NE/Prabhupada 0292 - ज्ञानद्वारा परम पुरुषको बारेमा थाहा पाउनुपर्छ



Lecture -- Seattle, October 4, 1968


प्रभुपाद: गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि |

भक्तहरु: गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि |

प्रभुपाद: कसैले उसलाई मदत गर्दैछ ? ठिक छ..... हामी मूल व्यक्तिलाई कब्जा गर्न इच्छुक छौं | (हाँसो) हामीलाई कुनै अधीनस्थ मानिसको मतलब छैन | गोविन्दम् आदि-पुरुषं | तर यदि कसैले मूल व्यक्तिलाई कब्जा गर्छ भने उसले सबजनालाई कब्जा गर्छ | जस्तै उही उदाहरण | वेदमा भनिएको छ, उपनिषदमा: यस्मिन् विज्ञाते सर्वम् एवं विज्ञातं भवन्ति | यदि तपाईले सर्वोच्च पुरुषोत्तम भगवान् वा परम सत्यलाई बुझ्न सक्नुहुन्छ भने तपाईले सबै कुरा बुझ्नुहुन्छ | भिन्न रुपमा बुझ्ने कुनै आवश्यकता छैन | यस्मिन् विज्ञाते सर्वम् एवं विज्ञातं भवन्ति | त्यसैगरी भगवद् गीतामा पनि भनिएको छ, यं लब्ध्वा चापरं लाभं मन्यते नाधिकं ततः यस्मिन् स्थितो न दुःखेन गुरुणापि विचाल्यते (भ गी ६|२०-२३) हामी सबजना यस्तो स्तरको जीवनको खोजीमा छौं जहाँ हामीसँग कुनै चिन्ता हुँदैन | त्यो सबजनाको लक्ष्य हो | हामी किन संघर्ष गर्दैछौं ? हामी एउटा विशेष विन्दुमा पुग्न प्रयासरत छौं | जस्तै फुटबलमा दुई समुहहरु, तिनीहरुमध्ये हरेक गोल हान्न प्रयासरत हुन्छन् | त्यो जित हो | सबजना केहि लाभ प्राप्त गर्न प्रयासरत छन्, विभिन्न स्थिति अनुसार, विभिन्न विचार अनुसार | सबजना उही कुराको पछि छन् भन्ने होइन | कोहि भौतिक आनन्दको खोजीमा छन्, कोहि नशाको खोजीमा छन्, कोहि मैथुनको खोजीमा छन्, कोहि धनको खोजीमा छन्, कोहि ज्ञानको खोजीमा छन्, कोहि धेरै कुराको खोजीमा छन् | तर एउटा कुरा छ | यदि हामीले उक्त पूर्णता प्राप्त गर्नसक्छौं भने हामी सन्तुष्ट हुनेछौं र हामीले भन्नेछौं कि "हामीलाई अरु केहि चाहिंदैन |" स्वामिन् कृतार्थो ऽस्मि वरं न याचे (चै च मध्य २२|४२) | धेरै उदाहरणहरु छन् | त्यस्तो स्थिति हुन्छ, र ती कृष्ण हुनुहुन्छ | यदि तपाईले केवल कृष्णलाई बुझ्न सक्नुहुन्छ भने तपाईको ज्ञान पूर्ण हुन्छ र तपाईले सबै कुरा बुझ्नुहुन्छ | तपाईले विज्ञान बुझ्नुहुन्छ, तपाईले गणित बुझ्नुहुन्छ, तपाईले रसायनशास्त्र बुझ्नुहुन्छ, भौतिकशास्त्र, खगोल विज्ञान, दर्शन, साहित्य, सबै | यो धेरै राम्रो छ | तसर्थ भागवतमा भनिएको छ कि संसिद्धिर् हरि-तोषणम् (श्री भा १|२|१३) | तपाई जुनसुकै ज्ञानको विभाग वा कार्यको विभागमा संग्लग्न हुनुहोस्, त्यसको मतलब छैन | तर यदि तपाईले परम-ब्रह्मलाई आफ्नो ज्ञानको फलस्वरूप प्राप्त गर्नुहुन्छ भने त्यो तपाईको पूर्णता हो | तपाई एक वैज्ञानिक हुनुहुन्छ, ठिकै छ, त्यसको मतलब छैन | आफ्नो वैज्ञानिक अनुसन्धानद्वारा तपाईले भगवानलाई खोज्नुहोस् | तब त्यो तपाईको पूर्णता हुन्छ | तपाई व्यापारी हुनुहुन्छ ? आफ्नो धनद्वारा केवल भगवानलाई खोज्नुहोस् | तपाई प्रेमी हुनुहुन्छ ? केवल परम-प्रेमीलाई खोज्नुहोस् | तपाई स्वाद, सौन्दर्य, सुन्दरताको पछि हुनुहुन्छ, यदि तपाईले भगवानलाई खोज्नुहुन्छ भने तपाईको सुन्दरताको खोज पुरा हुनेछ | सबै कुरा | कृष्ण | कृष्ण भनेको सर्व-आकर्षक | तपाई केहि कुराको खोजमा हुनुहुन्छ | यदि तपाईले कृष्णलाई भेटाउनुहुन्छ भने तपाईले देख्नुहुनेछ कि तपाईले आफ्नो लक्ष्य प्राप्त गर्नुभयो | तसर्थ उहाँको नाम कृष्ण हो |