NE/Prabhupada 0186 - भगवान् भगवान् हुनुहुन्छ, जसरी सुन सुन हुन्छ



Lecture on BG 7.1 -- Fiji, May 24, 1975

चाहे हामी फिजीमा रहौं वा बेलायतमा रहौं वा जहाँ पनि रहौं, कृष्ण सम्पूर्ण वस्तु, सबै स्थानको मालिक हुनुहुन्छ........ सर्व​लोक ​-महेश्वरम् (भगी ५।२९) | फिजी त सर्व-लोकको सानो अंश मात्र हो| यदि उहाँ सम्पूर्ण लोकहरुको मालिक हुनुहुन्छ भने उहाँ फिजीको पनि मालिक हुनुहुन्छ| यसमा कुनै शंका छैन| अत: फिजीका वासिन्दाहरु,,यदि तिमीहरुले कृष्णभावनामृत स्वीकार गर्छौ भने त्यो नै जीवनको पूर्णता हो| त्यो नै जीवनको पूर्णता हो| कृष्णका निर्देशनबाट नमोडिऊ || सिधै, भगवान् उवाच​, स्वयं भगवान बोल्दै हुनुहुन्छ| यसको फाइदा लिऊ| भगवद् गीतामा संसारका सम्पूर्ण समस्याको समाधान छ| चाहे जे समस्या लिएर आऊ, भगवद् गीतामा त्यसको समाधान छ, तिमीले केवल त्यो समाधानलाई स्वीकार्नुपर्छ | आजकल मानिसहरुले आनिकल भोगिरहेका छन्| भगवद् गीतामा त्यसको समाधान छ| कृष्ण भन्नुहुन्छ,अन्नाद् भवन्ति भूतानि: (भगी ३।१४) "भूतानि:, सम्पूर्ण जीवात्मा,मानव र पशु दुवै, उनीहरु धेरै राम्रोसँग बाँच्न सक्छन्, कुनै चिन्ताबिना, यदि उनीहरुले पर्याप्त खाद्यान्न पाए भने|" अब यसमा तिम्रो के आपत्ति छ त? यो समाधान हो| कृष्ण भन्नुहुन्छ,अन्नाद् भवन्ति भूतानि:| यो काल्पनिक होइन; यो व्यवहारिक छ| तिमीसँग मानव र पशुको लागि पर्याप्त खानेकुरा हुनुपर्छ र तब सबै कुरा तुरुन्त शान्त हुन्छ| किनभने, यदि कोहि व्यक्ति भोको छ भने ऊ विचलित हुन्छ| त्यसैले उसलाई सर्वप्रथम खानेकुरा देऊ | त्यो कृष्णको निर्देशन हो| के यो असम्भव, अव्यवहारिक छ? छैन| धेरै अन्न उत्पादन गरेर बाँढ| यहाँ यति धेरै जमिन छ, तर हामी अन्न उत्पादन गर्दैनौं| हामी औजार र मोटरका पांग्राको उत्पादन बढाउनमा व्यस्त छौ| त्यसोभए अब मोटरका पांग्रा खाएर बाँच| तर कृष्णले भन्नुहुन्छ "अन्न उब्जाऊ|" अब tअनिकालको त कुरा नै उठ्दैन| आन्नाद् भवन्ति भूतानि पर्जन्याद् अन्न​-सम्भवः | तर अन्न तब उत्पादन हुन्छ, जब पर्याप्त वर्षा हुन्छ| पर्जन्याद् अन्न​-सम्भवः | र यज्ञाद् भवति पर्जन्यः (भगी ३।१४) | र यज्ञ गर्यौ भने नियमित पानी पर्छ| यो प्रक्रिया हो| तर कसैलाई पनि यज्ञ गर्ने इच्छा छैन, कोहि पनि अन्नमा इच्छुक छैनन्| र यदि तिमी आफ्नै कृत्रिम अभाव सिर्जना गर्छौ भने त्यो भगवानको गल्ती होइन; तिम्रो गल्ती हो| त्यसैले जे पनि समस्या छ, जुन सुकै प्रश्न छ- सामाजिक, राजनैतिक, दार्शनिक, धार्मिक, जे पनि -त्यसको समाधान यहाँ भगवद् गीतामा छ| जस्तै भारत जातिय प्रथाको मारमा परेको छ| कसैले जातिय प्रथाको समर्थन गर्छन् भने कसैले असमर्थन गर्छन् | तर कृष्णले समाधान निकाल्नुहुन्छ| त्यसैले समर्थन, असमर्थानको त प्रश्न नै उठ्दैन| जातिय प्रथा गुण र दोषका आधारमा स्थापित गर्नुपर्छ| चातुर्-वर्ण्यं मया सृष्टं गुण​-कर्म (भगी ४।१३) | कहिले पनि "जन्मले" भनिएको छैन| र श्रीमद् भागवतममा यो कुराको पुष्टि गरिएको छ,

