NE/Prabhupada 0144 - यसलाई माया भनिन्छ



Sri Isopanisad, Mantra 2-4 -- Los Angeles, May 6, 1970


प्रकृतेः क्रियमाणानि गुणै: कर्माणि सर्वशः
अहङ्कार​-विमूढात्मा कर्ताहम् इति मन्यते
(भ गी ३।२७)

कृष्णले भक्तको जिम्मा स्वयं लिनुहुन्छ, र साधारण जीवहरुको जिम्मा मायाले लिन्छिन् | माया पनि कृष्णकी शक्ति हुन् | जस्तै राम्रा नागरिकहरुको जिम्मा सरकारले सिधै लिन्छ र कैदी विभागद्वारा अपराधीहरुको जिम्मा लिन्छ | अपराधी विभागद्वारा | तिनीहरुको ख्याल राखिन्छ | कारागारमा सरकारले ख्याल राख्छ कि कैदीहरु असुविधामा छैनन्- तिनीहरुले पर्याप्त भोजन प्राप्त गर्छन्; यदि तिनीहरु रोगी भए भने तिनीहरुले अस्पतालको उपचार प्राप्त गर्छन् | त्यहाँ हरेक उपचार हुन्छ तर सजायको मातहतमा | त्यसैगरी, यो भौतिक जगतमा अवश्य ख्याल राखिन्छ तर एउटा सजायको तरिकामा | यदि तपाईले यसो गर्नुहुन्छ झापड पाउनुहुन्छ | यदि तपाईले यसो गर्नुहुन्छ लात पाउनुहुन्छ | यदि तपाईले यो गर्नुहुन्छ भने यो........ यो चल्दैछ | यसलाई तीन प्रकारका पिडाहरु भनिन्छ | तर मायाको प्रभावमा हामीले सोच्दैछौं कि यो मायाको लात, मायाको झापड, यो मायाको पिटाइ धेरै राम्रो छ | तपाई बुझ्नुहुन्छ | यसलाई माया भनिन्छ | र जब तपाई कृष्ण भावनामा प्रवेश गर्नुहुन्छ, तब कृष्णले तपाईको ख्याल राख्नुहुन्छ | अहं त्वां सर्व​-पापेभ्यो मोक्षयिष्यामि मा शुचः (भ गी १८।६६) | जब तपाई कृष्णमा शरणागत हुनुहुन्छ, तब कृष्णले तुरन्त भन्नुहुन्छ "म तिम्रो ख्याल राख्छु | म तिमीलाई सम्पूर्ण पापको फलबाट जोगाउँछु |" हाम्रो जीवनमा पापको थुप्रो छ, यो भौतिक जीवनमा धेरै जन्म-जन्मान्तरसम्म | र जब तपाई कृष्णमा शरणागत हुनुहुन्छ, तत्काल कृष्णले तपाईको ख्याल राख्नुहुन्छ र उहाँले सम्पूर्ण पापको फललाई निस्क्रिय पार्ने व्यवस्था गर्नुहुन्छ | अहं त्वां सर्व​-पापेभ्यो मा शुचः | कृष्ण भन्नुहुन्छ, संकोच नमान |" यदि तपाईले सोच्नुहुन्छ कि "ओहो, मैले धेरै पाप गरेको छु | मलाई कृष्णले कसरी बचाउनुहुनेछ ?" होइन | कृष्ण सर्व-शक्तिशाली हुनुहुन्छ | उहाँले तपाईलाई बचाउन सक्नुहुन्छ | तपाईको कार्य भनेको उहाँमा शरणागत हुनु हो | कुनै सन्देह बिना आफ्नो जीवन उहाँको सेवाको निमित्त समर्पण गर्नुहोस् र तपाई सुरक्षित हुनुहुनेछ |