NE/Prabhupada 0185 - हामी भौतिक गतिविधिहरुबाट प्रभावित हुनुहुँदैन



Lecture on SB 3.26.35-36 -- Bombay, January 12, 1975


त्यो प्रक्रियामा नअल्झिऊ | यो प्रक्रिया चाहिन्छ, तर यो आवश्यक हुन्छ कि तिमीले भगवान्-साक्षात्कार गर्ने विधिमा प्रगति गरेका छौ | तर यदि तिमीले एउटा प्रक्रियाको अनुसरण गर्छौ तर भगवान्-साक्षात्कार गर्ने विषयमा प्रगति गर्दैनौ भने श्रीमद् भागवतम् वा वैदिक संस्करण अनुसार त्यो केवल प्रेमको दुःख हो | त्यो हो... त्यसको कुनै मुल्य छैन | त्यसैले भागवतमा भनिएको छ, " त्यो प्रथम श्रेणीको धार्मिक प्रक्रिया हो |" कुनै मतलब हुँदैन कि हामीले त्यसलाई हिन्दु अथवा इसाई अथवा बौद्ध भनौं | "त्यो प्रथम श्रेणीको धर्म हो जसले तिमीलाई अधोक्षजको साक्षात्कार गर्न मदत गर्छ |" अधोक्षज कृष्णको अर्को नाम हो | अधोक्षज भनेको मानसिक कल्पनाद्वारा बुझ्न नसकिने विषय अथवा अनुभवसिद्ध ज्ञानद्वारा अथवा अनुभवसिद्ध ज्ञानद्वारा | तिनलाई अधोक्षज भनिन्छ | अध:-कृतं अक्षजम् ज्ञानं यत्र​ | त्यसैले अधोक... हामी अधोक्षजको समिपमा जानुपर्छ | ज्ञानका विभिन्न स्तरहरु छन्: प्रत्यक्ष, परोक्ष, अपरोक्ष, अधोक्षज, अप्राकृत | हामीले अप्राकृत, दिव्य, भौतिक प्रकृतिभन्दा माथि समक्ष जानुपर्छ | अधोक्षज भनेको प्रत्यक्ष, पारोक्ष जस्ता निम्न स्तरका ज्ञानको नजिकै | तिनीहरु कनिष्ठ-अधिकारीमा हुन्छ | अर्चायाम् एव हरये पूजां यः श्रद्धयेहते न तद्-भक्तेषु चान्येषु स भक्तः प्राकृतः स्मृतः (श्री भा ११|२|४७) प्रक्रित स्तर भनेको प्रत्यक्ष ज्ञान, प्रत्यक्ष धारणा र परम्पराबाट ज्ञान प्राप्त गर्नु हो | प्रत्यक्ष, परोक्ष, त्यसपछि अपरोक्ष, आत्मा ज्ञान, त्यसपछि अधोक्षज, अप्राकृत |

कृष्ण भावना भनेको अप्राकृत ज्ञान हो | यो कृष्णलाई बुझ्ने सबैभन्दा उच्चतम स्तर हो, अप्राकृत ज्ञान | हामी अधोक्षज ज्ञानमा रहेसम्म चार नियममा रहनुपर्छ | हामीले चार नियम कडा रुपले पालना गर्नुपर्छ | र अप्राकृत ज्ञान परमहंसको लागि हो | त्यहाँ ... यसलाई राग भक्ति भनिन्छ | यी स्तरहरुमा, प्रत्यक्ष, परोक्ष, तिनीहरुलाई विद्धि भक्ति भनिन्छ | तर विद्धि-भक्ति बिना, तिमी राग भक्तिमा पुग्न सक्दैनौ, त्यो तिम्रो लक्ष्य भएता पनि | रागानुगा, राग भक्तिको वृन्दावनको भक्तहरुको पदचिह्नको अनुसरण गरेर सम्पन्न गरिन्छ | त्यसलाई राग-भक्ति भनिन्छ | कृष्णका पार्षदहरु | कृष्णको व्यक्तिगत पार्षद हुने होइन तर कृष्णको नित्य पार्षदहरुको पदचिह्न अनुसरण गरेर हामी राग-भक्तिको स्तरमा आउन सक्छौं | त्यसलाई परा-भक्ति भनिन्छ | त्यो परा भक्ति आवश्यक छ | ब्रह्म-भुतः प्रसन्नात्मा न शोचति न काङ्क्षति समः सर्वेषु भूतेषु मद्-भक्तिं लभते पराम् (भ गी १८|५४) यस कृष्ण भावनामृत अभियान क्रमिक रुपमा विकसित हुँदै राग-भक्ति अथवा परा-भक्तिको स्तरमा पुग्छ | त्यसपछि हाम्रो जीवन सार्थक हुन्छ | त्यो मार्गमा हामी भौतिक गतिविधिहरुबाट प्रभावित हुनुहुन्न | जसरी यहाँ उल्लेख गरिएको छ, मृदुत्वं कठिनत्वं च शैत्यम् उष्णत्वम् एव च​ | हामी त्यसता कुराहरुबाट प्रभावित हुन्छौं | मानौं हामी भूमिमा सुत्दैछौं | त्यो कठिनात्वं छ: त्यो धेरै गाह्रो छ| तर यदि हामीलाई चकटी अथवा राम्रो बिछ्यौना दिइन्छ भने त्यसलाई मृदुत्वं भनिन्छ | त्यसैगरी, शितोष्ण | कहिलेकहीं पानी निकै तातो हुन्छ कहिले निकै चिसो हुन्छ | त्यो पानि उही हो; भौतिक व्यवस्थाको परिवर्तन अनुसार, त्यसको अवस्था भिन्न हुन्छ | र यो छालाको स्पर्शले अनुभव गर्ने पीडा र आनन्दको स्रोत हो | छालाले स्पर्श गर्छ | यदी हामीले "म शरीर होइन," भनेर पूर्ण रुपमा बुझ्छौं भने त्यसलाई आत्मानुभुति चाहिन्छ | हामी आध्यत्मिक चेतनामा जति विकसित हुन्छौं, त्यतिनै हामी आत्म-स्थमा अवस्थित हुन्छौँ | यसलाई स्थित-प्रज्ञ भनिन्छ | त्यसपछि हामी प्रभावित हुँदैनौं | र हामी भौतिक व्यवस्थाबाट विचलित नहुन अभ्यासरत हुनुपर्छ | किनभने हामी आत्मा हौँ, अहम् ब्रह्मास्मि | म यो भौतिक व्यवस्थासँग सम्बन्धित छौं, तर म यसमा अभ्यस्त भएको छु, त्यसैले अभ्यासद्वारा म आध्यात्मिक स्तरमा उठ्नुपर्छ | र अभ्यास गर्दा सहनशीलता जरुरी हुन्छ | त्यसलाई भजन, साधन वा तपस्या भनिन्छ | जुन वस्तुहरु यथार्थमा छैनन्, तर कुनै कारणवश हामीले आफुलाई त्यस्ता वस्तुसँग जोद्छौँ र पुनः अभ्यास गर्न, आध्यात्मिक स्तरमा आउन, त्यस सहनशीलतालाई तपस्या भनिन्छ | यो तपस्याको अर्थ हो | तपः भनेको पीडा, स्वेच्छाले केहि पीडा स्वीकार्ने |