NE/Prabhupada 0212 - वैज्ञानिक रुपमा मृत्यु पछि जीवन हुन्छ



Garden Conversation -- June 10, 1976, Los Angeles


प्रभुपाद: आधुनिक शिक्षामा तिनीहरु बुझ्न सक्दैनन् कि यो जन्म, मृत्यु, बुढ्यौली र रोगको पुनरावृत्ति एउटा झन्झट हो | तिनीहरु यो बुझ्दैनन् | किन तिनीहरु यसलाई स्वीकार्छन् ? यसलाई स्वीकार्ने, तिनीहरु सोच्छन् कि अरु कुनै उपाय छैन | तर यदि यसलाई रोक्ने कुनै उपाय छ भने तिनीहरु किन यसलाई ग्रहण गर्दैनन् ? हँ ? यो शिक्षाको के मूल्य रहन्छ ? तिनीहरु सहि र गलतबीच भेद देख्न सक्दैनन् | कसैलाई मृत्यु मन पर्दैन, तर मृत्यु हुन्छ | कसैलाई बुढो बन्न मन छैन, तर बुढ्यौली हुन्छ | किन तिनीहरु यी ठुला समस्याहरुलाई छेउमा राख्छन् र वैज्ञानिक विकासमा गर्व गर्छन् ? कस्तो प्रकारको शिक्षा हो यो ? यदि तिनीहरु सहि र गलतबीच भेद देख्न सक्दैनन् भने यो शिक्षाको के नतिजा निस्कन्छ ? शिक्षा भनेको मानिसले सहि र गलतबीच भेद देख्न सक्नुपर्छ | तर तिनीहरु देख्न सक्दैनन्, वा तिनीहरुलाई थाहा पनि छैन कि मृत्यु राम्रो होइन, तर तिनीहरु मृत्यु रोक्ने प्रयास किन गर्दैनन् ? विकास कहाँ छ ? तिनीहरु विज्ञानको विकासमा धेरै गर्व गर्छन् | विकास कहाँ छ ? तिमी मृत्यु रोक्न सक्दैनौ | तिमी बुढ्यौली रोक्न सक्दैनौ | तिनी आधुनिक औषधि उत्पादन गर्न सक्छौ, तर किन तिमी रोग रोक्न सक्दैनौ ? यो औषधि लिऊ, कुनै रोग हुनेछैन | त्यो विज्ञान कहाँ छ ? हँ ?

नलिनीकण्ठ​: तिनीहरु भन्छन् कि तिनीहरु यसमा प्रयास गर्दैछन् |

प्रभुपाद: त्यो अर्को मूर्खता हो | गफ लगाउने |

गोपवृन्दपाल​: जसरी हामीले भन्छौं कि कृष्ण भावना क्रमिक विधि हो, तिनीहरु भन्छन् कि तिनीहरुको वैज्ञानिक विकास पनि क्रमिक विधि हो |

प्रभुपाद: क्रमिक विधि, तर के तिनीहरु सोच्छन् कि तिनीहरु मृत्यु रोक्न सक्छन् ? हामी विश्वस्त छौं कि हामी घर फर्कदैछौं, भगवद्-धाम फर्कदैछौं, कृष्णकहाँ | तर तिनीहरुको दृढता कहाँ छ कि तिनीहरु मृत्यु, बुढ्यौली, रोग रोक्न सक्छन् ?

डा वोल्फ: नयाँ गफ यो छ कि तिनीहरु भन्छन् कि तिनीहरु प्रयास गर्दैछन्, तिनीहरुले यो तथ्य स्थापित गरेका छन् कि मृत्युपछि जीवन हुन्छ |

प्रभुपाद: जीवन हुन्छ |

डा वोल्फ: तिनीहरु पुनः यसलाई वैज्ञानिक रुपमा सिद्ध पार्ने प्रयास गर्दैछन् |

प्रभुपाद: तिनीहरुलाई गर्न देऊ | वैज्ञानिक रुपले, मृत्युपछि जीवन हुन्छ | हामी बारम्बार भन्छौं, कि मेरो बालक शरीर अहिले मृत छ, त्यो गइसक्यो, गायब | मसँग भिन्न शरीर छ | त्यसैले मृत्युपछि जीवन हुन्छ | यो व्यवहारिक छ | यो कृष्णले भन्नुहुन्छ, तथा देहान्तर​-प्राप्तिः (भगी २।१३) | त्यसैगरी, न हन्यते हन्यमाने शरीरे (भगी २।२०) | यो भगवानको आधिकारिक बयान हो, र व्यवहारिक रुपमा हामी देख्छौं कि हामीले एउटा शरीरपछि अर्को प्राप्त गर्छौं, तर म निरन्तर रहन्छु | आपत्ति कहाँ छ ? मृत्युपछि जीवन हुन्छ | तथाकथित मृत्यु भनेको शरीरको विनाश हो | जब हामी त्यो जीवनप्रति अडिग हुन्छौं, जुनपछि मृत्यु हुँदैन, तब त्यसको पछाडि लाग्नुपर्छ | त्यो बुद्धिमानी हो | भगवद्गीतामा उलीख गरिएको छ, कि यदि तिमीले केवल कृष्णलाई बुझ्छौ र यदि तिमी उहाँकहाँ फर्कन योग्य हुन्छौ भने त्यसपछि कुनै मृत्यु हुनेछैन |