NE/Prabhupada 0329 - गाईलाई मार वा वनस्पतिलाई मार, पापको प्रतिक्रिया उही हुन्छ



Room Conversation -- April 23, 1976, Melbourne

श्रीमान् डीक्सन : मासु खाने कुरा, त्यो कुराको मतलब जनावरहरुको पनि जीवन हुन्छ र ...

प्रभुपाद : वनस्पतिको पनि जीवन हुन्छ |

श्रीमान् डीक्सन : हो | म यो सोध्दैछु कि के वनस्पति भन्दा जनावरको जीवनको प्राथमिकता बढी हुन्छ ?

प्रभुपाद : प्राथमिकताको कुरो होइन | हाम्रो सिद्धान्त भनेको हामी भगवानका दास हौँ | त्यसैले भगवानले खानुहुन्छ र उहाँले खाएपछि जे बाँकी हुन्छ, त्यो हामी खान्छौं | त्यसैले भगवद् गीतमा ... यो श्लोक खोज | पात्रं पुष्पं फलं तोयं यो मे भक्त्या प्रयच्छति (भ गी ९|२६)| जस्तै तिमी यहाँ आएका छौ | त्यसैले यदि मैले तिमलाई केहि भोजन दिन चाहन्छु भने मैले तिमीलाई सोध्नुपर्छ, "श्रीमान् निक्सन, तिमीलाई कस्तो खानेकुरा खान रुचाउँछौ ?" तिमीले भन्छौ, "म यो धेरै रुचाउँछु |" तब, यदि मैले तिमीलाई उक्त खानेकुरा दिन्छु भने तिमी प्रसन्न हुन्छौ | हामीले कृष्णलाई यो मन्दिरमा बोलाएका छौँ, त्यसैले हामी जिज्ञासु हुन्छौं, उहाँ कस्तो खानेकुरा खान चाहनुहुन्छ ? उहाँले भन्नुभयो कि ...

गुरु-कृपा: "यदि कसैले मलाई प्रेमपूर्वक पात, फूल, फल वा जल अर्पण गर्छ भने म त्यो स्वीकार गर्छु |"

प्रभुपाद :पत्रं पुष्पं फलम् | उहाँले धेरै सजिलो वस्तु माग्दै हुनुहुन्छ, जुन सबैलेअर्पण गर्न सक्छन् | जस्तै थोरै पात, पत्रं, थोरै फूल, पुष्पं, थोरै फलफुल, र थोरै जल, पानी वा दुध | हामीले त्यो अर्पण गर्छौँ | हामीले यी सामग्रीबाट धेरै परिकार बनाउँछौ, पत्रं पुष्पं फलम् तोयम (भ गी ९|२६), र कृष्णले खानु भएपछि, हामी त्यो ग्रहण गर्छौं | हामी सेवक हौँ ; हामी कृष्णले खाएर बाँकी रहेको खानेकुरा खान्छौँ | हामी न शाकाहारी हौँ, न मांसाहारी हौँ | हामी प्रशादहारी हौँ | हामी शाकाहारी र मांसाहारीबीच भेद गर्दैनौं, किनकि तिमीले गाईलाई मार वा वनस्पतिलाई मार, पापको प्रतिक्रिया उही हुन्छ | र प्राकृतिको नियम अनुसार भनिन्छ कि जनावर, जसको हात हुँदैन, ऊ हात भएको जनावरको लागि भोजन हुन्छ | हामी पनि हात भएका जनावर हौँ | हामी मानवहरु पनि हात भएका जनावर हौँ, र तिनीहरु जनावर हुन् - हात छैन तर चार खुट्टा छन् | र खुट्टा नभएका जनावरहरु पनि छन्, ती वनस्पति हुन् | अपदानि चतुष्-पदाम् | खुट्टा नभएका जनावरहरु चारखुट्टा भएको जनावरको भोजन हुन् | जस्तै गाईले घाँस खान्छ, बाख्राले घाँस खान्छ | वनस्पति खाँदैमा कुनै श्रेय हुँदैन | त्यसोभए, गाई र बाख्राहरुले धेरै श्रेय पाउनेछन्, किनकि उनीहरु वनस्पतिभन्दा अरु केहि खाँदैनन् | हामीहरु बाख्रा र गाई बन्न प्रचार गर्दैनौँ | होइन | हामी यो प्रचार गर्दै छौँ कि तिमी कृष्णको सेवक होऊ | त्यसैले कृष्णले जे खानुहुन्छ, हामी त्यहि खान्छौँ | यदि कृष्णले "मलाई मासु देऊ, मलाई अण्डा देऊ" भन्नुहुन्छ भने हामी कृष्णलाई मासु र अण्डा अर्पण गर्नेछौं र हामी पनि त्यहि खानेछौँ | त्यसैले यो नासोच कि हामी शाकाहारी र मांसाहारीको पछाडि छौँ | होइन | त्यो हाम्रो सिद्धान्त होइन | किनकि तिमीले वनस्पति खाऊ वा मासु खाऊ, तिमीले हत्या गर्दैछौ | र तिमीले हत्या गर्नुपर्छ किनकि तिमी बाँच्न सक्दैनौ | त्यो प्राकृतिक विधि हो |

