NE/Prabhupada 0157 - तपाईको हृदय शुद्ध नभएसम्म तपाईले हरिलाई बुझ्न सक्नुहुन्न



Lecture on SB 6.2.11 -- Vrndavana, September 13, 1975


यदि तपाईले शास्त्रको उपदेश स्वीकार्नुहुँदैन, विशेषगरी जब भगवान् कृष्णले तपाईलाई भगवद् गीतामा उपदेश दिंदै हुनुहुन्छ....... यो सम्पूर्ण शास्त्रको सार हो | तपाईले यसलाई ग्रहण गर्नुहोस् | तब तपाई खुसी हुनुहुनेछ | अन्यथा हुनुहुँदैन | यहाँ भनिएको छ कि अघवान्, पापी मानिस शुद्ध हुन सक्दैन, केवल यी कर्मकाण्ड, प्रायश्चित वा केहि वाचा, व्रतःद्वारा | तब यो कसरी सम्भव छ त ? किनकि सबजना..... यथा हरेर् नाम​ | तसर्थ सिफारिश गरिएको छ, हरेर् नाम हरेर् नाम हरेर् नामैव केवलम्, कलौ नास्त्य् एव नास्त्य् एव नास्त्य् एव (चै च आदि १७|२१) | उही कुरा | तपाईले कहिल्यै पनि शास्त्रको उपदेशमा विरोधाभाष पाउनुहुँदैन | अग्नि पुराण र श्रीमद् भागवतममा उही कुरा भनिएको छ | अग्नि पुराणमा भनिएको छ, हरेर् नाम हरेर् नाम हरेर् नामैव केवलम्, र यहाँ श्रीमद् भागवतममा भनिएको छ, यथा हरेर् नाम​-पदैर् उदाहृतै: तद् उत्तमश्लोक​-गुणोपलम्भकम् | हरेर् नाम भनेको पवित्र नामको जप | त्यो सजिलो छ | तर जब तपाईले हरेर् नाम जप्नुहुन्छ, तब तपाईले क्रमिक रुपमा बुझ्नुहुन्छ, हरि को हुनुहुन्छ, उहाँको रुप कस्तो छ, उहाँको गुण कस्तो छ, उहाँका लीला कस्ता छन् | तब तपाईले बुझ्न सक्नुहुन्छ | किनकि हरेर् नाम बिना तपाईको हृदय अशुद्ध हुन्छ- चेतो-दर्पण​-मार्जनम् (चै च मध्य २०|१२)- जबसम्म तपाईको हृदय शुद्ध हुँदैन, तपाईले बुझ्न सक्नुहुन्न कि हरि को हुनुहुन्छ, उहाँको नाम कस्तो छ, उहाँको गुण कस्तो छ, उहाँको रुप कस्तो छ, उहाँका लिलाहरु कस्ता छन् | तपाईले बुझ्न सक्नुहुन्न | अतः श्री-कृष्ण​-नामादि न भवेद् ग्राह्यम् इन्द्रियै: (चै च मध्य १७|१३६) | तपाईका कमजोर इन्द्रियहरुको प्रयोगले तपाईले कृष्णई बुझ्न सक्नुहुँदैन | तसर्थ मानिसहरुले कृष्णलाई बुझ्दैनन्, न तिनीहरुले हरि-नामको मूल्य बुझ्छन् | तिनीहरुको इन्द्रियहरु मायाद्वारा प्रदुषित भएर कमजोर छन्, तिनीहरुले बुझ्न सक्दैनन् | तर यो एकमात्र उपाय हो- चेतो-दर्पण​-मार्जनं भव​-महा-दावाग्नि-निर्वापणम् (चै च मध्य २०|१२) | तपाई शुद्ध हुनुपर्छ, त्यसैले यो एकमात्र विधि हो | हरे कृष्ण जप | तब तपाई क्रमिक रुपमा शुद्ध हुनुहुन्छ | पुण्य-श्रवण​-कीर्तनः | शृण्वतां स्व​-कथाः कृष्णः पुण्य​-श्रवण​-कीर्तनः (श्री भा १|२|१७) | जब तपाई श्रवण गर्नुहुन्छ, जब तपाई कृष्णको बारेमा बोल्नुहुन्छ, उत्तमश्लोक, जसरी भनिएको छ, तद् उत्तमश्लोक​-गुणोपलम्भकम्, यसमा धेरै फाइदाहरु छन् | हरे कृष्ण अभियान यति महत्वपूर्ण छ कि सबजनाले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ | कीर्तनीयः सदा हरिः | तृणाद् अपि सुनीचेन तरोर् अपि सहिष्णुना अमानिना मानदेन कीर्तनीयः सदा हरिः (चै च आदि १७|३१) यो चैतन्य महाप्रभुको उपदेश हो | कठिनाइ....... यो पदं पदं यद् विपदम् (श्री भा १०|१४|५८) हो | भौतिक जगतमा केवल विपद छ | कुनै सम्पद छैन | मुर्खतापूर्वक हामी सोच्छौं कि "अब म धेरै राम्रो स्थितिमा छु |" के राम्रो छ ? तपाई अर्को क्षणमा मर्नुपर्छ | के राम्रो छ ? तर यी मूर्ख मानिसहरु भन्छन्,"हो, म धेरै राम्रो स्थितिमा छु |" तपाई कसैलाई सोध्नुहोस्,"तपाई कस्तो हुनुहुन्छ ?" "धेरै राम्रो छु |" त्यो राम्रो के हो ? तपाई भोलि मर्दै हुनुहुन्छ | तब पनि राम्रो | त्यति हो | यो चल्दैछ | त्यसैले यो पदं पदं यद् वि... तिनीहरु खुसी हुन वैज्ञानिक अनुसन्धानहरु गर्दैछन् तर यी धूर्तहरुलाई मृत्यु कसरी रोक्ने थाहा छैन | के राम्रो छ ? तर तिनीहरुसँग बुझ्नको लागि दिमाग छैन | तर कृष्णले भन्नुहुन्छ,"महाशय, यी समस्याहरु हुन् | तिमी वैज्ञानिकहरु धेरै प्रयास गर्दैछौ |" जन्म-मृत्यु-जरा-व्याधि-दुःख​-दोषानुदर्शनम् (भ गी १३|९) | सर्वप्रथम आफ्नो समस्या पत्ता लगाउनुहोस् | जन्म-मृत्यु-जरा-व्याधि | तपाई जन्मनुपर्छ, तपाई मर्नुपर्छ, तपाई रोगले पिडित हुनुपर्छ, तपाई बुढो हुनुपर्छ | सर्वप्रथम यसलाई रोक्नुहोस्; त्यसपछि वैज्ञानिक प्रगतिको कुरा गर्नुहोस् | अन्यथा तपाई बेकार हुनुहुन्छ | धेरै, धेरै धन्यवाद |