NE/Prabhupada 0179 - हामीले कृष्णको लागि कार्य गर्नुपर्छ



Lecture on SB 1.16.6 -- Los Angeles, January 3, 1974

मायावादी दार्शनिकहरुले ज्ञान तथा मानसिक कल्पनाद्वारा उच्च स्तर प्राप्त गर्छन्, तर उनीहरु पुनः उक्त स्तरबाट तल झर्छन् | किन? अनादृत-युस्माद्-अंघ्रय:,"उनीहरुले भगवानको चरणकमल प्राप्त गर्न नसकेको कारण उनीहरुको पतन हुन्छ |" त्यो सुरक्षित हुँदैन | किनभने कोहि पनि कुनै कार्य र इच्छा बिना रहन सक्दैन | यो सम्भव छैन | मानिस, पशु वा कुनै किरा पनि केहि कार्यमा संग्लग्न हुनुपर्छ | मसँग व्यवहारिक अनुभव छ | मेरो एउटा छोरा बाल्यकालमा...जब म युवा थिएँ, ऊ निकै बदमास थियो | कहिलेकहीं हामी उसलाई तखतामा राख्थ्यौं | ऊ तल झर्न सक्दैनथ्यो | उसले धेरै गाह्रो अनुभव गर्थ्यो किनकि उसका सारा कार्यहरु रोकिन्थे | तिमीले आफ्नो कार्य रोक्न सक्दैनौ | यो सम्भव छैन | तिमीले राम्रो कार्य गर्नुपर्छ | त्यसपछि तिमी रोकिनेछौ | परम् दृष्ट्वा निवर्तते (भ गी २।५९) |

कृष्ण भावनामृत अभियान भनेको राम्रो कार्यमा संग्लग्न हुनु हो | त्यसपछि तिमीले तल्लो दर्जाको कार्यहरु त्याग्न सक्छौ | अन्यथा, केवल अस्वीकार गरेर यो सम्भव छैन | हामीले कार्य गर्नुपर्छ | हामीले कृष्णको लागि कार्य गर्नुपर्छ | हामी कृष्णको मन्दिर जान्छौं वा हामी कृष्णको पुस्तक वितरणमा जान्छौं वा कृष्णको भक्तलाई भेट्न जान्छौं | यो राम्रो हुन्छ | तर तिमीले आफ्नो कार्य रोक्न सक्दैनौ | यो सम्भव छैन | तब तिम्रो निष्क्रिय दिमाग असुरको कार्यशाला हुनेछ | हो | त्यसपछि तिम्रो पतन हुनेछ, "कसरी ती युवतीकहाँ जाने ? कसरी ती युवककहाँ जाने ?" यदि तिमी काम गर्न रोक्छौ भने तिमीले पुनः इन्द्रियतृप्तिको लागि काम गर्नुपर्छ | त्यति हो | त्यसैगरी, तिमी कुनै पनि भावमा रहन सक्छौ; तर तिमी रोकिन सक्दैनौ, तिमी कार्यरत हुनुपर्छ | यो हो कृष्ण भावनामृत अभियान |