NE/Prabhupada 0143 - लाखौं-करोडौं ब्रह्माण्डहरु छन्



Sri Isopanisad, Mantra 13-15 -- Los Angeles, May 18, 1970

"हे मेरो प्रभु, सबै जीवको रक्षक, हजुरको वास्तविक मुखकमल चम्किलो ज्योतिले ढाकिएको छ | कृपया त्यो आवरण हटाउनुहोस् र आफ्नो शुद्ध भक्त सामु आफुलाई देखाउनुहोस् |"

यहाँ वैदिक प्रमाण छ | यस ईशोपनिषद् वेद हो, यजुर् वेदको अंश हो | र यहाँ भनिएको छ, हिरण्मयेन पात्रेण सत्यस्य अपिहितम् मुखम् | जस्तै सूर्य | सूर्य लोकमा एक देवता छन् जसको नाम विवस्वान हो | हामीले यो जानकारी भगवद् गीताबाट पाउँछौं | विवस्वान मनवे प्राह | हरेक लोकमा देवता छन् | जस्तै यो ग्रहमा, देवता नभए पनि कोहि राष्ट्रपति छन् | पहिलेको समयमा यो ग्रहमा केवल एउटा राजा थिए, महाराज परीक्षितसम्म | एउटा राजा......यो सम्पूर्ण ग्रहमा केवल एउटा झन्डामा शासन हुन्थ्यो | त्यसैगरी, हरेक लोकमा एक देवता छन् | यहाँ भनिएको छ कि परम नियन्त्रक कृष्ण हुनुहुन्छ, आध्यात्मिक आकाशको सर्वोच्च ग्रहमा | यो भौतिक आकाश हो | भौतिक आकाशमा यो एउटा ब्रह्माण्ड छ | लाखौं-करोडौं ब्रह्माण्डहरु छन् | र यो ब्रह्माण्डभित्र लाखौं-करोडौं ग्रहहरु छन् | यस्य प्रभा प्रभवतो जगद्-अण्ड​-कोटि (ब्र स ५|४०) | जगद्-अण्ड​ | जगद्-अण्ड भनेको ब्रह्माण्ड | अण्ड: एउटा अण्डा जस्तै, यो सम्पूर्ण ब्रह्माण्ड | कोटि | कोटि भनेको सयौं र हजारौं | ब्रह्मज्योतिमा यस्ता सयौं-हजारौं ब्रह्माण्डहरु छन्, र यो ब्रह्माण्डभित्र सयौं-हजारौं ग्रहहरु छन् | त्यसैगरी, आध्यात्मिक आकाशमा पनि सयौं-हजारौं, असिमित संख्यामा वैकुण्ठ लोकहरु छन् | हरेक वैकुण्ठ लोक भगवानद्वारा शासित छ | कृष्ण लोकमा बाहेक अरु सबै वैकुण्ठ लोकमा नारायणले शासन गर्नुहुन्छ र हरेक नारायणको भिन्न नाम छ, जसमध्ये हामीलाई केहि थाहा छ | जस्तै हामी भन्छौं प्रद्युम्न, अनिरुद्ध, संकर्षण...... हामीसँग केवल चौबीस नाम छन् तर अरु धेरै नाम छन् | अद्वैतम् अच्युतम् अनादिम् अनन्त​ रूपम् (ब्र स ५|३३) |

यी ग्रहहरु ब्रह्मज्योतिद्वारा ढाकिएका छन् | त्यसैले यहाँ प्रार्थना गरिएको छ कि हिरण्मयेन पात्रेण सत्यस्य अपिहितम् | अपिहितम् भनिएको ढाकिएको | जस्तै तपाईले यस चम्किलो सूर्य-किरणको कारण सूर्य-ग्रहलाई देख्न सक्नुहुन्न, त्यसैगरी, कृष्ण-लोक पनि, यहाँ तपाईसँग तस्विर छ | कृष्ण लोकबाट यो ज्योति आउँदैछ | हामीले यो ब्रह्मज्योति पार गर्नुपर्छ | यहाँ प्रार्थना गरिएको छ | हिरण्मयेन पात्रेण सत्यस्य​ | वास्तविक परमसत्य, कृष्ण, उहाँको लोक ब्रह्मज्योतिद्वारा ढाकिएको छ | त्यसैले भक्तले प्रार्थना गर्दैछन्,"कृपया यसलाई हटाउनुहोस् | यसलाई हटाउनुहोस् ताकी मैले हजुरको वास्तविक रुप देख्न सकूँ |" ब्रह्म्ज्योति, मायावादी दार्शनिकहरुलाई थाहा छैन कि ब्रह्मज्योतिभन्दा पछाडि अरु केहि छ | यहाँ वैदिक प्रमाण छ कि ब्रह्मज्योति सुनौलो ज्योतिजस्तै हो | हिरण्मयेन पात्रेण | यसले भगवानको वास्तविक मुखकमल ढाकेको छ | तत् त्वं पूषन्न् अपावृणु | "हजुर रक्षक हुनुहुन्छ, हजुर पालनकर्ता हुनुहुन्छ | कृपया यसलाई हटाउनुहोस् ताकी हामीले हजुरको मुखकमलको दर्शन गर्न सकौं |"