NE/Prabhupada 0359 - मानिसले परम्परा प्रणालीद्वारा यो विज्ञान सिक्नुपर्छ



Lecture on BG 4.2 -- Bombay, March 22, 1974


वैदिक ज्ञान प्राप्त गर्नु भनेको कृष्णलाई बुझ्नु हो | तर यदि तिमीले कृष्णलाई बुझ्दैनौ, अनावश्यक कुरा गर्दै बस्छौ र आफुलाई पण्डित भन्छौ भने त्यो श्रम एव हि केवलम् हो | त्यो उल्लेखित छ | श्रम एव हि | केवल आफ्नो समय नाश गरेर व्यर्थ कष्ट गर्नु | वासुदेवे भगवति.......धर्म: स्वनुष्ठित: पुंसां विष्वक्सेन​-कथासु य​: नोत्पादयेद यदि रतिं श्रम एव हि केवलम (श्री भा १|२|८) अब धर्मको कुरा गर्दा सबैले आफ्नो मौलिक कर्तव्य धेरै राम्ररी गर्दैछन् | ब्राह्मण​, क्षत्रिय​, वैश्य​, शूद्र​ | मैले व्यवस्थित समाजको कुरा गर्दैछु, अहिलेको पशु समाजको हैन | व्यवस्थित समाजमा एक ब्राह्मणले आफ्नो कर्तव्य ब्राह्मण जसरी नै निर्वाह गर्छन् | सत्यं शमो दमस तितिक्षा आर्जवम्, ज्ञानं विज्ञानम आस्तिक्यं ब्रह्म​-कर्म स्वभाव​-जम (भ गी १८|४२) | अझै....धर्म: स्वनुष्ठित​:, उनले आफ्नो ब्राह्मणको दायित्व निकै राम्ररी निर्वाह गर्दछन्, तर त्यस्तो कर्तव्य निर्वाह गरेर पनि यदि उनले कृष्ण भावना विकास गर्दैनन् भने, श्रम एव हि केवलम् | यो नै अन्तिम मत हो | तब उनले आफ्नो समय नाश गरेका छन् | किनकि पूर्ण ब्राह्मण भनेको ब्रह्मलाई बुझ्नु हो | अथातो ब्रह्म जिज्ञासा | र पर-ब्रह्म, सर्वोच्च ब्रह्म कृष्ण हुनुहुन्छ | त यदि उनले कृष्णलाई बुझ्दैनन् भने उनले आफ्नो ब्राह्मणको कर्तव्य निर्वाह गरेको के फाइदा भयो त ? यो शास्त्रको मत हो | श्रम एव हि केवलम्, केवल समय नाश | त्यसैले उसले परम्परा प्रणालीबाट यो विज्ञान सिक्नुपर्दछ | एवं परम्परा-प्राप्तम् (भ गी ४|२) | तिमी कृष्णलाई बुझेका मानिसकहाँ जानुपर्छ | एवं परम्परा..... जसरी सूर्य, विवस्वान्‌ले कृष्णबाट निर्देशन पाएका थिए | यदि तिमीले विवस्वान्‌बाट निर्देशन पायौ भने तिमीले पनि पूर्ण ज्ञान प्राप्त गर्दछौ | तर तिमी सूर्यलोकमा गएर विवस्वानलाई सोध्न सक्दैनौ, "कृष्णले के भन्नुभयो ?" त्यसैले विवस्वान्‌ले उक्त ज्ञान आफ्ना पुत्र मनुलाई दिए | वर्तमान समयलाई वैवस्वत मनुको समय भनिन्छ । उनी विवस्वानका पुत्र भएका कारण उनलाई वैवस्वत मनु । वैवस्वत मनु | अहिलेको वैवस्वत मनुको मन्वन्तर चलिरहेको छ | मनुर इक्ष्वाकवे ऽब्रवीत् | मनुले आफ्नो पुत्रलाई पनि भने | यसप्रकार, एवं परम्परा-प्राप्तम् (भ गी ४|२), उहाँले केहि उदाहरणहरु दिनुभएको छ, तर उक्त ज्ञान परम्पराबाट ग्रहण गर्नुपर्दछ | तर केहि कारणवश, त्यो परम्परा हराएको छ..... जसरी मैले आफ्नो शिष्यलाई केहि भनेको छु | उनले त्यहि कुरा आफ्नो शिष्यलाई भन्छन्| उनले सोहि कुरा आफ्नो शिष्यलाई भन्छन् | तर कुनै कारणवश यदि यो ज्ञान कुनै क्षणमा विकृत भयो भने यो नष्ट हुन्छ | यदि गुरु-शिष्य परम्पराका कुनै शिष्यले ज्ञानलाई विकृत पारिदिन्छन् भने त्यो नष्ट हुन्छ । यहाँ पनि यसको वर्णन गरिएको छ | स कालेन महता | समय धेरै शक्तिशाली छ | यसले परिवर्तन ल्याउँछ | त्यो.....समय परिवर्तनशील हुन्छ, मौलिक अवस्थालाई मारिदिन्छ | तिमीसँग अनुभव छ | तिमी एउटा कुरा खरिद गर | त्यो धेरै ताजा, नयाँ हुन्छ | तर समयले त्यसलाई मारिदिन्छ | त्यो नराम्रो हुन्छ | एउटा समयमा गएर काम नलाग्ने हुन्छ | समयले लडाईं गर्दैछ | यो भौतिक समयलाई काल भनिन्छ | काल भनेको मृत्यु हो | काल भनेको कालो सर्प पनि हो | कालो सर्पले पनि नाश गर्छ | यसले कुनै वस्तु स्पर्श गर्नासाथ त्यो नाश हुन्छ | त्यसैगरी, काल....यो काल पनि कृष्णको अर्को रुप हो | कालेन महता | त्यसैले यसलाई महता भनिन्छ | यो धेरै शक्तिशाली छ | यो सामान्य कुरा होइन | महता | यसको कार्य भनेको नाश गर्नु हो | स कालेन इह नष्ट​ | त समयको अन्तरलमा...कसरी कालले नाश गर्न सक्छ ? जब कालले ज्ञानलाई विकृत पारेको देख्छ, तब त्यो ज्ञान नष्ट हुन्छ | त्यसैले भगवद् गीता कालको प्रवाहमा फसेका मानिसहरुबाट श्रवण नगर | तथाकथित धूर्त दार्शनिक, भाष्यकारहरुबाट भगवद् गीता बुझ्ने कोसिस नगर..... उनीहरुले भगवाद् गीताको विकृत भाष्य लेख्छन् | कसैले भन्छ, " कृष्णको अस्तित्व नै थिएन | महाभारतको अस्तित्व नै थिएन |" कसैले भन्छ, "कृष्णले यो कुरामा जोड दिनुभएको थियो ," "कृष्णले त्यो कुरामा जोड दिनुभएको थियो |" कसैले भन्छ, " कृष्णले कर्म, कर्म-काण्डमा जोड दिनुभएको थियो |" कसैले ज्ञान भन्छन् भने कसैले योग | भगवद् गीताको धेरै संस्करणहरु छन् | योगी चार्थ​, ज्ञान अर्थ​, गीतार गान अर्थ​...... वास्तविक गीतार् गान भगवान्‌ले बताउनुभएको छ र हामीले त्यो स्वीकार गर्नुपर्छ | त्यो गीतार् गान हो |