NE/Prabhupada 0380 - दशावतार स्तोत्र तात्पर्य



Purport to Dasavatara Stotra, CD 8


अनि, अर्को अवतार वामनदेव हुनुहुन्छ | यी वामनदेव, उहाँ वली महाराजको मा गएर तिन कदमको जमिन माग्नुभयो, र उहाँको गुरु, सुक्रचर्य​ले उसलाई वाचा नगर्न आग्रह गरे, किनकी उहाँ विष्णु हुनुहुन्थ्यो | तर बलि महाराज विष्णुलाई केहि दिन धेरौ सन्तुस्ट हुनुहुन्थ्यो, उहाँले आफ्नो गुरुसँगको सम्बन्ध त्यागनु भयो किनकि उहाँले विष्णुको सेवा नगर भनेका थिए | त्यसैले बलि महाराज पनि एक महाजन हुनुहुन्छ | कसैले पनि विष्णुको आराधन जाँच गर्न सक्दैन | यदि कसैले जाँच गर्छ भने, ऊ गुरु हुनसक्छ, पिता हुनसक्छ, नातेदार हुनसक्छ, उसलाई त्याग्नुपर्छ, तुरुन्तै | त्यसैले बलि महाराज एक महाजन हुनुहुन्थ्यो | उहाँले यो उदाहरण दिनुभयो | किनकि उहाँको गुरु उहाँको विष्णुभक्तिको बाटोमा बाधा हुनुहुन्थ्यो, उहाँ आफ्नो गुरुसँगको सम्बन्ध त्याग्नुभयो | त यो प्रक्रियाबाट उहाँले माग्नुभयो, तर त्यो भिख थिएन, ब्यवारिक रुपमा त्यो धोका थियो | तर बलि महाराजले भगवानबाट धोका पाउन पनि स्वीकार गर्नुभयो | त्यो भक्तको लक्षण हुन् | एक भक्त भगवानको जुनैपनि क्रिया स्वीकार गर्छ, र बलि महाराजले देख्नुभयो भगवानले छल गर्न चाहनु हुन्छ | तिन कदम जमिन मागेर, उहाँले सबै ब्रह्माण्ड लिएर जानुहुन्छ, त उहाँ मान्नुभयो | र दुई कदममै पुरै माथि तलको दुनिया सबै ढाकियो | तब वामनदेवले उहाँको अर्को चरण कहाँ राख्ने भनेर सोध्नुभयो ? त बलि महाराजले स्वीकार गर्नुभयो, " मेरो भगवान, तपाई आफ्नो अर्को पाईल मेरो सिरमा राख्नुहोस्, मसँग मेरो शरीर अझ सम्म छ |" यो तरिकाले उहाँले भगवान विष्णुलाई किन्नु भयो, वामनदेव, र वामनदेव बलि महाराजको द्वारपालको रुपमा बस्नुभयो | त सबै कुरा दिएर, सर्वत्म स्नपने बलि, उहाँले सबैकुरा भगवानलाई दिनुभयो, र त्यो दिएको वापत, उहाँले भगवानलाई किन्नुभयो | उहाँ बलि महाराजको द्वारपाल स्वेच्छाले बस्नुभयो | त्यसैले, छलयसि विक्रमने बलिम अद्भुत​-वमन पद​-नख​-निर​-जनित​-जन​-पवन​, जब वामनदेवले आफ्नो चरण विस्तार गर्नुभयो, उहाँको बुढी औलामा एउटा दुलो थियो जसले पुरै ब्रह्माण्डलाई ढाकेको थियो, र त्यो दुलोबाट गंगा वैकुण्ठबाट आउनुभयो | पद​-नख​-निर​-जनित​, र त्यो गंगाको पानी अहिले ब्रह्माण्डमा बगेको छ, गंगाको पानी जहाँपनि छ, त्यो ठाउँ पवित्र हुन्छ | पद​-नख​-निर​-जनित​-जन​-पवन​ | अर्को अवतार भ्र्गुपति, परसुराम हुनुहुन्छ | परसुराम सक्त्यवेस अवतर​ हुनुहुन्छ | त उहाँले २१ चोटी क्षत्रियहरुको वध गर्नुभयो | परसुरामको डरले गर्दा, सबै क्षत्रियहरु युरोपतिर गए, यो इतिहासमा भनिएको छ, महाभारत | त २१ चोटी उहाँले क्षत्रियहरु माथि आक्रमण गर्नुभयो | उनीहरु नियममा चल्दैन थिए, त्यसैले