NE/Prabhupada 0222 - यस अभियानलाई अगाडि बढाउन नरोक्नुहोस्



His Divine Grace Srila Bhaktisiddhanta Sarasvati Gosvami Prabhupada's Disappearance Day, Lecture -- Los Angeles, December 9, 1968

यो यति राम्रो अभियान छ | अहं त्वं सर्व​-पापेभ्यो मोक्षयिष्यामि मा शुचः (भगी १८।६६) | भगवद्-गीतामा भनिएको छ, भगवान् भन्नुहुन्छ, मानिसले आफ्नो पापको कारण पीडा भोग्नुपर्छ | अज्ञानता | अज्ञानता पापको कारण हो | जस्तै एउटा मानिसलाई थाहा छैन | मानौं मजस्तो एउटा विदेशी अमेरिकामा आउँछ र उसलाई थाहा छैन...... किनकि भारतमा...... जस्तै तपाईको देशमा गाडी दायाँतर्फबाट कुदाइन्छ, भारतमा, मैले लन्डनमा पनि देखेको छु, गाडी बायाँतर्फबाट कुदाइन्छ | मानौं उसलाई थाहा छैन, उसले बायाँतर्फबाट गाडी कुदाउँछ र उसको कुनै दुर्घटना हुन्छ, र उसलाई प्रहरीको नियन्त्रणमा लिइन्छ | र यदि उसले भन्छ,"महाशय मलाई थाहा थिएन कि यहाँ गाडी दायाँतर्फबाट कुदाइन्छ," उसलाई माफी मिल्दैन | कानुनले उसलाई सजाय दिनेछ | त्यसैले अज्ञानता कानुन तोड्नुको वा पापको कारण हो | र जब तपाईले कुनै पाप गर्नुहुन्छ, तपाईले त्यसको नतिजा भोग्नुपर्छ | सारा संसार अज्ञानतामा छ, र अज्ञानताको कारण मानिस विभिन्न कर्म र कर्मफलमा बद्ध छ, राम्रो वा नराम्रो | यो भौतिक संसार भित्र कुनै कुरा राम्रो छैन; सबै कुरा नराम्रो छ | हामीले केहि राम्रो र केहि नराम्रो उत्पादन गरेका छौं | यहाँ...... किनकि भगवद् गीताबाट हामीले बुझ्छौं कि यो स्थान दुःखालयम् अशाश्वतम् (भगी ८।१५) हो | यो स्थान पीडाको लागि हो | तपाईले कसरी भन्न सक्नुहुन्छ, पीडादायी अवस्थामा तपाईले कसरी भन्न सक्नुहुन्छ, कि "यो राम्रो छ" वा "यो नराम्रो छ |" सबै कुरा नराम्रो छ | त्यसैले जो व्यक्तिहरुलाई थाहा छैन- भौतिक, बद्ध जीवन- तिनीहरु केहि उत्पादन गर्दैछन् | "यो राम्रो हो, यो नराम्रो हो," किनकि तिनीहरुलाई थाहा छैन कि यहाँ सबै कुरा नराम्रो छ, केहि राम्रो छैन |

मानिस यस भौतिक जगतप्रति निराशावादी हुनुपर्छ | तब उसले आध्यात्मिक जीवनमा विकास गर्न सक्छ | दुःखालयम् अशाश्वतम् (भगी ८।१५) | यो स्थान पीडाले भरिपूर्ण छ, र यदि तपाई विश्लेषणात्मक अध्ययन गर्नुहुन्छ भने तपाईले केवल पीडादायी स्थिति पाउनुहुन्छ | तसर्थ सम्पूर्ण समस्या यो हो कि हामीले आफ्नो भौतिक बद्ध जीवन त्याग्नुपर्छ, र कृष्ण भावनामा आफुलाई आध्यात्मिक स्तरमा उठाउने प्रयास गर्नुपर्छ र भगवानको राज्यमा पुग्नुपर्छ, यद् गत्वा न निवर्तन्ते तद् धामं परमं मम (भगी १५।६), जहाँ गएर कोहि पनि यस पीडादायी जगतमा फर्कंदैन | त्यो भगवानको परमलोक हो | भगवद् गीतामा विवरण छन् | यस कृष्ण भावनामृत अभियान आधिकारिक छ, धेरै महत्वपूर्ण छ | अब, तपाई अमेरिकी युवा र युवती, जो यस अभियानमा सहभागी हुनुहुन्छ, कृपया यसलाई गम्भिरतापूर्वक लिनुहोस् र..... यो चैतन्य महाप्रभु तथा गुरु महाराजको लक्ष्य हो र हामी पनि उही इच्छा गुरु-शिष्य परम्पराबाट सम्पन्न गर्ने प्रयासमा छौं | तपाई मलाई मदत गर्न अगाडि सर्नुभएको छ | मैले तपाईहरु सबैलाई अनुरोध गर्छु कि म जानेछु, तर तपाईहरु बाँच्नुहुनेछ | यस अभियानलाई अघि बढाउन नरोक्नुहोस् र तपाईलाई चैतन्य महाप्रभुको आशिर्वाद मिल्नेछ र श्री-श्रीमद भक्तिसिद्धान्त सरस्वती गोस्वामी प्रभुपादको पनि |

धेरै धेरै धन्यवाद |