NE/Prabhupada 0221 - मायावादीहरु सोच्छन् को उनीहरु भगवानसँग एक भएका छन्



Janmastami Lord Sri Krsna's Appearance Day -- Bhagavad-gita 7.5 Lecture -- Vrndavana, August 11, 1974

जब अर्जुनले कृष्णलाई सोधे कि- "हजुर भन्नुहुन्छ कि हजुरले भगवद् गीताको यो दर्शन सूर्यदेवलाई सिकाउनु भयो | मैले यो कसरी विश्वास गर्ने ?" - जवाफ थियो "तथ्य यो हो कि हामी दुवै उपस्थित थियौं, तर तिमीले बिर्सियौ | मैले बिर्सिएको छैन |"

कृष्ण र साधारण जीवमा यहि भिन्नता छ..... उहाँ पूर्ण हुनुहुन्छ; हामी पूर्ण छैनौं | हामी अपूर्ण छौं, कृष्णका अंश | तसर्थ हामी कृष्णबाट नियन्त्रित हुनुपर्छ | यदि हामी कृष्णद्वारा नियन्त्रि हुन सहमत हुँदैनौं भने हामी भौतिक शक्तिद्वारा नियन्त्रित हुनुपर्छ, भूमिर् आपो ऽनलो वायुः (भ गी ७|४) | वास्तवमा, हामी आध्यात्मिक शक्ति हौँ | हामी स्वेच्छाले कृष्णद्वारा नियन्त्रित हुन सहमत हुनुपर्छ | त्यो भक्ति हो | त्यो भक्ति हो | हामी आध्यात्मिक शक्ति हौँ, र कृष्ण परमात्मा हुनुहुन्छ | त्यसैले यदि हामी कृष्णद्वारा नियन्त्रित हुन सहमत हुन्छौं भने हामी आध्यात्मिक जगतमा उठ्छौं | जब हामी सहमत हुन्छौं | कृष्णले तपाईको सानो स्वतन्त्रतामा हस्तक्षेप गर्नुहुँदैन | यथेच्छसि तथा कुरु (भ गी १८|६३) | कृष्णले अर्जुनलाई भन्नुहुन्छ "जे तिमीलाई मन लाग्छ, तिमी गर्न सक्छौ |" त्यो स्वतन्त्रता हामीसँग छ | त्यो स्वतन्त्रताको कारणले हामी यस भौतिक जगतमा आएका छौं, स्वतन्त्र रुपमा भोग गर्नको लागि | कृष्णले हामीलाई स्वतन्त्रता दिनुभएको छ,"तिमी स्वतन्त्र रुपमा भोग गर्न सक्छौ |" र हामी त्यसो गर्न प्रयासरत छौं | तर नतिजा यो छ कि हामी बद्ध हुँदैछौं | हामीलाई यस भौतिक जगतमा कार्य गर्ने स्वतन्त्रता प्रदान गरिएको छ | सबजना भौतिक जगतको मालिक बन्न प्रयासरत छन् | कोहि पनि दास बन्न प्रयासरत छैन | केवल हामी वैष्णवहरुमात्र दास बन्न प्रयासरत छौं | कर्मी र ज्ञानीहरु दास बन्न रुचाउँदैनन् | तिनीहरु हाम्रो निन्दा गर्छन् कि "तिमी वैष्णवहरु, तिमीसँग दास्य प्रवृत्ति छ |" हो, हामीसँग दास्य.....

चैतन्य महाप्रभुले सिकाउनुभएको छ, गोपी-भर्तुः पद​-कमलयोर् दास​-दासानुदासः (चैच मध्य १३।८०) | त्यो हाम्रो अवस्था हो | कृत्रिम रुपमा,"म मालिक हुँ" भनेर दाबी गर्नुको के अर्थ ? यदि म मालिक थिएँ भने किन पङ्खा आवश्यक हुन्छ ? म यस गर्मी मौसमको प्रभावको दास हुँ | त्यसैगरी, म जाडो मौसममा दास हुन्छु | हामी सधैं दास हुन्छौं | तसर्थ चैतन्य महाप्रभुले भन्नुहुन्छ, जीवेर स्वरूप हय नित्य​-कृष्ण​-दास (चैच मध्य २०।१०८-१०९) | वास्तवमा, हाम्रो मौलिक स्थिति कृष्णको नित्य दास हुनु हो | कृष्ण परम नियन्त्रक हुनुहुन्छ | यो कृष्ण भावनामृत अभियान यस प्रयोजनको लागि हो, कि यी मूर्ख मानिस वा धूर्तहरु, मुढा:..... मैले "मूर्ख" र "धूर्त" शब्द उत्पादन गरेको होइन | यो कृष्णले भन्नुभएको छ | न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते नराधमाः (भ गी ७|१५) | उहाँले त्यसरी भन्नुभएको छ | तपाईले पाउनुहुनेछ | दुष्कृतिन:, सधै पापी ढंगले कार्यरत र मुढा:, धूर्तहरु, गधा | नराधमा:, मानवमध्ये निच, "ओहो, तिमीहरु...... ? कृष्ण, हजुर यी भौतिक वैज्ञानिकलाई यति नराम्रो भन्दै हुनुहुन्छ ? धेरै दार्शनिकहरु छन् | तिनीहरु सबै नराधमा: हुन् ?" "हो, तिनीहरु नाराधमा: हुन् |" "तर तिनीहरु शिक्षित छन् |" "हो, त्यो पनि....." तर कस्तो प्रकारको शिक्षा ? मायया अपहृत-ज्ञाना: "तिनीहरुको शिक्षाको नतिजा- ज्ञान मायाले खोसिदिएकी छिन् | मानिस जति धेरै शिक्षित हुन्छ, ऊ त्यति नै नास्तिक हुन्छ | वर्तमान समयमा...... अवश्य पनि, शिक्षा भनेको यो होइन कि..... शिक्षा भनेको बुझ्नु हो | ज्ञानी | शिक्षा, शिक्षित हुनु भनेको बुद्धिमान मानिस, शिक्षित मानिस, ज्ञानी | वास्तविक ज्ञानी भनेको मां प्रपद्यते | बहूनां जन्मनाम् अन्ते ज्ञानवान् मां प्रपद्यते (भ गी ७|१९) | यो शिक्षा हो | शिक्षा भनेको नास्तिक बन्नु होइन,"कुनै भगवान् हुनुहुँदैन | म भगवान् हुँ, तिमी भगवान् हौ, सबजना भगवान् हुन् |" यो शिक्षा होइन | यो अज्ञान हो | मायावादीहरु सोच्छन् कि तिनीहरु भगवानसँग एक भएका छन् | त्यो शिक्षा होइन |