NE/Prabhupada 0370 - जहाँसम्म मेरो कुरा छ, म कुनै श्रेय चाहन्नँ



Conversation with Prof. Kotovsky -- June 22, 1971, Moscow


कुनै पनि रुढिवादी हिन्दु आउन सक्छ, तर हामीसँग शस्त्रहरु छन्, वैदिक प्रमाणहरु | कोहि आएका छैनन् | तर इसाई पादरी पनि..... अमेरिकाका इसाई पादरीहरुले पनि मलाई माया गर्छन् | उनीहरु भन्छन् " यी युवाहरु अमेरिकी हुन्, उनीहरु इसाई हुन्, उनीहरु यहूदी हुन् | र यी युवाहरु भगवान्‌प्रति धेरै आकर्षित भएका छन्, तर हामीले उनीहरुलाई उद्धार गर्न सकेनौं ?" उनीहरुले स्वीकार गरेका छन् | उनीहरुका बुवा, नातेदार, मकहाँ आउँछन् | उनीहरु पनि दण्डवत गर्दै भन्छन्, "स्वामीजी यो हाम्रो अहोभाग्य हो कि हजुर यहाँ आउनुभयो | हजुरले भागवत चेतना सिकाइरहनुभएको छ |" यसका साथै, मैले अरु देशहरुबाट पनि अभिनन्दन पाइसकेको छु | र भारत पनि, तिमीले भारतको बारेमा सोधेका थियौ, सबै अरु सम्प्रदायहरुले स्वीकार गरेका छन् कि मभन्दा पहिले सैयौं स्वामीहरु त्यहाँ गए, तर उनीहरुले एउटा व्यक्तिलाई पनि कृष्ण भावनामा परिवर्तन गर्न सकेनन् | उनीहरुले यो कुराको सराहना गरेका छन् |

र जहाँसम्म मेरो कुरा छ, म कुनै श्रेय चाहन्नँ, तर म आश्वस्त छु कि मैले यथारूप वैदिक ज्ञान प्रस्तुत गरेकाले, कुनै मिसावट बिना प्रस्तुत गरेकाले यो प्रभावशाली भएको छ | त्यो नै मेरो योगदान हो | जस्तै, यदि तिमीसँग सहि औषधि छ र यदि तिमीले एउटा बिरामीलाई उक्त औषधि दियौ भने तिमी विश्वस्त हुनुपर्छ कि त्यसले उक्त बिरामीलाई ठिक गर्नेछ |