NE/Prabhupada 0211 - हाम्रो लक्ष्य श्री चैतन्य महाप्रभुको इच्छा स्थापित गर्नु हो



Lecture on CC Adi-lila 1.4 -- Mayapur, March 28, 1975


तिमीले श्री चैतन्य महाप्रभुको कृपा बिना सिधै कृष्ण भावना प्राप्त गर्न सक्दैनौ | र चैतन्य चैतन्य महाप्रभुको माध्यमबाट जानु भनेको षड्-गोस्वामीको माध्यमबाट जानु | यो परम्परा विधि हो | तसर्थ नरोत्तम दास ठाकुरले भन्नुहुन्छ, एइ छय गोसाइ जार्-तार् मुइ दास् ता-सबार पद रेणु मोर पञ्च​-ग्रास् | यो परम्परा विधि हो | तिमी सिधै जान सक्दैनौ | तिमी परम्परा विधिबाट जानुपर्छ | तिमी आफ्नो आध्यात्मिक गुरुको माध्यमबाट गोस्वामीहरुसम्म पुग्नुपर्छ, र गोस्वामीहरुको माध्यमबाट श्री चैतन्य महाप्रभुसम्म पुग्नुपर्छ, र श्री चैतन्य महाप्रभुको माध्यमबाट कृष्ण समक्ष पुग्नुपर्छ | यो तरिका हो | तसर्थ नरोत्तम दास ठाकुरले भन्नुहुन्छ, एइ छय गोसाइ जार्-तार् मुइ दास् | हामी दासको दास हौँ | यो चैतन्य महाप्रभुको उपदेश हो, गोपी-भर्तुः पद​-कमलयोर् दास​-दासानुदासः (चैच मध्य १३।८०) | तिमी जति धेरै दासको दास बन्छौ, त्यति नै पूर्ण हुन्छौ | र यदि तिमी अचानक मालिक बन्न चाहन्छौ भने तिमी नर्क जानुपर्छ | त्यति हो | त्यो नगर | यो चैतन्य महाप्रभुको शिक्षा हो |

यदि तिमी दास, दास, दास, दासको माध्यमबाट जान्छौ भने तिमी विकसित हुन्छौ | र जब तिमी सोच्छौ कि तिमी मालिक बनेका छौ, तब तिमी नर्क जान्छौ | यो प्रक्रिया हो | दास-दासानुदासः | चैतन्य महाप्रभुले भन्नुभयो | त्यसैले दास, दास, दास, एक सय पटक दास, त्यो भनेको ऊ विकसित छ | ऊ विकसित छ | र जो सिधै मालिक बन्दैछ, तब ऊ नर्कमा हुन्छ | अनर्पित​-चरीं चिरात् | हामीले सधैं श्रील रुप गोस्वामीको उपदेश स्मरण गर्नुपर्छ | तसर्थ हामी प्रार्थना गर्छौं, श्री-चैतन्य​-मनो-ऽभीष्टं स्थापितं येन भू-तले | हाम्रो लक्ष्य भनेको श्री चैतन्य महाप्रभुको इच्छा स्थापित गर्नु हो | त्यो हाम्रो कार्य हो | श्री-चैतन्य​-मनो-ऽभीष्टं स्थापितं येन भू-तले | श्रील रुप गोस्वामीले यसो गर्नुभयो | उहाँले हामीलाई यति धेरै पुस्तक दिनुभएको छ, विशेषगरी भक्ति-रसामृत सिन्धु, जुन हामीले अंग्रेजीमा अनुवाद गरेका छौं, भक्तिको विज्ञान बुझ्न | यो श्रील रुप गोस्वामीको सबभन्दा महान योगदान हो, कसरी भक्त बन्ने | कसरी भक्त बन्ने | यो भावना होइन, यो विज्ञान हो | यस कृष्ण भावनामृत अभियान महान विज्ञान हो | यद् विज्ञान​-समन्वितम् | ज्ञानं मे परमं गुह्यं यद् विज्ञान​-समन्वितम् | यो भावना होइन | यदि तिमी यसलाई भावनाको रुपमा लिन्छौ भने तिमीले अशान्ति सिर्जना गर्नेछौ | त्यो रुप गोस्वामीको उपदेश हो | उहाँले भन्नुभयो,

श्रुति-स्मृति-पुराणादि- पञ्चरात्रिकि-विधिं विना
ऐकान्तिकी हरेर् भक्तिर् उत्पाताय्ऐव कल्पते
[भ र सि १|२|१०१]