NE/Prabhupada 0371 - अामार जीवन तात्पर्य



Purport to Amara Jivana in Los Angeles


आमार जीवन सदा पापे रत नाहिको पुण्येर लेश​ | यस भजनमा भक्तिविनोद ठाकुरले एक वैष्णवको विनम्रतालाई प्रस्तुत गर्नुभएको छ । एक वैष्णव सधैं विनम्र हुन्छन् | उहाँले आफुलाई पनि साधारण मानिसको दर्जामा राख्दै अन्य जनसाधारणको जीवनको बारेमा बतागउँदै हुनुहुन्छ | साधारण मानिसहरुको चरित्र यस भजनमा बताइए जस्तै हुन्छ | उहाँले भन्नुहुन्छ "मेरो जीवन सधैं पाप कार्यमा संलग्न भएर बित्यो, र यदि तिमीले खोज्छौ भने पुण्य कार्यको कुनै पनि निशान छैन | केवल पाप कार्य मात्रै छन् | र मलाई सधैं अरु प्राणीहरुलाई दुःख दिन रुचाउँछु | म केवल त्यसैमा संलग्न छु | म अरुको पीडामा आनन्द लिने प्रयास गर्छु |" निज सुख लागिऽ पापे नाहि डोरि | "मेरो व्यक्तिगत इन्द्रियतृप्तिका लागि, म कुनै पनि पाप कार्य गर्न सङ्कोच मान्दिनँ | अर्थात् म आफ्ना इन्द्रियतृप्तिका निम्ति कुनै पनि प्रकारको पाप कार्य स्वीकार गर्छु |" दया-हीन स्वार्थ​-परो | "ममा थोरै पनि दया छैन, र म केवल आफ्नै व्यक्तिगत स्वार्थ मात्रै हेर्छु |" पर​-सुखे दु:खी | "जब अरु पिडामा हुन्छन्, म खुसी हुन्छु, र म सधैं झुट बोल्छु," सदा मिथ्या-भाषी | "म साधारण कुराको लागि पनि झुट बोल्न अभ्यस्त छु |" पर​-दु:ख सुख​-करो | "र यदि कुनै मानिस दुःखी छ भने, म त्यसमा आनन्द लिन्छु |" अशेष कामना हृदि माझे मोर​ | "मेरो हृदयमा धेरै इच्छाहरु छन्, र म सधै क्रोधित हुन्छु र झुटो प्रतिष्ठा स्वीकार गर्छु, सदैव झुटो अभिमान राखी घमण्ड गर्छु |" मद​-मत्त सदा विषये मोहित​ | " म सधैं इन्द्रियतृप्तिका विषयमा मग्न हुन्छु, र म लगभग पागल भएको छु |" हिंसा-गर्व विभूषण​ | "मेरा गहनाहरु ईर्ष्या र झुटो अभिमान हुन्|" | निद्रलास्य हत सुकार्जे बिरत ​| "म निद्रा र आलस्यताको अधिनमा छु ," सुकार्जे बिरत​, " र म सधैं पुण्य कर्मको विरुद्धमा हुन्छु," अकार्जे उद्योगी आमि, "र म पाप कार्य गर्न धेरै उत्साहित हुन्छु |" प्रतिष्ठ लागिया शाठ्य​-आचरण​, " म आफ्नो अभिमानका लागि सधैं अरुलाई धोका दिन्छु |" लोभ​-हत सदा कामी, "म सधैं लोभ र कामवासनाले पराजित हुन्छु |" ए हेनो दुर्जन सज्-जन​-बर्जित​, " त्यसैले म निकै नै पतित छु र म भक्तहरुको सङ्गमा पनि छैन|" अपराधी, "कसुरदार," निरन्तर, " सधैं |" सुभ​-कार्ज​-शून्य​, " मेरो जीवनमा थोरै पनि पुण्य कार्यहरु छैनन्," सदानर्थ मना: , " र मेरो मन सधैं बदमास कार्यप्रति आकर्षित हुन्छ |" नाना दु:खे जर जर​ | " त्यसैले मेरो शिथिल जिन्दगीको अन्त्यमा, म यी पीडाहरुबाट अशक्त भएको छु |" बार्धक्ये एखोन उपाय​-विहीन​, "यस बुढ्यौलीमा मसँग अरु केहि विकल्प छैन," ता ऽते दीन अकिञ्चन​, " त्यसैले बाध्यतावश म अहिले धेरै विनम्र भएको छु |" भक्तिविनोद प्रभु चरणे, " त्यसैले भक्तिविनोद ठाकुरले आफ्ना जीवनका गतिविधिहरुको विवरण भगवान्‌को चरणकमलमा अर्पण गर्दै हुनुहुन्छ |"