उहाँले मर्नुभयो, र कुरुक्षेत्रमा ठुलो भाडा थियो जहाँ सबै रगतहरु राखिएको थियो | पछि त्यो पानी भयो | त क्षत्रिय- रुधिर, डराएकी पृथ्वीलाई शन्त गर्न, उहाँले यो पृथ्वीमा क्षत्रियहरुको रगतबाट भिजाउनु भयो, स्नपयसि पयसि समित​-भव​-तपम् | वितरसि दिक्सु रने दिक्-पति-कमनियम दस​-मुख​-मौलि-बलिम रमनियम् | अर्को अवतार रामचन्द्र हुनुहुन्छ | त्यसैले रावण, जसको दशओटा शिर थियो, उसले भगवानलाई चुनौती दियो, र रामचन्द्रले त्यो चुनौती स्वीकार गर्नुभयो र उसलाई मर्नुभयो | त्यसपछि वहसि वपुसि विसदे वसनम जलदभम हल​-हति-भिति-मिलित​-यमुनभम् | जब बलदेव यमुना आफुतिर आऊ भन्ने चहानुहुन्थ्यो, र उहाँ आउनुभएको थिएन | त्यसैले उहाँको हलोबाट उहाँले पृथ्बीलाई फुटाउनु भयो, र त्यो समयमा यमुना आफुलाई प्रस्तुत गर्नुभयो, र उहाँ भगवान सामु आउनुभयो | हल​-हति-भिति-यमुन​, हल​-हति-भिति-मिलित​-यमुनभम्, यमुना भगवान बलदेवबाट दण्डित हुनुभयो | केशव ध्र्त​-हलधर - रुप , हल​, हलधर भनेको हलो, हलधर रुप जय जगदिस हरे | अर्को, बुद्ध, भगवान बुद्ध | निन्दसि यज्न​-विधेर अहह स्रुति-जतम् | बुद्धले वैदिक आदेशको ब्याख्या गर्नुभयो, किनकि उहाँको उदेश्य भनेको पशु - हत्या हो, र वेदहरुमा, कुनै लेखिएको यज्ञमा , पशु हत्या लेखिएको छ | त तथा कथित वैदिक नियमका अनुयायीहरु, उनीहरुले बुद्धदेवलाई उहाँको उदेश्य पशु हत्यामा रोक्न चहान्थ्ये, र तसर्थ जब मानिसले उहाँलाई वैदिक प्रमाण दिए, कि वेदमा त्यहाँ ब्याख्या छ, पशु - हत्या स्वीकार्य छ भनेर, किन तिमीले रोक्दै छौ ? हे. निन्दासी, उसले अनादर गर्यो | र उहाँले वेदको प्रमाणलाई स्वीकार नगरेकाले बुद्धको सिद्धान्त भारतमा स्वीकार्य भएन | नास्तिक, जसले नि वेदको अधिकारित्व मान्दैन, ऊ नास्तिक हुन्छ, विश्वास नगर्न | वेदलाई अनादर गर्न सकिदैन | त यो तरिकामा, भगवान बुद्धले निर्बल जनावरहरुको रक्षा गर्नुभयो, उहाँले कहिले कहिँ वैदिक आदेशको पनि प्रतिक्रिया गर्नुहुन्छ | केशव ध्र्त बुद्ध​-शरिर जय जगदिस |​ अर्को अवतर कल्की हुनुहुन्छ | हामीले कुर्दै छौ, चार सय हजार बर्षपछि, कल्की अवतर आउनुहुन्छ, र उहाँले घोडाको पछाडी एउटा तरबार लिएर, एक राजा जसरि, सबै नास्तिकहरुलाई मार्दै हिड्नुहुन्छ, अधर्मी प्राणीहरु | त्यहाँ अरु प्रचार हुदैन | जसरि अरु अवतारहरुमा प्रचार थियो, कल्की अवतारमा मनुष्यको जनसंख्या घटेर जनावर जतिको हुन पुग्छ | कि त्यहाँ भगवानलाई बुझ्ने कुनै शक्तिनै बच्दैन, वा अध्यात्मके हो पनि हुदैन | र त्यो अझै पनि छ, कलि - युगमा | यो वृद्धि हुन्छ | मानिसहरुमा यो सिद्धान्त बुझ्ने शक्तिनै हुदैन, भगवान चेतना | त्यो समयमा उनीहरुलाई मर्ने बाहेक अरु केहि विकल्प हुदैन, र अर्को सत्य - युग सुरु हुन्छ | त्यो नै तरिका हो ( अप्रष्ट )|