NE/Prabhupada 0291 - म अधीनस्थ हुन चाहन्नँ, झुक्न चाहन्नँ



Lecture -- Seattle, September 30, 1968


प्रभुपाद: हँ ?

युवा: के हजुरले पुनः अधीनताको व्याख्या गर्न सक्नुहुन्छ ?

तमाल कृष्ण: पुनः अधीनताको व्याख्या गर्नुहोस् |

प्रभुपाद: अधीनता, यो सरल छ | तिमी अधीनस्थ छौ | तिमीले अधीनता के हो बुझेनौ ? के यो धेरै कठिन छ ? के तिमी कसैको अधीनमा छैनौ ?

युवा: छु, मलाई लाग्छ हजुरले भन्न सक्नुहुन्छ |

प्रभुपाद: हो | तिमी हुनुपर्छ | सबजना अधीनस्थ हुनुपर्छ |

युवा: त्यो आध्यात्मिक हिसाबले हुन सक्छ, म अनुभव गर्दिनँ कि म कसैको अधीनस्थ..........

प्रभुपाद: सर्वप्रथम तिमीले बुझ कि आध्यात्मिक जीवन के हो, तब...... आध्यात्मिक हिसाबले पनि तिमी अधीनस्थ छौ किनकि तिम्रो प्रकृति त्यस्तै छ | आध्यात्मिक, तिम्रो विचारमा आध्यात्मिक र भौतिक भनेको के हो ?

युवा: जस्तै मेरो शरीर विशेष परिस्थिति र समयमा छ र यी सबै (अस्पष्ट) यदि मसँग कुनै जागिर छ भने म आफ्नो हाकिमको अधीनस्थ हुन्छु तर वास्तविक, मेरो वास्तविक परिचय, मेरो भित्रि परिचय भने...... मलाई लाग्दैन कि म आफ्नी हाकिमको अधीनस्थ हुन्छु | मलाई लाग्छ कि हामी लगभग समान छौं | अस्थायी रुपमा......

प्रभुपाद: हो | तिम्रो चेतना धेरै राम्रो छ कि तिमी आफ्नो हाकिमको अधीनस्थ भएर असन्तुष्ट छौ | के यो होइन ?

युवा: होइन, त्यो ठिक होइन |

प्रभुपाद: त्यसोभए ?

युवा: मलाई विशेषगरी.....

प्रभुपाद: जो पनि |

युवा: मलाई लाग्दैन कि...... यस विशेष परिस्थितिको कुरा गर्दा, यो त्यति सत्य होइन कि हाकिम मभन्दा माथि भएको कारण मैले ऊसँग इर्ष्या गर्छु | तर मलाई लाग्छ कि जीवको रुपमा हामी लगभग समान छौं | मेरो मतलब, यो मसँग भएको एक प्रकारको सिद्धान्त हो | मलाई लाग्दैन कि म कसैको सामु झुक्नुपर्छ र मलाई लाग्दैन कि कोहि मेरो सामु झुक्नुपर्छ |

प्रभुपाद: किन ? किन नझुक्ने ? किन ?

युवा: किनकि मलाई लाग्दैन कि मैले उसलाई केहि दिनुपर्छ वा उसले मलाई केहि दिनुपर्छ |

प्रभुपाद: त्यो रोग हो | हामीलाई बाध्यतापूर्वक झुकाइन्छ र हामी सोच्छौं कि "मलाई झुक्न मन लाग्दैन |" यो रोग हो |

युवा: उसले मलाई बाध्यतापूर्वक झुकाएको छैन |

प्रभुपाद: हो |

युवा: उसले मलाई बाध्यतापूर्वक केहि गराएको छैन | म त्यहाँ छु र ऊ त्यहाँ छ |

प्रभुपाद: होइन | बुझ्ने प्रयास गर | यो धेरै राम्रो प्रश्न हो | तिमीले भन्छौ कि "मलाई झुक्ने इच्छा छैन |" के यो होइन ?

युवा: त्यो सत्य हो |

प्रभुपाद: हो | किन ?

युवा: किनकि मलाई लाग्दैन कि म ऊभन्दा तल्लो......

प्रभुपाद: त्यो रोग हो | तिमीले आफ्नो रोग आफैं पत्ता लगाएका छौ | त्यो भौतिकवादको रोग हो | सबजना सोच्दैछन् कि "म मालिक बन्न चाहन्छु | मलाई झुक्ने इच्छा छैन | सबजना सोच्दैछन्, तिमीमात्र होइन | मलाई यो सकाउन देऊ | यो भौतिक रोग हो | सुरुमा बुझ्ने प्रयास गर | यो तिम्रो रोग वा मेरो रोग होइन | यो सबजनाको रोग हो कि "म किन झुक्ने ? म किन अधीनस्थ हुने ? तर प्रकृतिले मलाई अधीनस्थ हुन बाध्य बनाउँछिन् | कसले मृत्यु चाहन्छ ? किन मानिसहरु मर्दैछन् ? के तिमीले यसको जवाफ दिन सक्छौ ?

युवा: किन मानिसहरु मर्दैछन् ?

प्रभुपाद: हो | कोहि पनि मर्न चाहन्न |

युवा: मलाई लाग्थ्यो यो एउटा जैविक......

प्रभुपाद: बुझ्ने प्रयास गर | यहाँ को छ...... त्यसको मतलब जैविक बल | तिमी जीवविज्ञानको अधीनस्थ छौ | तब तिमीले किन भन्छौ कि तिमी स्वतन्त्र छौ ?

