NE/Prabhupada 0328 - यस कृष्ण भावनामृत अभियानले सबैलाई समाहित गर्छ



University Lecture -- Calcutta, January 29, 1973

यो कृष्ण भावनामृत अभियान सर्वव्यापी छ | यसले संसारको सबै समस्या समाधान गर्न सक्छ -राजनैतिक, सामाजिक, आर्थिक, धार्मिक, सबै | यो सर्वव्यापी छ | त्यसैले मेरो अनुरोध भनेको म अहिले अमेरिकी र युरोपेली भक्तहरुसँग कार्य गर्दैछु | किन भारतीय छैनन् ? मलाई लाग्छ कि यो भेलामा धेरै युवकहरु छन्, शिक्षित विद्वानहरु छन् | यो अभियानमा सहभागी होऊ, र चैतन्य महाप्रभुको आदेश अनुसार, भारत​-भूमिते मनुष्य जन्म हैल यार जन्म सार्थक करिऽ करो परोपकार (चै च आदि ९|४१) यो समय भनेको सारा संसारको कल्याण गर्ने समय हो | तिनीहरु भ्रममा छन्, सर्वत्र | तिमीलाई थाहा छ, पश्चिमी मुलुकहरुमा, हिप्पी अभियान चल्दैछ | हिप्पी भनेको को हुन् ? तिनीहरु पनि शिक्षित छन्, धेरै धनी परिवारबाट आएका छन्, तर तिनीहरुलाई आफ्ना बुवा र हजुरबुवाले रुचाएको वातावरण रुचाउँदैनन् | तिनीहरुले अस्वीकार गरेका छन् | त्यसैले यो संसारभरि कृष्ण भावना प्रचार गर्ने सुनौलो अवसर हो | तिमी केहि जमिन पाकिस्तानले लियो भनेर विलाप गर्दैछौ, तर यदि तिमीले यो कृष्ण भावनामृत अभियान सारा संसारभरि फैलाउँछौ भने सारा संसार हिन्दुस्तान हुनेछ | त्यहाँ धेरै सम्भावना छ; म तिमलाई आफ्नो प्रत्यक्ष अनुभूति भन्छु | मानिसहरु यसको लागि लालायित छन् | जबसम्म म भारतमा हुन्छु, व्यावहारिक रुपमा मैले आफ्नो समय नष्ट गर्दैछु | भारत बाहिर, यो अभियानलाई यति गम्भीरतापूर्वक लिइएको छ कि मेरो हरेक क्षणको सदुपयोग भएको छ | त्यसैले म तिमीहरुमध्ये केही ब्राह्मण बन्नेछौ भन्ने आशाका साथ यो विश्वविध्यालयमा आएको छु | संस्कृत विभाग ब्राह्मणको लागि हो | पठन् पाठन् यजन याजन दान प्रतिग्रह​ | ब्राह्मणलाई पण्डित भनिन्छ | किन ? किनकि ब्राह्मण शिक्षित हुनुपर्छ | ब्राह्मणलाई मूर्ख भनिंदैन | त्यसैले यो विभाग, संस्कृत विभाग भनेको ब्राह्मणहरुको लागि हो |

मेरो इच्छा छ कि तिमीहरु मध्ये केही यो अभियानमा संग्लग्न हुनुपर्छ, र विदेश जानुपर्छ, यो चैतन्य महाप्रभुको दिव्य अभियानको प्रचार गर्नुपर्छ | पृथीवीते आछे यत नगरादि ग्राम​ | त्यहाँ ठुलो आवश्यकता छ | अवश्य पनि, हामीले धेरै मन्दिर स्थापना गरेका छौँ, तर हामीले अझै मन्दिर बनाउनु पर्छ, राधा कृष्ण मन्दिर, चैतन्य महाप्रभुको मन्दिर, संसारका हरेक गाउँ, हरेक शहरमा | हरेक केन्द्रबाट हामीले भक्तहरुलाई बसमा पठाउँदैछौँ | तिनीहरु गाउँभित्र जान्छन्, युरोप र अमेरिकाको गाउँमा जान्छन्, तिनीहरुलाई उचित स्वागत गरिन्छ | विशेषगरी बेलायतमा तिनीहरु गाउँ-गाउँमा जान्छन् | तिनीहरुलाई निकै राम्ररी स्वागत गरिन्छ | यो अभियान धेरै राम्रो छ | इशाई पादरीहरु पनि चकित हुन्छन् | तिनीहरु चकित हुन्छन् | बोस्टनमा एउटा पादरीले पर्चा बाँड्दैथे कि "यी युवाहरु हाम्रा युवाहरु हुन्, इशाई र यहुदी परिवारका हुन् | यो अभियान अगाडि, तिनीहरुले चर्च जान पनि मान्दैनथे | अहिले तिनीहरु भगवानको लागि पागल भएका छन् |" तिनीहरुले स्वीकार्दैछन् | इशाई पादरीले हाम्रो विरोध गर्दैनन् | जो समझदार वर्गका छन्, तिनीहरुले स्वीकार्छन् "स्वामीजीले केहि ठोस कुरा दिंदै हुनुहुन्छ |" तिनीहरुको बुवा र हजुरवुबा मकहाँ आउँछन् | उनीहरुले ढोग्छन् | उनीहरुले भन्छन्, "स्वामीजी, यो हाम्रो अहोभाग्य हो कि तपाई हाम्रो देशमा आउनुभयो |" म एक्लै कार्यरत छु, र यो अभियानको सराहना हुँदैछ | र यदि विश्वविद्यालयका शिक्षित विद्वानहरु अघि सरेर यो अभियानको प्रचार गर्छन् भने.... यो सबैको लागि हो | ब्राह्मणको कर्तव्य भनेको प्रचार गर्नु, ब्रह्म जानाति | उसले ब्रह्मको बारेमा थाहा पाउनुपर्छ र ब्रह्म-ज्ञान वितरण गर्नुपर्छ | त्यो ब्राह्मणको कर्तव्य हो |