचिन्त्य रहस्यमय शक्ति



Morning Walk At Cheviot Hills Golf Course -- May 17, 1973, Los Angeles


प्रभुपाद: तिमीले अनुवाद गर्यौ कि गरेनौ?

स्वरुप दामोदर: अचिन्त्य?

प्रभुपाद: हो | अचिन्त्य अथवा रहस्यमय |

स्वरुप दामोदर: रहस्यमय शक्ति |

प्रभुपाद: हो |

स्वरुप दामोदर: मैले केवल संकलन गर्दैछु, जे श्रील प्रभुपादले व्याख्या गर्नुभयो, कि विभिन्न अचिन्त्य शक्तिहरु के हुन्, जुन हामीले देख्छौं |

प्रभुपाद: यहाँ अचिन्त्य-शक्तिले कार्य गर्दैछ, यो तुवाँलो, हुस्सु | तिमीसँग यसलाई हटाउने कुनै शक्ति छैन | तिम्रो शक्तिभन्दा टाढाको | तिमीले केहि शब्दलाई खेलाएर व्याख्या गर्न सक्छौ...

बटुवा: शुभ प्रभात |

प्रभुपाद:शुभ प्रभात | ...कि " यस्तो रसायन, यस्तो अणु, यस्तो यो, त्यो," धेरै कुराहरु छन् | तर (हाँस्दै) तिमीसँग यसलाई हटाउने कुनै शक्ति छैन |

स्वरुप दामोदर: हो | तिनीहरुसँग यो तुँवालो कसरी बन्यो भन्ने व्याख्या छ | तिनीहरु भन्छन्...

प्रभुपाद: त्यो तिमी पनि गर्न सक्छौ | त्यो म पनि गर्न सक्छु | त्यो त्यति ठुलो कुरा होइन | तर यदि तिमीलाई यो कसरी बन्यो भनेर थाहा छ भने प्रभावहीन बनाऊ|

स्वरुप दामोदर: हामीलाई थाहा छ यो कसरी बन्छ | हामीलाई थाहा छ यो कसरी बन्छ |

प्रभुपाद: हो | तिमीलाई थाहा छ भने तिमी यसलाई प्रभावहीन बनाउने खोज गर | जस्तै पहिले, युद्धमा परमाणु ब्रह्मास्त्र फालिन्थ्यो | अर्कोतर्फ....ब्रह्मास्त्र भनेको अत्यधिक ताप | तिनीहरुले केहि गर्थे, तिनीहरुले पानीमा परिणत गर्थे | किनकि ताप पछि पानी हुनुपर्छ | त्यस्तो विज्ञान कहाँ छ?

स्वरुप दामोदर: यो दुध जस्तै हो | दुध सेतो देखिन्छ, तर यो पानी नै हो | तिनीहरु भन्छन्, यो प्रोटिनको कोलाइडयन निलम्बन हो, यी कसिन, पानीमा | त्यसैगरी, यो तुँवालो भनेको हावामा पानीको कोलाइडयन निलम्बन हो | प्रभुपाद: हो | के तिमी आगो सिर्जना गर्न सक्छौ | यो तत्काल हट्नेछ | पानीलाई आगोद्वारा हटाउन सकिन्छ | तिमी बनाऊ | त्यो तिमी सक्दैनौ | तिमीले केवल एउटा बम प्रहार गर | त्यहाँ केहि ताप हुनेछ र सबै तुँवालो जानेछ | यो गर |

करन्धर: त्यसले सम्पूर्ण ग्रहलाई नष्ट गर्छ | (हाँसो चल्छ)

प्रभुपाद: हरे कृष्ण | पानीलाई आगो वा हावाद्वारा प्रभावहिन बनाउन सकिन्छ | सबैलाई थाहा छ | त्यसैले तिमी गर, निलम्बन | यो तिम्रो लागि रहस्यमय शक्ति हो | तिमी नचाहिने कुरा बोल्न सक्छौ, तर तिमी त्यसको विरुद्धमा केहि गर्न सक्दैनौ | तसर्थ यो रहस्यमय शक्ति हो | त्यसैगरी, धेरै कुराहरु छन् | त्यो हो अचिन्त्य शक्ति | तिमीले सोच्न पनि सक्दैनौ | प्राकृतिक रुपमा, तत्काल सूर्य उदाउँछ- तुँवालो रहँदैन | सबै सकिन्छ | सूर्यको थोरै ताप वृद्धि हुँदा सबै सकिन्छ | नीहारम् इव भास्करः | यो उदाहरण भागवतमा दिइएको छ | नीहार, यसलाई भनिन्छ नीहार | जसरी नीहार तत्काल भास्कर वा सुर्यद्वारा नष्ट हुन्छ, त्यसैगरी, यदि मानिसले आफ्नो निष्क्रिय भक्ति जगाउन सक्छ भने उसका सम्पूर्ण पापका फलहरु सकिन्छन् | नीहारम् इव भास्करः | तिमी केवल सिर्जना गर....तिमीले सूर्य यो रसायन, त्यो रसायनको समिश्रण हो भनेर अनुमान गरेका छौ | केवल एउटा सुर्य बनाऊ र त्यसलाई फालिदेऊ | केवल सैद्धान्तिक भविष्य, गफ र शब्दको खेल, त्यो राम्रो होइन |

