NE/Prabhupada 0177 - कृष्ण भावना शाशवत तथ्य हो



Lecture on SB 1.15.28 -- Los Angeles, December 6, 1973

हामीबीच आत्मीय सम्बन्ध छ | जब हामीले भगवान् कृष्णसँगको आत्मीय सम्बन्धको बारेमा बुझ्छौं, त्यसलाई स्वरुप-सिद्धि भनिन्छ, स्वरुप-सिद्धि | स्वरुप-सिद्धि भनेको पूर्णताको अनुभूति हो, स्वरुप-सिद्धि | यहाँ सुत गोस्वामीले भन्नुहुन्छ, सौहार्देन गढन, सन्त | यदि एउटा वृद्ध मित्रको भेट अर्को वृद्ध मित्रसँग भयो भने उनीहरु निकै खुसी हुन्छन् | त्यसैगरी, यदि पिताको भेट आफ्नो हराएको छोरासँग हुन्छ भने पिता र पुत्र दुवै खुसी हुन्छन् | जब पति, पत्नी छुटेर फेरी भेटछन् | उनीहरु खुसी हुन्छन् | यो प्राकृतिक कुरा हो | जब गुरु र शिष्य धेरै समयपछि भेट्छन्, उनीहरु पनि खुसी हुन्छन् | हाम्रो कृष्णसँग धेरै प्रकारको सम्बन्ध छ, शान्त, दास्य, सख्य, वात्सल्य, माधुर्य | शान्त, शान्त भनेको स्थिर, केवल भगवानलाई बुझ्ने इच्छा हुन्छ | दास्य भनेको एक पाइला अगाडि | जस्तै हामी भन्छौँ "भगवान् महान हुनुहुन्छ |" यो शान्त हो, भगवानको महानता स्वीकार्ने | तर त्यसमा कुनै कार्य हुँदैन | तर जब एक पाइला आघि बढ्छौं कि "भगवान् महान हुनुहुन्छ | मैले समाज, मित्रता, प्रेमीका, बिरालो, कुकुर र धेरैलाई प्रेम गर्दैछु | "किन म सबभन्दा महानलाइई प्रेम नगर्ने ?" यसलाई दास्य भनिन्छ | भगवान् महान हुनुहुन्छ भन्ने जान्नु धरै राम्रो कुरा हो | तर जब तिमी स्वेच्छाले अघि बढ्छौ, " किन मैले महानको सेवा नगर्ने ?" जस्तै साधारण सेवा, जो त्यस सेवामा लागेको हुन्छ, ऊ सानो पदको सेवाबाट ठुलो पदको सेवामा जान खोज्छ | सेवा त विद्यमान छ | तर उच्चतम सेवा सरकारी सेवा हो | उसले त्यसलाई राम्रो मान्छ | त्यसैगरी, जब हामीले कुनै उच्चतम व्यक्तिको सेवा गर्छौं तब हामी आनन्दित हुन्छौं | त्यसलाई शान्त, दास्य भनिन्छ | त्यसपछि मित्रतापूर्वक सेवा | सेवकले मालिकको सेवा गर्छ तर जब सेवक आत्मीय हुन्छ, तब त्यहाँ मित्रता हुन्छ | कलकत्तामा मैले व्यवहारिक रुपमा देखेको छु | डा. बोस, उहाँको सबैभन्दा मिल्ने मित्र आफ्ना चालक थिए | जब उहाँ गाडीमा बस्नुहुन्थ्यो, उहाँले आफ्ना मनका सबै कुरा चालकसँग राख्नुहुन्थ्यो | ती चालक, उहाँको आत्मीय मित्र थिए | सबै गुह्य कुराहरु त्यो चालकसँग गर्नुहुन्थ्यो | यसो हुने गर्छ | यदि कुनै सेवक धेरै आत्मीय हुन्छ उसको मालिकले आफ्ना मनका कुरा खोल्छ | उसले सेवकसँग के गर्ने भन्ने सम्बन्धि कुरा गर्छन् | यसलाई आत्मीय मित्रताको स्तर भनिन्छ | र अझ विकसित स्तरमा... पिता र पुत्र, माता र पुत्र बीचको सम्बन्ध जस्तै हुन्छ | यसलाई वात्सल्य भाव भनिन्छ, अनि अन्त्यमा दाम्पत्य प्रेम हुन्छ |