यस्य यल् लक्षणं प्रोक्तं पुंसो वर्णाभिव्यञ्जकम्
यद् अन्यत्रापि दृश्येत तत् तेनैव विनिर्दिशेत्
(श्रीभ ७।११।३५)

नारद मुनिका प्रष्ट निर्देशन छन् | अत: वैदिक साहित्यमा सबै कुरा पूर्ण छन् र यदि हामीले यसको पालना गर्यौं भने....... कृष्ण भावनामृत अभियान मानिसहरुलाई यस सिद्धान्तमा शिक्षित बनाउन प्रयासरत छ| हामीले केहि पनि सिर्जना गरेका छैनौँ | यो हाम्रो कार्य होइन | किनभने हामीलाई थाहा छ कि हामी अपूर्ण छौं, हामीले जे सिर्जना गरे पनि अपूर्ण हुन्छ| हाम्रो बद्ध जीवनमा हामीसँग चार दोष छन्: हामी गल्ति गर्छौं, हामी भ्रामित हुन्छौं, अरुलाई छली गर्छौं, र हाम्रा इन्द्रीयहरू पनि अपूर्ण छन्| हामीले यी दोष भएका व्यक्तिबाट कसरी पूर्ण ज्ञान प्राप्त गर्न सक्छौं? तसर्थ हामीले भगवानसँग, जो यी दोषहरुले प्रभावित हुनुहुन्न, मुक्त पुरुष हुनुहुन्छ, उहाँसँग ज्ञान प्राप्त गर्नुपर्छ| यो पूर्ण ज्ञान हो| हामी अनुरोध गर्छौछौं, भगवद् गीता पढेर सोहि अनुरुप कार्य गर्नुपर्छ | तपाई जोसुकै भएपनि मतलब हुँदैन | भगवान् सबैको साझा हुनुहुन्छ | भगवान् भगवान् हुनुहुन्छ, जसरी सुन सुन हो | यदि सुन हिन्दुसँग छ भने त्यो हिन्दु सुन हुँदैन | अथवा इसाईसँग सुन भयो भने त्यो इसाई सुन हुँदैन| सुन त सुन हो| त्यसैगरी, धर्म त एउटा मात्र छ | हिन्दु धर्म, मुसलमान धर्म, इसाई धर्म हुनसक्दैन| यी सब कृत्रिम हुन्| "हिन्दु सुन", "मुसलमान सुन " भनेको जस्तै| यो पनि सम्भव छैन| सुन, सुन हो| त्यसरी नै धर्म पनि| धर्म भनेको भगवानले दिनुभएको कानून हो| धर्मं तु साक्षात् भगवत्-प्रणीतं न वै विदुर् देवतह् मनुष्याः (श्रीभ ६।३।१९), "धर्म, धर्मका सिद्धान्त, धार्मिक परम्परा, भगवानले दिनुभएको हो|" अत: भगवान् एक मात्र हुनुहुन्छ; तसर्थ धर्म अथवा धार्मिक प्रक्रिया पनि एउटा मात्र छ| दुइवटा त हुन सक्दैन|