NE/Prabhupada 0178 - कृष्णले दिनुभएको आदेश धर्म हो



Lecture on SB 1.10.1 -- Mayapura, June 16, 1973

धर्म भनेको जुन परम पुरुषोत्तम भगवानले दिनुभएको छ | त्यो हो धर्म | तिमीले धर्म उत्पादन गर्न सक्दैनौ | आजकल धेरै धर्म उत्पादित हुँदैछन् | त्यो धर्म होइन | धर्म भनेको भगवानले दिनुभएको आदेश हो | यो हो धर्म | कृष्णले भन्नुभए जस्तै,सर्व​-धर्नान् परित्यज्य माम् एकम् शरणम् व्रज (भ गी १८।६६) | हामीले धेरै धर्महरु उत्पादन गरेका छौँ: हिन्दु धर्म, मुस्लिम धर्म, इसाई धर्म, पार्सी धर्म, बुद्ध धर्म, यो धर्म त्यो धर्म | त्यो धर्म होइन | यो मानसिक कल्पनामात्र हो | अन्यथा, त्यहाँ विरोधाभाष हुन्छ | उदाहरणको रुपमा, हिन्दुहरु सोच्छन् कि गौ हत्या अधर्म हो र मुस्लिमहरु भन्छन् कि गौ हत्या धर्म हो | कुन सत्य हो ? गौ हत्या धर्म वा अधर्म हो?

यो मानसिक कल्पना हो | चैतन्य-चरितामृत करचमा भनिएको छ, एइ भाल मन्द सब मनोधर्म, "मानसिक कल्पना |" वास्तविक धर्म परम पुरुषोत्तम भगवानले दिनुभएको छ | यो नै धर्म हो | त्यसैले कृष्ण भन्नुहुन्छ,सर्व​-धर्मान् परित्यज्य माम् एकम् शरणम् व्रज​: (भ गी १८।६६) "सबै उत्पादित धर्म परित्याग गर | यो हो वास्तविक धर्म |" शरणं व्रज | " केवल ममा शरणागत होऊ, र त्यो नै वास्तविक धर्म हो |" धर्मं तु साक्षाद् भगवत्-प्रणीतम् (श्री भा ६|३|१९) | जस्तै कानून | केवल सरकारले कानून निर्माण गर्न अथवा प्रदान गर्न सक्छ | तिमीले घरमा कानून बनाउन सक्दैनौ | त्यो कानून होइन | कानून भनेको सरकारले दिएको निर्देशन हो | परम सरकार त परम पुरुषोत्तम भगवान् हुनुहुन्छ | अहम् सर्वस्य प्रभवो (भ गी १०|८) मत्त: परतरम् नान्यत् (भ गी ७|७) | कृष्णभन्दा ठुलो कोहि पनि छैन | त्यसैले कृष्णले दिनुभएको आज्ञा नै धर्म हो | हाम्रो कृष्ण भावनामृत अभियान त्यो धर्म हो | कृष्ण भन्नुहुन्छ, सर्व​-धर्मान् परित्यज्य माम् एकम् शरणम् व्रज​: (भ गी १८।६६) "तिमीले सबै तथाकथित धर्म त्याग | सरल रुपले ममा शरणागत होऊ |"

हामी पनि त्यहि सिद्धान्त प्रचार गर्दैछौँ र यसलाई चैतन्य महाप्रभुले स्वीकार गर्नुभएको छ, श्री चैतन्य महाप्रभु... आमार आज्ञाय गुरु हञा तार एइ देश, यारे देख तारे कह कृष्ण-उपदेश (चैच मध्य ७।१२८) | यो धर्म हो | चैतन्य महाप्रभुले नयाँ धर्म उत्पादन गर्नुभएको होइन | होइन| चैतन्य महाप्रभु स्वयं कृष्ण हुनुहुन्छ | नमो महा-वन्दन्याय कृष्ण-प्रेम-प्रदाय ते, कृष्णाय, कृष्ण चैतन्य-नाम्ने (चैच मध्य १९।५३) | भिन्नता के हो भन्दा.... उहाँ स्वयं कृष्ण हुनुहुन्छ | भिन्नता यो छ कि कृष्णले परम पुरुषोत्तम भगवानको रुपमा सिधै आज्ञा दिनुहुन्छ कि "तिमी सबै अर्थहिनता त्याग; केवल ममा शरणागत होऊ |" यी हुनुहुन्छ कृष्ण | किनभने उहाँ परम पुरुषोत्तम भगवान् हुनुहुन्छ, उहाँ निर्देशन दिनुहुन्छ | उही कृष्णलाई मानिसहरु स्पष्ट बुझ्दैनन्... ठुला,ठुला विद्वानले भन्छन्," यो अति भयो कि कृष्णले त्यसरी आज्ञा दिनुहुन्छ |" तर तिनीहरु मूर्ख हुन् | उनीहरुलाई थाहा छैन | उनीहरु कृष्णलाई बुझ्न सक्दैनन् | त्यसैले किनभने मानिसहरु उहाँलाई बुझ्दैनन्, कृष्ण भक्तको रुपमा कसरी शरणागत हुने भन्ने बारे शिक्षा दिन आउनुभयो हो | कृष्ण आउनुभयो | जस्तै मेरो शिष्य मलाई खबर दिन्छन | म उसलाई टाउकोमा सुम्सुम्याउँदै भन्छु, "यस्तो गर |" म उसको सेवक होइन, तर म उसलाई सिकाउँदैछु | त्यसैगरी, चैतन्य महाप्रभु स्वयं कृष्ण हुनुहुन्छ, तर उहाँले सिकाउँदै हुनुहुन्छ, कसरी कृष्णलाई प्राथना गर्ने, सेवा गर्ने | उही सिद्धान्त हो | कृष्ण भन्नुहुन्छ,"तिमी ममा शरणागत होऊ" र चैतन्य महाप्रभु भन्नुहुन्छ,"तिमी कृष्णमा शरणागत होऊ|" सिद्धान्तमा कुनै परिवर्तन छैन |