यसरी, विभिन्न तरिकाले हामी कृष्णसँग सम्बन्धित हुन्छौं | भक्तिमा, दासत्वमा, मित्रतामा, पारिवारिक प्रेम अथवा दाम्पत्य प्रेममा | हामीले त्यो पुनर्जागृत पार्नुपर्छ | जब हामीले कुनै एकलाई पुनर्जागृत पार्छौं, तब हामी खुसी हुन्छौं, किनभने त्यो शाश्वत हुन्छ | उही उदाहरण... हाम्रो औंलाहरु छुट्टिएका छन् भने ती खुसी हुँदैनन् | जब ती पुनः जोडिन्छन्, तब ती खुसी हुन्छन् | त्यसैगरी, कृष्णसँग हाम्रो शाश्वत सम्बन्ध छ | हामी अहिले छुट्टिएका छौँ, तर जब हामी पुनः एकसाथ हुन्छौं, हामी येनात्मा सुप्रसिदति हुन्छौं | तसर्थ कृष्ण भावनामृत अभियान सबैलाई फाइदाजनक छ, केवल हामीले आफ्नो वास्तविक चेतना पुनर्जागृत पार्नुपर्छ | त्यो उपस्थित पहिल्यै छ, नित्य-सिद्ध कृष्ण भक्ति | हाम्रो कृष्ण भावना शाश्वत तथ्य हो | अन्यथा तिमीहरु यूरोपेली, अमेरिकी युवा तथा युवतीहरु, तिमीहरुलाई तीन वा चार वर्ष अगाडि कृष्ण को हुनुहुन्छ भन्ने थाहा थिएन | तिमीहरु किन कृष्ण प्रति यति धेरै आशक्त छौ ? किन तिमीहरु आशक्त छौ ? जबसम्म तिमी कृष्णसँग आशक्त हुँदैनौ, तबसम्म कृष्णको महिमा प्रचार गर्नको लागि तिमीले आफ्नो मूल्यवान समय योगदान दिंदैनथ्यौ | तिमीले कृष्ण प्रति प्रेम विकास गरेको छौ | अन्यथा कोहि पनि मूर्ख छैन कि उसले आफ्नो समय खर्च गरोस् | होइन | यो कसरी सम्भव छ? कसैले भन्न सक्छ कि कृष्ण भारतीय हुनुहुन्छ, कृष्ण हिन्दु हुनुहुन्छ | किन इसाईहरु इच्छुक छन् ? के तिनीहरु हिन्दु हुन् ? होइन | कृष्ण न हिन्दु हुनुहुन्छ, न त इसाई हुनुहुन्छ | कृष्ण कृष्ण नै हुनुहुन्छ | र तिमी कृष्णको अंश हौ | यो धारणा- "म हिन्दु हुँ," "म मुस्लिम हुँ,""म इसाई हुँ," "म अमेरिकी हुँ ," "म भारतीय हुँ,"- यो सबै उपाधीहरु हुन् | वास्तवमा म आत्मा हुँ, अहम् ब्रह्मास्मी | र कृष्ण परम ब्रह्म हुनुहुन्छ, परम ब्रह्म परम धाम पवित्रम् परमं भवान (भगी १०।१२) |

कृष्णसँग हाम्रो आत्मीय सम्बन्ध छ | यो शाश्वत तथ्य हो | हामीले यसलाई पुनर्जागृत पार्नुपर्छ | श्रवणादि-चित्ते करये उदय | हामीले यो बनाउनुपर्छ | जस्तै कुनै युवाले युवतीलाई मन पराउँछ र कुनै युवतीले युवालाई मन पराउँछिन् | यो प्राकृतिक हो | तर जब उनीहरु भेट्छन्, त्यो पुनर्जागृत हुन्छ | यो होइन कि कुनै नयाँ कुरा आरोपण गरिन्छ | यो विद्यमान हुन्छ | जब कुनै कारणले उनीहरु सम्पर्कमा हुन्छन्, तब प्रेम गर्ने झुकाव बढ्छ | हाम्रो प्रेम बढ्छ | हाम्रो कृष्णसँगको सम्बन्ध प्राकृतिक हो | अप्राकृतिक होइन | नित्य-सिद्ध | नित्य-सिद्ध भनेको शास्वत तथ्य हो | यो केवल ढाकिएको छ | त्यो ढाकिएको छ | यो आवरणलाई हटाउनुपर्छ | त्यसपछि हामी तत्काल कृष्णसँग सम्बन्धित हुन्छौं, प्राकृतिक रुपमा | यो कृष्ण भावनाको पूर्णता हो |