NE/Prabhupada 0379 - दशावतार स्तोत्र तात्पर्य



Purport to Dasavatara Stotra, CD 8


प्रलय​-पयोधि-जले धृतवान असि वेदम् | यो भजन महान वैष्णव कवि, जयदेव गोस्वमीले लेख्नुभएको हो | यसको तात्पर्य भनेको, प्रलय हुदा , पुरै ब्रह्माण्ड पानीले भरिएको थियो | यो भौतिक दुनियाको विघटन भयो, पहिला, त्यहाँ पानी हुदैन, सबै पानी सुक्छ, त्यसलाई प्रखर सुर्यले सुकाउछ | सुर्य अहिले भन्दा बाह्र गुना कडा हुन्छ | यो तरिकाले, सबै समुन्द्र र महासागरहरु सबै सुक्छ्न् | तसर्थ पृथ्वीका सबै प्राणी मर्ने छन्, तब, प्रखर गर्मोका कारण, ब्यवारिक तरिकाले सबैकुरा खरानीमा परिवर्तन हुन्छ | त्यसपछि त्यहाँ सैयौ वर्षसम्म वर्षा हुन्छ, पानीका धारा, हात्तीको सूँढ जस्तै, त्यसपछि पुरै ब्रह्माण्ड पानीले भरिन्छ | त्यसलाई प्रलय​-पयोधि भनिन्छ | र प्रलयको समयमा, प्रलय, पुरै ब्रह्माण्ड.... अहिले जसरि हावा छ त्यसरी नै, त्यो समयमा पुरै ब्रह्माण्ड पानीले भरिन्छ| त्यो समयमा भगवानले एउटा डुंगामा वेदहरुलाई बचाउनु हुन्छ, र त्यो डुंगा एउटा ठुलो माछाको पखेटामा अड्किने छ | त्यो ठुलो माछा कृष्णको अवतार हुनुहुन्छ | त्यसैले उहाँले पूजा गर्दै हुनुहुन्छ, केशव धृत​-मीन​-शरीर जय जगदीश षो मीन​-शरीर​ | र अर्को क्षितिर इह विपुलतरे तिष्ठति तव पृष्ठे धरणि-धारण​-किण​-चक्र​-गरिष्ठे हो | र त्यहाँ मथ्ने कार्य हुन्छ, अर्को अवतर कुर्म हुन्छ | कुर्मको पछाडी मरु - पर्वतलाई स्थित गरिन्छ, वा पुरै दुनिया एउटा कुर्मको पछाडी स्थिर गरिन्छ | यो दोश्रो अवतर हो | पहिला माछा, त्यसपछि कुर्म | तब वराह​-अवतार​ | एक दानव, हिरण्य, हिरण्यकशिपु र हिरण्याक्ष​ | उसले आफ्नो दनाविक कार्यबाट दुनियालाई गर्भो समुन्द्रमा फाल्ने छ | यो ब्रह्माण्डको भित्र समुन्द्र छ | आधि ब्रह्माण्ड गर्भोसमुद्रबाट भरिएको छ, जहाँ गर्भोदकसयी विष्णु हुनुहुन्छ, उहाँबाट एउटा कमलको हाँगा आउँछ, जहाँ ब्रह्माजीले जन्म लिनुहुन्छ | त्यसैले सबै ग्रहहरु यो वास्तविक हाँगामा झुन्डिएका छन् , गर्भोदकशायी विष्णुको नाडीबाट उत्पन्न भएको छ, हिरण्याक्ष​ नामको एक दानवले यो पृथ्वीलाई पानी भित्र राखेको हुन्छ, र त्यो समयमा, भगवान वराहको रुपमा आउनुहुन्छ | वराह अवतर एउटा सानो किराको रुपमा ब्रह्माको नाकबाट आउनुहुन्छ, र जब उहाँले आफ्नो हातमा राखे, उहाँ बढ्न थाल्नु भयो | यो तरिकाले उहाँले धेरै ठुलो शरीर ढाल्नु भयो, र उहाँको ठुलो दाँतबाट, उहाँले पर्थ्वीलाई गर्भो समुन्द्रबाट उठाउनुभयो | यसलाई केशव​-धृत​-वराह रुप​ भनिन्छ | अर्को हो तव कर​-कमल​-वरे नखम अद्भुत​-सृङ्गं | दलित​-हिरण्यकशिपु-तनु-भृङ्गम् | हिरण्यकशिपु, ऊ अर्को दानव हो, जो अमर हुन चहान्थ्यो | त्यसैले उसले ब्रह्मासँग वरदान पाएको थियो कि उसको यो धर्ति, आकाश वा पानीमा पनि मृत्यु हुदैन | त्यसैले, ब्रह्माजी ले दिनुभएको आशिर्वाद पूर्ण गर्न, भगवान कृष्णले आफ्नो भक्तको शब्द राख्नुहुन्छ | त्यसैले ब्रह्माजीले उसलाई आशिर्वाद दिनुभयो, " तिम्रो मृत्यु जमिन, पानी वा आकाशमा हुदैन |" तर नृसिंह​-देव​ आधा सिंह, आधा मानिसको रुपमा आउनुभयो, किनकि हिरण्यकशिपुले पनि ब्रह्माजीबाट आशिर्वाद पाएको हुन्छ कि उसको कुनै मानिस वा कुनै जनावरबाट मृत्यु हुदैन | त्यसैले उहाँले यस्तो रुप लिनुभयो जो न मानिसको जस्तो थियो न जनावर जस्तो, र उहाँले त्यो दानवलाई आफ्नो काँखमा राख्नुभयो, जुन न जमिनमा थियो न आकाशमा | र ऊ कुनै शस्त्रबाट मर्न चाहदैन थियो | त्यसैले भगवानले उसलाई आफ्नो नंगबाट मर्नुभयो | नंगलाई कुनै शस्त्र मानिदैन | यो तरिकाले, उसले ब्रह्माजीलाई झुक्याउन खोजेको थियो, तर भगवान धेरै बुद्धिमानी हुनुहुन्छ कि उहाँले हिरण्यकशिपुलाई छक्याउनु भयो, र उसलाई मर्नु भयो | केशव धृत​-नरहरि रुप डलित​-हिरण्यकशिपु -तनु -भृङ्गम् | जसरि हाम्रो नंगले, हामीले कुनै किरा मर्न सक्छौ | एउटा कमिलालाई लियौ भने, तिमीले त्यसलाई दुई भाग लगाउन सक्छौ | त्यसरी नै, हिरण्यकशिपु एउटा ठुलो दानव थियो, उसलाई एउटा सानो किरासँग तुलना गरिएको छ, र ऊ भगवानको नंगबाट मर्यो |