श्रीमान् डीक्सन : हो |

प्रभुपाद : त्यसैले हामी त्यो कुराको लागि प्रचार गर्दैनौं |

श्रीमान् डीक्सन: ठिक छ, किन तपाई निन्दा गर्नुहुन्छ......

प्रभुपाद : निन्दा यो कारणले कि, मासु नखाने किनकि गाईको रक्षा महत्वपुर्ण छ | हामीलाई दुध चाहिन्छ | र यदि हामीले दुध नखाएर गाई खान थाल्यौँ भने दुध कहाँ हुन्छ ?

श्रीमान् डीक्सन : त्यसैले दुध धेरै महत्वपूर्ण छ |

प्रभुपाद : धेरै, धेरै महत्वपुर्ण छ |

श्रीमान् डीक्सन : संसारमा खानेकुरा उत्पादनको दृष्टिकोणबाट हेर्दा जनावरको मासु नाखाँदा राम्रो हुन्छ |

प्रभुपाद : होइन, दुधको आवश्यकता पर्छ | केहि भिटामिन युक्त खानेकुरा आवश्यक हुन्छ | त्यो आवश्यकता दुधबाट प्राप्त हुन्छ | त्यसैले विशेषगरी....

श्रीमान् डीक्सन : के तपाई सबै आवश्यकताहरु अन्नबाट प्राप्त गर्न सक्नुहुन्न ?

प्रभुपाद : अन्नबाट हुँदैन | अन्न स्टार्च हो | चिकित्साशास्त्र अनुसार, हामीलाई चार तत्त्व आवश्यक हुन्छ: स्टार्च, कार्बोहाइड्रेट, प्रोटिन र बोसो | त्यो पूर्ण खानेकुरा हो | तिमीले यी सबै तत्व भात, दाल, गेडागुडी र गहुँ खाएर पाउँछौ | यी तत्वहरु..... गेडागुडी र गहुँमा प्रोटिन हुन्छ | र दुधमा पनि प्रोटिन हुन्छ | हामीलाई प्रोटिन चाहिन्छ | दुधबाट बोसो पाइन्छ | बोसो आवश्यक हुन्छ | र वनस्पति, कार्बोहाइड्रेट; र अन्न; स्टार्च | त्यसैले यदि तिमीले यी सबै कुराहरु मिलाएर खानेकुरा तयार गर्छौ भने तिमीले पूर्ण तत्त्व पाउँछौ | र कृष्णलाई अर्पण गरेर त्यो शुद्ध हुन्छ | तब तिमी सम्पूर्ण पापकर्मबाट मुक्त हुन्छौ | अन्यथा यदि तिमीले वनस्पतिको हत्या गर्छौ भने पनि तिमी पापी हुन्छौ किनकि त्यसमा पनि जीवन हुन्छ | तिमीसँग अरुको हत्या गर्ने कुनै अधिकार छैन | तर तिमी जीवनमा निर्भर भएर बाँच्नुपर्छ | तिम्रो अवस्था त्यस्तो छ | त्यसैले यसको समाधान भनेको तिमी प्रसादम् खाऊ | यदि मासु अथवा वनस्पति खाएर पाप हुन्छ भने त्यो पाप भोजनकर्तालाई जानेछ | हामी त बाँकी रहेको खानेकुरा मात्र खान्छौँ, त्यति हो |