स्वरुप दामोदर: अनुसन्धानको मतलब त्यहि हो | अनुसन्धान भनेको पहिले नबुझिएको कुरा बुझ्नु हो |

प्रभुपाद: हो | अनुसन्धान भनेको तिमीहरु मूर्ख र धुर्त हौ भनेर स्वीकार गर्नु हो | अनुसन्धान कसका लागि ? कसलाई थाहा छैन | अन्यथा अनुसन्धानको प्रश्न कहाँ छ ? तिमीलाई थाहा छैन | तिमी यो स्वीकार | धेरै रहस्यमय शक्तिहरु छन् | तिमीलाई थाहा छैन कि यो कसरी हुँदैछ | तसर्थ तिमीले अचिन्त्य शक्ति स्वीकार्नुपर्छ | र अचिन्त्य शक्तिको यो सिद्धान्त नस्वीकारी भगवानको कुनै अर्थ रहँदैन | यो होइन कि बल-योगी भगवान् बन्यो | यो धूर्त, मूर्खहरुको लागि हो | तर जो बुद्धिमान छन्, तिनीहरुले अचिन्त्य शक्तिको परिक्षण गर्नेछन् | जस्तै हामी कृष्णलाई भगवान्-अचिन्त्य शक्तिको रुपमा स्वीकार्छौं | हामी रामलाई स्वीकार्छौं-अचिन्त्य शक्ति | सस्तो रुपमा होइन | एउटा धूर्त आउँछ र भन्छ,"म भगवानको अवतार हुँ |" अर्को धूर्तले स्वीकार्छ | यो त्यस्तो होइन | "रामकृष्ण भगवान् हुन् |" हामी स्वीकार्दैनौं | हामीले अचिन्त्य रहस्यमय शक्ति देख्नैपर्छ | जस्तै कृष्णले बाल्यकाल पर्वत उठाउनुभयो | यो अचिन्त्य रहस्यमय शक्ति हो | रामचन्द्र, उहाँले स्तम्भ बिनाको पुल निर्माण गर्नुभयो | ढुंगा तैरिन थाल्यो:"छोड |" त्यसैले यो अचिन्त्य शक्ति हो | तिमी यस अचिन्त्य शक्तिमा समायोजन गर्न नसकेको कारण जब तिनीहरुको व्याख्या हुन्छ, तिमी भन्छौ,"अहो, यी सब कथाहरु हुन् |" के भनिन्छ ? पौराणिक कथा | तर महान ऋषिहरु, वाल्मिकी, व्यासदेव तथा अरु अचार्यहरु, के उहाँहरुले केवल पौराणिक कथा लेख्न आफ्नो समय नाश गर्नुभयो ? त्यस्ता शिक्षित विद्वानहरु ? र उहाँहरुले व्याख्या गर्नुभएन कि यो पौराणिक कथा हो | उहाँहरुले यसलाई वास्तविक तथ्यको रुपमा स्वीकार गर्नुभयो | जंगलमा आगो लागेको थियो | सबै साथीहरु र ग्वालबालहरु आत्तिएका थिए | तिनीहरु कृष्णतर्फ हेर्न थाले:"कृष्ण, के गर्ने?" "ठिक छ |" उहाँले सम्पूर्ण आगोलाई निल्नुभयो | यो हो अचिन्त्य रहस्यमय शक्ति | यहि हुनुहुन्छ भगवान् | ऐश्वर्यस्य समग्रस्य वीर्यस्य यशस: श्रीय: (विषणु पुराण ६।५।४७) | यी छ ऐश्वर्य पूर्ण मात्रामा हुन्छ | यहि हुनुहुन्छ भगवान् | हामीसँग पनि अचिन्त्य शक्ति अथवा रहस्यमय शक्ति छ | निकै सानो मात्रामा | हाम्रा शरीर भित्रका धेरै कुराहरु चल्दैछन् | हामी व्याख्या गर्न सक्दैनौं | उही उदाहरण | मेरा नङहरु समान रुपमा आउँदैछन् | यो रोगले बिग्रिए पनि पुनः आउँछ | मलाई थाहा छैन कि कस्तो यन्त्र चल्दैछ र नङ त्यहि स्थानमा अटाएर आउँदैछ | त्यो पनि मेरो शरीरबाट आउँदैछ | यो रहस्यमय शक्ति हो | यो रहस्यमय शक्ति हो, मेरो लागि र डाक्टरको लागि, सबैको लागि..... तिनीहरुले व्याख्या गर्न सक्दैनन् |