NE/Prabhupada 0223 - यस संस्था सम्पूर्ण मानव समाजलाई शिक्षा दिनको लागि आवश्यक छ



Room Conversation with Ratan Singh Rajda M.P. "Nationalism and Cheating" -- April 15, 1977, Bombay


प्रभुपाद: के आपत्ति छ ?

श्री राज्दा: कुनै आपत्ति छैन |

प्रभुपाद: भगवद् गीता स्वीकारिएको छ, र जहाँसम्म मैले बुझेको छु, मोरारजीलाई पक्राउ गर्न लागिएको थियो, उनले भने कि "मलाई भगवद् गीताको अध्ययन पुरा गर्न देऊ |" मैले पत्रिकामा पढेको थिएँ |

श्री राज्दा: हो, उनले भनेका थिए |

प्रभुपाद: त्यसोभए ऊ...... उनी भगवद् गीताका भक्त थिए र अरु धेरै पनि छन् | त्यसैले यो शिक्षा सारा संसारलाई किन नदिने ?

श्री राज्दा: मैले देखेको थिएँ, उनी साधारणतया ३:३०मा उठ्छन्, सर्वप्रथम आफ्ना धार्मिक कार्य गर्छन्, भगवद् गीताको अध्ययन र यी सबै | र यो कार्य दुई, तीन घण्टासम्म चल्छ | त्यसपछि, सात बजे, उनी नुहाएपछि आफ्नो कोठाबाट बाहिर निस्कन्छन् | त्यसपछि उनले भेट्छन् (अस्पष्ट) |

प्रभुपाद: र यी विदेशी युवाहरु, उनीहरु यस भगवद् गीता अभ्यास ३:३० देखि ९:३० सम्म गर्छन् | उनीहरुको अरु कुनै कार्य छैन | तपाईले देख्नुहुन्छ | तपाईले हाम्रा यी गिरिराजलाई देख्नुभएको छ | सारा दिन उनी कार्यरत छन् | उनीहरु सबै यसमा छन् | बिहान ३:३०देखि, जबसम्म उनीहरु थाक्दैनन्, ९:३०सम्म केवल भगवद् गीता |

श्री राज्दा: आश्चर्यजनक |

प्रभुपाद: र हामीसँग यति धेरै सामग्री छन् | यदि हामी एउटा श्लोकमा छलफल गर्छौं भने, तथा देहान्तर​-प्राप्तिः (भ गी २।१३), यसलाई बुझ्न कैयौं दिन लाग्छ |

श्री राज्दा: ठिक हो |

प्रभुपाद: अब, यदि यो तथ्य हो भने, तथा देहान्तर​-प्राप्तिः अन्द् न हन्यते हन्यमाने शरीरे (भ गी २।२०), हामीले त्यसको लागि के गरिरहेका छौं ? यो भगवद् गीता हो | न जायते न म्रियते वा कदाचिन् न हन्यते हन्यमाने शरीरे (भ गी २।२०) | जब मेरो शरीर नाश हुन्छ, म जान्छु..... (विराम) .....व्यक्तिगत रुपमा ढोका-ढोका जाँदै, पुस्तक विक्री गर्दै र पैसा खर्च गर्दै | हामीले आफ्नो अभियान यस प्रकारले अघि बढाउँदैछौं | मैले सरकारबाट, सर्वसाधारणबाट कुनै मदत प्राप्त गरेको छैन | र बैंक अफ अमेरिकामा यसको जानकारी छ, मैले कति विदेशी नगद ल्याउँदैछु | यस्तो कमजोर स्वास्थमा पनि, म कम्तिमा चार घण्टा कार्यरत हुन्छु, रातमा | र उनीहरु पनि मेरो मदत गर्दैछन् | त्यसैले यो हाम्रो व्यक्तिगत प्रयास हो | यहाँ किन नआउने ? यदि तपाई वास्तवमा भगवद् गीताका अत्यन्त गम्भीर विद्यार्थी हुनुहुन्छ भने तपाई किन आउनुहुँदैन, सहयोग गर्नुहुँदैन ? र हराव् अभक्तस्य कुतो महद्-गुणा मनोरथेनासति धावतो... (श्री भा ५।१८।१२) | तपाईले सर्वसाधारणलाई केवल विधानद्वारा इमानदार बनाउन सक्नुहुन्न | त्यो बिर्सनुहोस् | त्यो सम्भव छैन | हराव् अभक्तस्य कुतो..... यस्यास्ति भक्तिर् भगवत्य् अकिञ्चना सर्वै:... यदि तपाई, यदि कोहि भगवानको भक्त हुन्छ भने उसमा सबै राम्रा गुणहरु आउँछन् | र हराव् अभक्तस्य कुतो महद्.... यदि ऊ भक्त छैन..... अहिले धेरै कुराहरु, निन्दा, चल्दैछ, ठुला, ठुला नेताहरु | आजको पत्रिकामा मैले देखेको थिएँ | "यो मानिस, त्यो मानिसलाई अस्विकार गरिएको छ |" किन ? हराव् अभक्तस्य कुतो | यदि ऊ भक्त हुँदैन भने ठुलो नेता बनेर के फाइदा ? (हिन्दि) तपाई धेरै बुद्धिमान हुनुहुन्छ, युवा, त्यसैले मैले तपाईलाई केहि विचार दिने प्रयास गर्दैछु, र यदि तपाईले यी विचारलाई कुनै आकार दिन सक्नुहुन्छ..... यो पहिल्यै विद्यमान छ | यो कुनै रहस्य होइन | केवल हामी गम्भीर हुनुपर्छ, कि सम्पूर्ण मानव समाजलाई शिक्षा दिन यो संस्था आवश्यक छ | चिन्ता नलिनुहोस्, एउटा सानो संख्या | यसको मतलब हुँदैन | तर आदर्श हुनुपर्छ |