NE/Prabhupada 0326 - भगवान् परम-पिता, परम-मालिक एवं परम-मित्र हुनुहुन्छ



Lecture on BG 2.13 -- Pittsburgh, September 8, 1972

अब, आत्मा कसरी स्थानान्तरित हुँदैछ ? मानौँ यो जीवनपछि, मैले राम्रो जीवन प्राप्त गर्छु, त्यो राम्रो हो | तर यदि मैले तल्लो स्तरको जीवन पाएँ भने कस्तो हालत हुन्छ ? मानौँ अर्को जन्ममा मैले कुकुर अथवा बिरालो अथवा गाईको शरीर पाएँ | मानौँ तिमीले पुनः अमेरिकामा जन्म पायौ | तर यदि तिमीले आफ्नो शरीर परिवर्तन गर्छौ भने सबै परिस्थिति परिवर्तन हुन्छ | तिमी मानव भएको कारण तिमीलाई राज्यले सबै प्रकारको सुरक्षा दिएको छ, तर जब तिमीले रुख वा पशुको शरीर पाउँछौ, तिमीसँग फरक व्यवहार गरिन्छ | पशुलाई वधशालामा लगिन्छ, रुखहरुलाई काटिन्छ | त्यसको कुनै विरोध हुँदैन | भौतिक जीवनको अवस्था यस्तो छ | कहिले हामीले उच्च स्तरको जीवन पाउँछौ, कहिले हामीले तल्लो स्तरको जीवन पाउँछौ | कुनै ग्यारेन्टी छैन | त्यो सबै मेरो कार्यमा निर्भर हुन्छ | त्यो व्यावहारिक छ | यो जीवनमा पनि, यदि तिमी शिक्षित हुन्छौ भने तिम्रो भविष्य धेरै राम्रो हुन्छ | यदि तिमीले शिक्षित हुँदैनौ भने तिम्रो भविष्य त्यति उज्ज्वल हुँदैन | त्यसैगरी, यो मानव जीवनमा हामीले जन्म र मृत्युको चक्रको समाधान निकाल्न सक्छौँ | र त्यो नै मानव जीवनको एकमात्र कर्तव्य हो, कसरी जन्म, मृत्यु, जरा र व्याधि जस्ता भौतिक अवस्थाबाट मुक्त हुने | हामीले समाधान निकाल्न सक्छौँ | र त्यो समाधान भनेको कृष्ण भावना हो | जब हामी कृष्ण भावनाभवित हुन्छौँ... कृष्ण भावनाभावित भनेको परम पुरुषोत्तम भगवान् कृष्ण मालिक हुनुहुन्छ | हामी कृष्णका अंश हौँ | यो कृष्ण भावना हो | केवल यो बुझ्नुपर्छ | कि ... जस्तै तिमी आफ्नो पिता, आफ्नो दाजुभाई र आफुलाई चिन्छौ | तिमीहरु सबै पिताको छोराहरु हौ | यो बुझ्न त्यति कठिन छैन |

जसरी पिताले सारा परिवारको पालनपोषण गर्छन्, त्यसैगरी कृष्ण, वा भगवान्, उहाँका धेरै छोराहरु, जीवात्माहरु छन् र उहाँले सम्पूर्ण शरीर, सम्पूर्ण परिवारको पालनपोषण गर्दै हुनुहुन्छ | के कठिनाइ छ ? तब अर्को कर्तव्य भनेको चेतना विकास गर्नु | जस्तै एउटा असल छोराले सोच्छ कि "पिताले मेरो लागि धेरै गर्नुभएको छ | मैले त्यो तिर्नुपर्छ, अथवा म आफ्नो पिताप्रति आभारी हुनुपर्छ," यो सोचलाई नै कृष्ण भावना भनिन्छ | त्यसैले कृष्ण भावनाभावित हुनको लागिले केवल तीनवटा कुरा बुझ्नुपर्छ: भोक्तारं यज्ञ​-तपसां सर्व​-लोक​-महेश्वरम् सुहृदं सर्व​-भूतानां ज्ञात्वा मां शान्तिम् ऋच्छति (भ गी ५|२९) | हामी सबैजना खुसी र सन्तुष्ट हुन चाहन्छौँ | त्यो अस्तित्वको संघर्ष हो | तर जब हामीले यी तिन सिद्धान्त बुझ्छौं, कि भगवान् परम पिता हुनुहुन्छ, भगवान् परम मालिक हुनुहुन्छ, र भगवान् परम मित्र हुनुहुन्छ, यदि तिमीले यी तीन कुराहरु बुझ्छौ भने तिमी तुरुन्त शान्त हुन्छौ | तुरुन्त | तिमी मदतको लागि धेरै साथीहरु खोज्दैछौ | तर यदि तिमीले केवल कृष्णलाई आफ्नो परम मित्रको रुपमा स्वीकार्छौ भने तिम्रो मित्रताको समस्या समाधान हुन्छ | त्यसैगरी, यदि हामीले भगवानलाई परम मालिकको रुपमा स्वीकार्छौं भने हाम्रा अरु समस्याहरु पनि समाधान हुन्छन् | किनकि हामीले ती वस्तुहरुमा झुटो स्वामित्वको दाबी गर्दैछौं, जसको मालिक भगवान् हुनुहुन्छ | केवल झुटो दाबी गरेर, "यो जमिन, यो अमेरिकी जमिनको मालिकहरु अमेरिकी मानिस हुन्; यो अफ्रिकी जमिनको मालिक अफ्रिकी मानिस हुन् |" होइन | सबै जमिनको मालिक भगवान् हुनुहुन्छ | हामीहरु भिन्न वस्त्रमा भगवानका भिन्न पुत्रहरु हौँ | हामीलाई अरुको अधिकार हनन नगरी पिताको वा भगवानको सम्पत्ति भोग गर्ने अधिकार छ | जस्तै परिवारमा हामी धेरै दाजुभाईहरुसँग बस्छौँ | मातापिताले हामीलाई जे दिनुहुन्छ, हामी त्यहि खान्छौँ | हामी अर्काको थालमाथि अतिक्रमण गर्दैनौँ | त्यो सभ्य परिवार होइन | त्यसैगरी, यदि हामी कृष्ण भावनाभावित भयौँ भने समाजशास्त्र, धर्म, आर्थिक विकास, राजनीति जस्ता संसारका सम्पूर्ण समस्याहरु समाधान हुनेछन् | त्यो तथ्य हो | त्यसैले हामी यस कृष्ण भावनामृत अभियान प्रचार गर्न प्रयासरत छौं, मनाव सामाजको पूर्ण लाभको लागि | हामी बुद्धिमान व्यक्तिहरु, विशेषगरी विद्यार्थी वर्गलाई यो अभियानमा सहभागी हुन अनुरोध गर्दछौँ, वैज्ञानिक ढंगले यो अभियान बुझ्नको लागि अनुरोध गर्दछौँ | हामीसँग धेरै पुस्तकहरु छन्, कम्तिमा दुई दर्जन पुस्तकहरु छन्, ठुलो-ठुलो खण्डमा | तिमीले त्यो पढ्न सक्छौ, तिमीले यो अभियानको बारेमा बुझ्न सक्छौ र हामीसँग सहभागी हुनसक्छौ |

धेरै, धेरै धन्यवाद | हरे कृष्ण | (ताली)