NE/Prabhupada 0332 - सारा संसारभरि शान्तिपूर्ण अवस्था हुन सक्छ



Room Conversation -- April 27, 1976, Auckland, New Zealand

सारा संसारभरि शान्तिपूर्ण अवस्था हुन सक्छ | केवल धूर्त अगुवाहरुले नेतृत्व गर्दैछन् | अन्यथा, मानिसहरु धेरै शान्तिपूर्वक बस्न सक्थे, मिठो खान सक्थे, समय बचाउन सक्थे, र जीवनको आधारभूत आवश्यकता रोक्ने कुनै जरुरत छैन | खानाको लागि, सुत्नको लागि, मैथुन जीवनको लागि पनि व्यवस्था हुन्छ | तर मूर्ख र धूर्तजस्तै होइन | एउटा समझदार व्यक्ति जस्तै | तर यो आधुनिक सभ्यता पागल सभ्यता हो | मैथुन जीवनमा थोरै आनन्द छ - केवल मैथुन जीवन, मैथुन जीवन बढाउने, सबै कुरा बिगार्ने | त्यो पागलपन हो | खाने - जे पनि खाने, कुनै पनि नचाहिने कुरा र सुँगुर हुने | सुत्ने - ओहो, कुनै सिमा छैन, सम्भव भए चौबीस घण्टा सुत्ने | यस्तो चल्दैछ | आहार, निन्द्रा, मैथुन | र भय - आणविक हतियार, यो हतियार, त्यो हतियार बनाउने र अनावाश्यक्त रुपमा निर्दोष मानिसको हत्या गर्ने | यस्तो चल्दैछ | तर सबै कुरा शान्तिपूर्वक प्रयोग गर्न सकिन्छ र जब तिमी शान्त हुन्छौ, कुनै विचलन हुँदैन, तिमी तिमी खुसीसाथ हरेकृष्ण मन्त्र जप्न सक्छौ र तिम्रो जीवन सफल हुनेछ | यो हाम्रो अभियान हो | हामीहरु केहि पनि रोक्न चाहँदैनौं | यो कसरी रोक्न सकिन्छ ? जे अत्यावश्यक हुन्छ .... जस्तै हामीले सन्यास लिएका छौँ | त्यो के हो ? "हामी केवल यौन जीवन त्याग्छौं | अन्यथा, हामी पनि खाँदैछौँ, सुत्दैछौं |" त्यो पनि बुढ्यौलीमा रोकिन्छ | बुढ्यौलीमा; यदि म जस्तो असी वर्षीय व्यक्तिले यौन जीवनको पछि लागें भने के त्यो राम्रो देखिन्छ ? युवाहरुलाई त्यो छुट छ | त्यो ठिक छ | तर एउटा वृद्ध मानिस क्लब गएर यौन जीवनको लागि धेरै पैसा खर्च गर्छ | त्यसैले युवा वर्गलाई पच्चिस वर्षदेखि पचास वर्षसम्म गृहस्थ जीवनको अनुमति दिइन्छ | त्यति हो | त्यसपछि, यौन जीवन रोक्नुपर्छ | वास्तवमा, तिनीहरु जनसंख्या रोक्न चाहन्छन् | तब किन मैथुन गर्ने ? होइन, तिनीहरु यौन जीवन चाहन्छन्, र त्यहि समयमा बच्चा मारेर जनसंख्या पनि रोक्न चाहन्छन् | त्यो के हो ? केवल पापी जीवन | तिनीहरुले पीडा भोग्नेछन् | हामी त्यो पीडा रोक्न चाहन्छौँ | यी धूर्तहरु बुझ्दैनन् | तिनीहरु सोच्छन्,"हरे कृष्ण अभियानले अशान्ति मच्चाउँछ |" धूर्त सभ्यता |

त्यसैले हामीले सकेसम्म प्रयास गरौँ | के गर्न सकिन्छ ? तिमीले पनि यो अभियानमा सहायता गर्दैछौ | त्यसैले आफ्नो विचार उत्पादन गरेर यो अभियान नबिगार | यसो नगर | स्तरीय तरिकामा अगाडि बढ, आफुलाई शुद्ध राख, तब यो अभियान अवश्य पनि सफल हुन्छ | तर यदि तिमी यसलाई हठी कार्य गरेर बिगार्ने इच्छा छ भने के गर्न सकिन्छ ? यो बिग्रिनेछ | यदि तिमीले वितर्कहरु उत्पादन गरेर एक-अर्कासँग झगडा गर्छौ भने यो अभियान तथाकथित अभियानको अर्को संस्करणको हुनेछ | यसले आध्यात्मिक शक्ति गुमाउनेछ | यो सधैं सम्झिऊ | तिमीले..... अहिले वास्तवमा मानिसहरु आश्चर्यचकित छन् :"यो हरे कृष्ण मन्त्रमा कस्तो शक्ति छ कि यसले यति चाँडो परिवर्तन ल्याउँदैछ ?" र अर्को तर्फ हेर्दा, यो स्वीकार्नुपर्छ कि यसमा शक्ति नभए यसले कसरी परिवर्तन ल्याउँदैछ ? त्यसैले हामीले त्यो शक्ति जोगाएर राख्नुपर्छ | यसलाई सामान्य सांगीतिक ध्वनिको रुपमा नलिऊ | यो भिन्न कुरा हो, आध्यात्मिक | यो सांगीतिक ध्वनिजस्तै देखिएपनि, यो पूर्णरुपमा आध्यात्मिक हो | मन्त्रौषधि-वश​ | मन्त्रले सर्पलाई सम्मोहन गर्न सकिन्छ | मन्त्र साधारण ध्वनि होइन | त्यसैले हामीले अपराधरहित जप गरेर, शुद्द भएर मन्त्रको शक्तिकायम राख्नुपर्छ | यदि तिमीले यो मन्त्रलाई दुषित पार्यौ भने तिमीले यसको फल गुमाउनेछौ |