NE/Prabhupada 0347 - सर्वप्रथम कृष्ण विराजमान हुनुभएको स्थानमा जन्म लिऊ



Lecture on BG 2.14 -- Mexico, February 14, 1975


हृदयानन्द​ : यदि हामीले आफुलाई शुद्ध पार्यौं भने के हामीले भगवान्‌सँगको सम्बन्ध बुझ्न सक्षम हुनेछौं ?

प्रभुपाद : सक्छौ, त्यो नै शुद्धताको प्रयोजन हो |

हृदयानन्द : (स्पेनी भाषामा)

हनुमान : प्रभुपाद, मलाई जान्न मन छ, कि यदि अध्यात्मिक संसारमा जन्म हुँदैन भने हामी कसरी अध्यात्मिक संसारमा पुनः प्रवेश गर्न सक्छौं ?

प्रभुपाद : हँ ? जन्म भनेको, पहिले तिमी त्यो ठाउँमा जन्मनुपर्छ जहाँ अहिले कृष्ण हुनुहुन्छ | कृष्ण एउटा ब्रह्माण्डमा उपस्थित हुनुहुन्छ | यस भौतिक जगत्‌मा अनगन्ती ब्रह्माण्डहरु छन् | त्यसैले तिमी आफ्नो अर्को जन्म कृष्ण विराजमान हुनुभएको ब्रह्माण्डमा लिनेछौ | त्यहाँ तिमी तालिमप्राप्त हुनेछौ | र जब तिमी पूर्ण रुपमा अभ्यस्त हुन्छौ, तिमी वैकुण्ठ जानेछौ | जन्म हुँदैन, तिमीले के भन्न खोजेको ?

हृदयानन्द : अझै अरु प्रश्नहरु ?

प्रभुपाद : यदि तिमीलाई इच्छा छ भने म तयार छु |

हृदयानन्द : के भगवान् प्राप्त गर्ने अर्को मार्ग छ ?

प्रभुपाद : छैन | (हाँसो चल्छ) किनकि भगवद्-गीतामा भनिएको छ,

भक्त्या माम् अभिजानाति यावान् यश् चास्मि तत्त्वतः
ततो मां तत्त्वतो ज्ञात्वा विशते तद्-अनन्तरम् (भ गी १८|५५)

यो पत्ता लगाऊ, भक्त्या माम् अभिजानाति |

हृदयानन्द ​:

भक्त्या माम् अभिजानाति यावान् यश् चास्मि तत्त्वतः
ततो मां तत्त्वतो ज्ञात्वा विशते तद्-अनन्तरम् (भ गी १८|५५)

प्रभुपाद : भक्त नभईकन कोहीपनि भगवान्‌को धाममा जान सक्दैन | (विराम) र भक्त बन्नको लागि कुनै पनि कठिनाई छैन किनकि..... भक्त बन्नको लागि चार नियमहरु छन् | पहिलो कुरा भनेको सधैँ कृष्णलाई सम्झिनुपर्छ | मन्-मना भव मद्-भक्त | यो भक्तको गुण हो | केवल कृष्णलाई सम्झिने | त्यो हरे कृष्ण हो | जब तिमीले हरे कृष्ण जप गर्छौ, तिमीले कृष्णलाई सम्झिन्छौ | तब तिमी तत्काल भक्त बन्दछौ | र मन-मना भव, मद् -याजी पछि "तिमी मेरो पूजा गर," मां नमस्कुरु, "र मलाई प्रणाम गर |" यो धेरै सजिलो कुरा हो | यदि तिमीले कृष्णलाई सम्झिन्छौ, उहाँलाई प्रणाम गर्छौ र उहाँको पुजा गर्छौ भने, यी तीन कुराहरुले तिमीलाई भक्त बनाउँदछ, जसको फलस्वरूप तिमी भगवद्‌धाम जान सक्नेछौ | हामी यो कुरा सिकाउँदैछौँ : हरे कृष्ण जप गर, भगवान्‌लाई प्रणाम गर र उहाँको पूजा गर | आफ्नो सम्पूर्ण कर्तव्य सम्पन्न गर |

हृदयानन्द: (स्पेनी भाषामा)

प्रभुपाद : किन ज्ञानको मार्गमा लाग्नुपर्‌‌‍यो ? यसको लागि धेरै ज्ञान र व्याकरण चाहिन्छ, नाक दबाउनुपर्छ, अरु धेरै कुरा छन् | तिमी यी सबै कुरा छोडिदेऊ | केवल यी तीन कुराहरुको पालन गरेमा तिमी भक्त बन्नेछौ | भगवद्‌-धाम जानको लागि सबभन्दा सजिलो मार्गको अवलम्बन किन नगर्ने ? धेरै, धेरै धन्यवाद |