NE/Prabhupada 0315 - हामी यति जिद्दी छौं, हामी बारम्बार कृष्णलाई बिर्सिने प्रयास गर्दैछौं



City Hall Lecture -- Durban, October 7, 1975

महिला तथा सज्जनवृन्द, यो अभियानमा सहभागी हुनुभएकोमा म तपाईहरुलाई धन्यवाद ज्ञापन गर्दछु | यो अभियान मैले सुरु गरेको होइन | यो धेरै वर्ष पहिले, कृष्ण आफैले सुरु गर्नुभएको थियो | सर्वप्रथम उहाँले यस भगवद् गीताको दर्शन सूर्य-देवलाई बताउनुभएको थियो | र यो भगवद् गीताको चौथो अध्यायमा उल्लेख गरिएको छ, इमं विवस्वते योगं प्रोक्तवान् अहम् व्ययम् विवस्वान् मनवे प्राहुर् मनुर् इक्ष्वाकवे ऽब्रवीत् (भ गी ४|१) एवं परम्परा-प्राप्तम् इमं राजर्षयो विदुः (भ गी ४।२) यदि हामीले मनुको आयु गणना गर्छौं भने हामीले चार करोड वर्ष पाउँछौं | कृष्णले चार करोड वर्ष अगाडि यो ज्ञान बताउनुभएको थियो, उहाँले यस भगवद् गीताको ज्ञानसूर्य-देव विवस्वानलाई बताउनुभएको थियो | सूर्य लोकका प्रमुख देवताको नाम विवस्वान हो , उनको छोराको नाम मनु हो, वैवस्वत मनु ... उनको पुत्र, इक्ष्वाकु, सूर्य-वंशका मूल व्यक्तित्व हुन्, जुन वंशमा भगवान् रामचन्द्र आउनुभयो, इक्ष्वाकु..... यो कृष्ण भावनामृत अभियान धेरै अगाडिदेखि विद्यमान छ, धेरै अगाडिदेखि | तर कृष्णले भन्नुभयो, एवं परम्परा-प्राप्तम् इमं राजर्षयो विदुः (भ गी ४।२) "पहिलेको समयमा राजर्षिहरुले यो ज्ञान गुरु शिष्य परम्परा मार्फत प्राप्त गर्दथे |" भगवद् गीता बुझ्ने प्रक्रिया त्यस्तो थियो |

तर कृष्णले भन्नुभयो, स कालेनेह योगो नष्टो परन्तप​ | पाँच हजार वर्ष अगाडि जब कृष्ण अर्जुनसँग कुरुक्षेत्र​को युद्धभूमिमा कुरा गर्दै हुनुहुन्थ्यो, उनले युद्ध गर्ने कि नगर्ने भनेर निर्णय गर्न सकेका थिएनन्, र उनलाई युद्ध गराउनको लागि, उहाँले भगवद् गीताको ज्ञान अर्जुनलाई बताउनुभयो | र उहाँले त्यहाँ भन्नुभयो कि "गुरु शिष्य परम्परा अहिले टुटेको छ; त्यसैले म पुनः तिमीलाई यो ज्ञान बताउँदैछु, ताकी मानिसले तिमीबाट कृष्ण भावनाको सिद्धान्त सिकुन् |" पाँच हजार वर्ष अगाडिको यो ज्ञान अर्जुनलाई बताइएको थियो र आज हामी यो ज्ञान प्राप्त गर्दैछौँ | दुर्भाग्यवस त्यो पुनः नाश हुँदैछ | किनकि हामीले परम्पराको सिद्धान्त अपनाएका छैनौँ, हामीआफ्नै ढंगमा अनुमान गर्छौं, त्यसैले यो पुनः टुटेको छ | तसर्थ पाँच सय वर्ष अगाडि श्री चैतन्य महाप्रभुले एउटा भक्तको रुपमा यस भगवद्-गीताको शिक्षा पुनः बताउनुभयो | श्री चैतन्य महाप्रभु कृष्णको अवतार हुनुहुन्छ | परम पुरुषोत्तम भगवान् कृष्णले आज्ञा दिने गुरुको रुपमा ज्ञान दिनुभयो, सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज (भ गी १८|६६), तर मानिसहरुले बुझ्न सकेनन् | त्यसैले पाँच हजार वर्ष अगाडि भगवान् चैतन्य महाप्रभु, कृष्ण स्वयं, भक्तको रुपमा आउनुभयो | श्री चैतन्य महाप्रभु कृष्ण हुनुहुन्छ | त्यो आधिकारिक शास्त्रमा उल्लेख छ : कृष्ण​-वर्णं त्विषाकृष्णं साङ्गोपाङ्गास्त्र​-पार्षदम् यज्ञैर् सङ्कीर्तनैः प्रायैर् यजन्ति हि सु-मेधसः (श्री भा ११|५|३२) त्यसैले कृष्ण भावनामृत अभियान व्यवहारिक रुपमा श्री चैतन्य महाप्रभुको अभियान हो | र श्री चैतन्य महाप्रभु स्वयं कृष्ण हुनुहुन्छ | कृष्ण बद्ध जीवप्रति अत्यन्त दयालु हुनुहुन्छ | उहाँले बद्ध जीवहरुलाई बारम्बार कृष्ण भावनाको वास्तविक स्तरमा उठाउन प्रयासरत हुनुहुन्छ | हामी यति जिद्दी छौं, हामी बारम्बार कृष्णलाई बिर्सिने प्रयास गर्दैछौं | यस्तो चल्दैछ |