NE/Prabhupada 0145 - हामीले कुनै प्रकारको तपस्या स्वीकार्नुपर्छ



Lecture on SB 3.12.19 -- Dallas, March 3, 1975

स्वतन्त्रता स्वत: प्राप्त हुँदैन | जस्तै तपाई रोगी हुनुहुन्छ | तपाई ज्वरो वा अरु कुनै रोगले पिडित हुनुहुन्छ | त्यस समयमा तपाईले केहि तपस्या गर्नुपर्छ | जस्तै तपाईको शरीरमा केहि फोका उठेको छ | यो धेरै पीडादायी हुन्छ | तब यसको उपचार गर्न तपाईले शल्यक्रिया गर्नुपर्छ | तसर्थ तपसा | त्यो तपसा हो | तप भनेको पीडादायी स्थिति | जस्तै तापक्रम | यदि तपाईलाई उच्च तापक्रम, ११० डिग्रीमा राखिन्छ भने यो तपाईको लागि धेरै असह्य हुन्छ | यो धेरै कष्टकर हुन्छ | हामी भारतीयको लागि पनि- हामी भारतमा जन्मिएका छौं, गर्मी मौसम हुन्छ- तर, जब तापक्रम सयभन्दा बढी हुन्छ, त्यो असह्य हुन्छ | र तपाईको के कुरा गर्ने ? तपाई भिन्न तापक्रममा जन्मनुभएको छ | त्यसैगरी, हामीले कम तापक्रम सहन सक्दैनौं | यदि तापक्रम पचास डिग्रीभन्दा तल हुन्छ भने यो हाम्रो लागि असह्य हुन्छ | विभिन्न मौसम, विभिन्न तापक्रमहरु छन् | र क्यानाडामा तिनीहरु शुन्यभन्दा चालिस डिग्री तलसम्म सहन सक्छन् | यो जीवनको विभिन्न परिस्थितिको कुरा हो | हामी बद्ध छौं: ज्यादा तापक्रम, कम तापक्रम, ज्यादा शीत | तर हामी जीवनको कुनै पनि परिस्थितिमा प्रशिक्षित हुन सक्छौं | त्यो क्षमता हामीसँग छ | एउटा बंगाली उखान छ, शरीरे न महाशय य सहबे तय सय​, अर्थात् "यो शरीरले कुनै पनि परिस्थिति सहन सक्छ, तपाईले केवल अभ्यास गर्नुपर्छ |" यो होइन कि तपाई कुनै परिस्थितिमा हुनुहुन्छ र यदि तपाई स्थान परिवर्तन गर्नुहुन्छ भने यो यति असह्य हुन्छ कि तपाई बाँच्न सक्नुहुन्न | होइन | यदि तपाई अभ्यास गर्नुहुन्छ भने.......

जस्तै आजकल कोहि जाँदैनन् | पहिलेको समयमा तिनीहरु हिमालय क्षेत्रमा जान्थे र त्यहाँ धेरै चिसो हुन्छ | र तपस्या....... अभ्यास गर्न सकिन्छ, विधि छ: उच्च तापक्रममा साधु वा सन्तहरुले आफ्नो चारैतिर आगो बाल्छन् | पहिल्यै उच्च तापक्रम हुन्छ, तर पनि उनीहरुले चारैतिर आगो बाल्छन् र ध्यान गर्छन् | यो तपस्या हो | यी तपस्याका विधिहरु हुन् | उच्च तापक्रम हुन्छ र उनीहरुले त्यस्तो व्यवस्था गर्छन् | अत्याधिक चिसो हुन्छ, सय डिग्रीभन्दा कम र उनीहरु पानिभित्र यो तहसम्म पानीमा डुब्छन् र ध्यान गर्छन् | यी तपस्याका विधिहरु हुन् | तपस्या | पहिलेको समयमा भागवत् साक्षात्कारको लागि मानिसले त्यस्तो कठोर तपस्या गर्थे, र वर्तमान समयमा हामी यति पतित छौं कि हामीले यी चार सिद्धान्त सहन सक्दैनौं ? के यो कठिन छ ? हामीले केहि तपस्या दिएका छौं कि "यी कार्यहरुमा संग्लग्न नहोऊ | अवैध सम्बन्ध नराख्ने, नशा नगर्ने, मांस-भक्षण नगर्ने, जुवा नखेल्ने |" कृष्ण भावनामा विकास गर्न तपस्याका विधिहरु यिनै हुन् | के यो कठिन छ ? यो थोरै पनि कठिन छैन | यदि कुनै मानिसले अभ्यास गर्न सक्छ, यदि ऊ अत्याधिक चिसोमा घाँटीसम्म पानी हुने गरि बस्न सक्छ भने के अवैध सम्बन्ध, मांस-भक्षण र नशा त्याग्न त्यस्तो कठिन छ ? हामीले सुझाव दिएका छैनौँ कि,"यौन सम्बन्ध नराख |" अवैध सम्बन्धमात्र नराख | के कठिनाइ छ ? तर यो युग यति पतित छ कि हामीले यी प्रमुख तपस्या पनि सम्पन्न गर्न सक्दैनौं | त्यो कठिनाइ छ |

