NE/Prabhupada 0331 - वास्तविक खुसी भनेको घर फर्कनु, भगवद्-धाम फर्कनु



Lecture on SB 6.2.16 -- Vrndavana, September 19, 1975

समग्रमा, निस्कर्ष यो हो कि जो भौतिक संसारमा छ, ऊ पापी मानिस हो | जो पनि | अन्यथा उसले यो शरीर प्राप्त गर्दैनथ्यो | जस्तै, जो मानिस यो कारागारमा छ, तिमीले भन्न सक्छौ कि ऊ पापी व्यक्ति हो, अपराधी हो | तिमीले एकपछि अर्कोलाई अध्ययन गर्नुपर्दैन | ऊ कारागारमा भएको कारण तिमीले भन्न सक्छौ कि "यहाँ अपराधी छ |" त्यसैगरी, जो मानिस यो भौतिक संसारमा छ, ऊ अपराधी हो | तर जेलको मालिक होइन | तिमीले भन्न सक्दैनौ कि, "यो कारागारमा सबैजना अपराधी छन्, त्यसैले कारागारको मालिक पनि अपाराधी हो |" तब तिमी गलत हुन्छौ | जसले यी पापी मानिसलाई भगवद् धाम फर्काउन प्रयास गर्छ, ऊ अपराधी होइन | उसको कार्य भनेको कसरी धूर्त मानिसलाई कारागारबाट बाहिर निकाल्ने र उसलाई भगवद् धाम लाने हुन्छ | त्यसैले महद्-विचलनं नृणां गृहिणां दीन​-चेतसां | गृहिणां | गृ भनेको जो व्यक्ति यो शरीर अथवा यो भौतिक संसारमा छ | यो जटिल विषय हो | तिनीहरु धेरै दुःखी आत्मा हुन् | तिनीहरु जीवनको महत्व बुझ्दैनन् | न ते विदुः स्वार्थ​-गतिं हि विष्णुम् (श्री भा ७|५|३१) | त्यसैले तिनीहरुलाई ज्ञान नदिएर, यदि महात् अथवा माहात्माले तिनीहरुलाई अन्धकारमा राख्छन् भने त्यो ठुलो अपकार हुन्छ | तिनीहरुलाई ज्ञान दिनुपर्छ | तिनीहरुको कार्य भनेको यो प्रचार गर्नु कि "आफुलाई यो भौतिक संसारमा नराख | आध्यात्मिक संसारमा आऊ |" यो महात्माको कार्य हो | महद्-विचलनं नृणां गृहिणां दीन​-चेतसाम् | तिनीहरुसँग थोरै ज्ञान छ, मुढा | तिनीहरुलाई मुढा, दुष्कृतिन भनेर सम्बोधन गरिएको छ​ | आफ्नो अज्ञानताको कारणले गर्दा उनीहरु सधैँ पापमा संग्लग्न हुन्छन् |

यदि तिमीले भन्छौ, "होइन, तपाईले कसरी भन्न सक्नुहुन्छ कि तिनीहरु अज्ञानतामा छन् ? धेरै विश्वविद्यालयहरु छन् | तिनीहरुसँग एम.ए.सी., डी.ए.सी.,डाक्टर,पि.एच.डी. उपाधि छ, तर के तिनीहरु अज्ञानी हुन् ?" "हो |" "कसरी ?" मायायापहृत​-ज्ञान : "तथाकथित ज्ञान मायाले ढाकिदिएकी छिन् |" अन्यथा किन तिनीहरु यो भौतिक संसारप्रति लिप्त हुन्छन् ? यदि तिमी प्रबुद्ध भयौ भने तिमीलाई थाहा हुनपर्छ, कि यो भौतिक संसार हाम्रो लागि होइन | हामी भगवद्-धाम, घर फर्कनुपर्छ | त्यसैले यो कृष्ण भावनाको अभियानले प्रचार गर्छ कि "यो तिम्रो घर होइन | यहाँ खुसी हुने प्रयास नगर |" दुराशया ये बहिर्-अर्थ​-मानिनः | बहिर्-अर्थ​-मानिनः | बहिर्, बहिरङ्गा शक्ति | तिनीहरु सोच्दैछन् कि "यदि हामीले भौतिक रुपमा केहि व्यवस्था गर्यौं भने ... " कोहि वैज्ञानिक विकासद्वारा खुसी हुन चाहन्छन् , अथवा कोहि उच्च लोकमा जान चाहन्छन्, र कोहिलाई यो, त्यो बन्न चाहन्छन्, तर तिनीहरुलाई थाहा छैन कि वास्तविक खुसी भनेको घर फर्केर, भगवद्-धाम फर्केर प्राप्त हुन्छ | न ते विदुः स्वार्थ​-गतिं हि विष्णुम् (श्री भा ७|५|३१) | तिनीहरुलाई थाहा छैन | त्यसैले यो निकै महत्वपुर्ण अभियान हो, कि हामी तिनीहरुलाई संकेत र ज्ञान दिंदैछौँ, घर जाने, भगवद्-धाम फर्किने उपाय बताउँदैछौं |

धेरै, धेरै धन्यवाद |