युवा: मलाई लाग्छ कि म......

प्रभुपाद: तिमीले गलत ढंगले सोच्दैछौ ? त्यो मेरो मुख्य कुरा हो | त्यो तिम्रो रोग हो |

युवा: मैले एक्लो अनुभव गर्दैछु ?

प्रभुपाद: हो, गलत ढंगमा |

युवा: गलत ढंगमा ?

प्रभुपाद: हो | तिमी अधीनस्थ छौ | तिमी झुक्नुपर्छ | जब मृत्यु हुन्छ, तिमीले भन्न सक्दैनौ,"ओहो, म तिमीलाई मान्दिनँ |" तसर्थ तिमी अधीनस्थ छौ |

युवा: म अवश्य पनि भगवानको अधीनस्थ छु |

प्रभुपाद: होइन, होइन...... भगवानलाई बिर्सिदेऊ | अहिले हामी साधारण कुरा गर्दैछौं |

युवा: कृष्ण..... मलाई लाग्दैन......

प्रभुपाद: होइन | कृष्णको बारेमा नबोल | त्यो टाढाको कुरा हो | तिमी केवल बुझ्ने प्रयास गर कि तिमीलाई मर्ने इच्छा हुँदैन तर किन तिमी मर्न बाध्य हुन्छौ ?

युवा: म किन बाध्यतापूर्वक मर्छु ?

प्रभुपाद: हो | किनकि तिमी अधीनस्थ छौ |

युवा: हो |

प्रभुपाद: तिमीले आफ्नो अवस्था बुझ कि तिमी अधीनस्थ छौ | तिमीले घोषणा गर्न सक्दैनौ कि "म मुक्त छु | म अधीनस्थ छैन |" यदि तिमी "म अधीनस्थ हुने इच्छा गर्दिनँ, झुक्ने इच्छा गर्दिनँ" भनेर सोच्दैछौ भने त्यो तिम्रो रोग हो |

युवा: हजुरले चाहनुहुन्छ कि म....... के.......

प्रभुपाद: होइन, सर्वप्रथम आफ्नो रोग बुझ | त्यसपछि हामीले तिम्रो उपचार पत्ता लगाउनेछौं |

युवा: मैले गलत ढंगबाट सोच्दैछु, ठिक छ, तर कोसँग वा के........ म कसको सामु गएर झुक्दा, मेरो मतलब.......

प्रभुपाद: तिमी सबैको अघि झुक्दैछौ | तिमी मृत्युको अघि झुक्दैछौ, तिमी रोगको अघि झुक्दैछौ, तिमी बुढ्यौलीको अघि झुक्दैछौ | तिमी धेरै कुराको अघि झुक्दैछौ | तिमीलाई बलपूर्वक झुकाइन्छ | तर पनि तिमी सोच्दैछौ कि "म झुक्दिनँ | मलाई मन पर्दैन |" तिमीले "मलाई मन पर्दैन" भनेको कारण तिमीलाई बलपूर्वक गराइन्छ | तिमी झुक्नुपर्छ | तिमीले आफ्नो परिस्थिति किन बिर्सन्छौ ? त्यो हाम्रो रोग हो | तसर्थ त्यसपछिको प्रक्रिया भनेको "मलाई बलपूर्वक झुकाइन्छ |" अब हामीले पत्ता लगाउनुपर्छ "म कहाँ झुकेर खुसी हुन्छु ?" ती कृष्ण हुनुहुन्छ | तिम्रो झुक्ने प्रक्रिया रोकिनेछैन किनकि तिम्रो कार्य त्यहि हो | तर यदि तिमि कृष्ण र उहाँको प्रतिनिधि अघि झुक्छौ भने तिमी खुसी हुन्छौ | यसलाई परिक्षण गर | तिमी झुक्नुपर्छ | यदि तिमी कृष्ण र उहाँको प्रतिनिधि अघि झुक्दैनौ भने तिमीलाई अरु केहि, मायाको अघि झुक्न बाध्य बनाइन्छ | त्यो तिम्रो स्थिति हो | तिमी कुनै पनि क्षणमा मुक्त हुँदैनौ | तर तिमीले अनुभव गर्नेछौ....... जस्तै एउटा बच्चा चौबिस-घण्टा आफ्ना माता-पिताको अघि झुक्छ | ऊ खुसी हुन्छ | माताले भन्छिन्,"मेरो प्रिय बच्चा, कृपया यता आऊ, यहाँ बस |" "हुन्छ |" ऊ खुसी हुन्छ | त्यो प्रकृति हो | तिमीले केवल खोज्नुपर्छ कि तिमी कहाँ झुक्नुपर्छ, त्यति हो | ती कृष्ण हुनुहुन्छ | तिमीले आफ्नो झुक्ने प्रक्रिया रोक्न सक्दैनौ तर तिमीले हेर्नुपर्छ कि तिमी कहाँ झुक्नुपर्छ | त्यति हो | यदि तिमीले कृत्रिम रुपमा "म कसैको अघि झुक्दिनँ | म स्वतन्त्र छु" भनेर सोच्छौ भने तिमीले पीडा भोग्नुपर्छ | तिमीले आफु झुक्नुपर्ने उचित स्थान खोज्नुपर्छ | त्यति हो | ठिक छ | जप |