तर यदि तपाई भागवत्-साक्षात्कार गर्न चाहनुहुन्छ भने यहाँ भनिएको अनुसार तपसैव, तपाईले केवल तपस्याबाट अनुभूति गर्न सक्नुहुन्छ | अन्यथा सक्नुहुन्न | अन्यथा यो सम्भव छैन | तसर्थ तपसैव शब्द प्रयोग गरिएको छ | तपसा एव: "केवल तपस्याद्वारा |" अरु कुनै माध्यम छैन | तपसा एव परम् | परम् भनेको सर्वोच्च | यदि तपाई भागवत्-साक्षात्कार गर्न चाहनुहुन्छ भने तपाईले कुनै प्रकारको तपस्या स्वीकार्नुपर्छ | अन्यथा यो सम्भव छैन | प्रारम्भिक चरणमा थोरै तपस्या हुन्छ | जस्तै एकादशी | त्यो पनि तपस्याको विधि हो | वास्तवमा एकादशीको दिनमा हामीले कुनै भोजन ग्रहण गर्नुहुँदैन, पानी पनि हुँदैन | तर हाम्रो समाजमा हामीले त्यति कठोर रुपमा गरिरहेका छैनौं | हामी भन्छौं,"एकादशीमा तिमी अन्न नखाऊ | थोरै फल, दुध खाऊ |" यो तपस्या हो | हामीले यति तपस्या पनि गर्न सक्दैनौं ? यदि हामीले यति सजिलै सम्पन्न गर्न सकिने तपस्या पनि गर्न सक्दैनौं भने हामीले घर फर्कने, भगवद् धाम फर्कने आशा कसरी गर्न सक्छौं ? हुँदैन, त्यो सम्भव छैन | तसर्थ यहाँ भनिएको छ तपसैव, तपसा एव | एव भनेको अवश्य | तपाईले गर्नुपर्छ | अब, यो तपस्या सम्पन्न गर्दा, के तपाईले केहि गुमाउनुहुन्छ ? तपाईले केहि गुमाउनुहुँदैन | जो बाहिरबाट आउँछ, तिनीहरुले हाम्रो समाजमा हाम्रा सदस्य युवा-युवतीहरुलाई देख्छन् | तिनीहरु भन्छन्,"उज्यालो-मुहार |" के तिनीहरुले भन्दैनन् ? तिनीहरुले भेद देख्छन् | एउटा सादा-वस्त्रको पादरी....... म लस एन्जलसबाट हवाईसम्म जाँदै थिएँ | एउटा पादरी हवाईजहाजमा मकहाँ आए | उनले मसँग अनुमति मागे,"के म हजुरसँग बोल्न सक्छु ?" "हुन्छ, किन हुँदैन ?" उनको पहिलो प्रश्न थियो "मैले हजुरका शिष्यहरुको धेरै उज्यालो-मुहार देख्छु | यो कसरी भयो ?" उनी इमान्दार थिए | के हानी छ ? यी सब कुराहरु, पापहरु अस्वीकार गरेर, हामीले केहि गुमाउँदैनौं | हामीले धेरै सरल जीवन बाँच्न सक्छौं | हामी भुइँमा बस्न सक्छौं, हामी भुइँमा सुत्न सक्छौं | हामीलाई धेरै सजावट चाहिंदैन, न ठुलो मात्राको सुन्दर वस्त्र चाहिन्छ | त्यसैले तपस्या चाहिन्छ | यदि हामी आध्यात्मिक जीवनमा विकास चाहन्छौं भने हामीले कुनै प्रकारको तपस्या स्वीकार्नुपर्छ | कलि-युगमा हामीले कठोर तपस्या स्वीकार्न सक्दैनौं, जस्तै चिसोमा हामी पानी भित्र जानुपर्छ, कहिले डुब्दै वा कहिले यति तहसम्म, त्यसपछि ध्यान गर्नुपर्छ वा हरे कृष्ण जप गर्नुपर्छ | त्यो सम्भव छैन | न्युनतम गर्नुपर्छ | तपस्या हुनुपर्छ | हामीले यो श्लोकबाट याद गर्नुपर्छ कि हामी भागवत्-साक्षात्कारमा गम्भीर भए कुनै प्रकारको तपस्या गर्नुपर्छ | त्यो आवश्यक छ |