NE/Prabhupada 0382 - दशावतार स्तोत्र तात्पर्य



Purport to Sri Dasavatara Stotra -- Los Angeles, February 18, 1970


त्यसपछि अर्को अवतार वामन देव हुनुहुन्छ | भगवान वामनदेव बलि महाराज अघाडी आउनुभयो | त्यो पनि अर्को धोका थियो | बलि महाराजले पुरै ब्रह्माण्डका ग्रहहरुमा कब्जा गरिसक्नुभएको थियो, र देवताहरु धेरै व्याकुल थिए | त्यसैले वामन महाराज.....वामनदेव बलि महाराजको मा जानुभयो, कि " तिमि मलाई केहि भिक्षा देऊ | म ब्राह्मण हु | म तिम्रोमा भिक्षा मग्न आएको छु |" त बलि महाराजले भन्नुभयो," हुन्छ, म तपाईलाई भिक्षा दिन्छु |" त उहाँले केवल तिन पद जमिनमात्रै माग्नु भयो | त एक पदमा उहाँले पुरै ब्रह्माण्ड ओगट्नु भयो, माथि, र अर्को पदमा अर्को भाग ओगटीयो | तब तेस्रो पदलाई बलि महाराजले भन्नुभयो, " हुन्छ, अब त्यहाँ कुनै ठाउँनै छैन | कृपया आफ्नो पद मेरो शिरमा राख्नुहोस् | अझै पनि मेरो शिर बाकी छ |" त वामनदेव बलि महाराजको त्यागबाट धेरै प्रसन्न हुनुभयो | उहाँले भगवानको लागि सबै कुरा त्याग गर्नुभयो| त उहाँ एक महान अधिकारी हुनुहुन्छ| बाह्रजना अधिकारीहरु मध्ये, बलि महाराजपनि एकजना हुनुहुन्छ, किनकी उहाँले भगवानलाई सन्तुष्ट बनाउन सबैकुराको त्याग गर्नुभयो | र त्यसपछि परशुराम | परशुरामले २१ पटक नरसंहारको प्रसार गर्नुभयो सबै क्षत्रीय राजाहरुलाई मारेर | त्यो समयमा क्षत्रीय राजाहरु धेरै नै बेईमान थिए, त उहाँले उनीहरुलाई २१ पटक मर्नुभयो | त्यसपछि उनीहरु यहाँ त्यहाँ भाग्न थाले | र महाभारातको इतिहासबाट थाहा हुन्छ, त्यो समयमा केहि क्षत्रीयहरु भागेर यूरोपतिर गएर शरण लिएका थिए | र भारोपीय भण्डार उनीहरुबाट आएको हो | त्यो इतिहास हो, यो महाभारतबाट आएको इतिहासिक जानकारी हो | अर्को अवतर राम हुनुहुन्छ | उहाँले रावणसँग युद्ध गर्नुभएको हो, उसको दशओटा शिर थियो | त.....अर्को अवतार बलराम हुनुहुन्छ | बलराम कृष्णको दाजु हुनुहुन्छ| उहाँ सङ्कर्षण​को अवतर हुनुहुन्छ, कृष्णको अर्को विस्तार | त उहाँ धेरै गोरो वर्णको हुनुहुन्थ्यो, र निलो वस्त्र लगाउनु भएको थियो, र उहाँको हलोले उहाँले, कहिले कहिँ उहाँ यमुना नदिसँग धेरै क्रोदित हुनुहुन्थ्यो, र उहाँले यमुनालाई सुकाउने प्रयास गर्नुभयो | त्यो वर्णन यहाँ दिएको छ | र यमुना, डराएर, बलरामको प्रस्ताव स्वीकार गर्नुहुन्छ | अर्को अवतर बुद्ध हुनुहुन्छ | भगवान बुद्ध, उहाँले वैदिक सिद्धान्तहरुको खण्डन गर्नुभयो | त्यसैले उहाँलाई नास्तिक भनिन्छ | जसले पनि वैदिक सिद्धान्त मान्दैनन्, उसलाई नास्तिक मानिन्छ | जस्तै जसले बाइबलमा विश्वास गर्दैनन्, उनीहरुलाई बुतपरस्त भनिन्छ, त्यसरी नै, जसले वैदिक सिद्धान्त स्वीकार गर्दैनन्, उनीहरुलाई नास्तिक भनिन्छ | त भगवान बुद्ध चाहे कृष्णका अवतार भए तापनि, उहाँले भन्नुभयो " म वेदमा विश्वास गर्दिन |" त्यसको कारण के थियो ? त्यसको कारण निर्बल पशुहरुको रक्षा गर्नु थियो | त्यो समयमा निर्बल पशुहरुलाई वैदिक त्यागको तर्कमा हत्या गरिन्थ्यो | त दानवी मानिसहरु, उनीहरुले अधिकारीहरुको सुरक्षा भित्र बसेर केहि गर्न चहान्थ्ये | जसरु एक ठुलो वकिलले नियमको पुस्तकको रक्षा गर्छ र नियमलाई गैर-क़ानूनी बनाउछन् | त्यहि तरिकाले दानवहरु धेरै बुद्धिमनु छन् उनीहरुले सजिलै वैदिक आदेशहरुको फाइदा उठाएर अनेक प्रकारका बकवास काम गर्छन् | त यी कार्यहरु चल्दै छन् | वैदिक यज्ञको नाममा उनीहरुले पशुहरुको हत्या गर्दै थिए | त भगवान निर्बल पशुहरु प्रति धेरै दयावान भएर, भगवान बुद्धको रुपमा आउनुभयो र उहाँको सिद्धान्त अहिंसा थियो | उहाँको सिद्धान्त नास्तिकवाद थियो, किनकि उहाँले भन्नु भएको थियो " त्यहाँ भगवान छैन | यो पदार्थको मेलनै अभिव्यक्ति हो, र तिमीले भौतिक तत्वहरुको खण्डन गर, तब त्यहाँ शुन्य हुन्छ र त्यहाँ कुनै इन्द्रिय आनन्द वा दुख हुदैन | त्यो निरवाना हो, जीवनको परम लक्ष्य |" यो उहाँको सिद्धान्त थियो | तर वास्तवमा उहाँको उदेश्य भनेको पशु हत्या रोक्नु थियो, मानिसहरुलाई पापमय कार्यबाट रोक्नु थियो | त भगवान बुद्धलाई पनि यहाँ प्राथना गरिएको छ | त मानिसहरु अस्चार्यमा पर्नसक्छन्, भगवान बुद्धलाई पनि नास्तिक भनियो भनेर, तर वैष्णवहरु, उनीहरुले भगवान विष्णु ( बुद्ध)लाई आदरपूर्ण प्राथना गर्नुभएको छ | किन ? किनकि वैष्णवलाई थाहा छ कि भगवान उसको विभिन्न कार्यका लागी कार्य गर्दै हुनुहुन्छ भनेर | अन्यथा, उनीहरुलाई थाहा हुदैन | अर्को अवतर कल्की हुनुहुन्छ | त्यो अवतार हुन बाकी छ | कल्की अवतर यो युगको अन्त्यमा प्रकट हुनुहुने छ, कलि - युग | यो कलि युगको समय सकिन अझै बाकी छ, म भन्न चहान्छु, यो ४००,००० वर्षमा सकिने छ | त यो कलि युगको अन्त्यमा, त्यो भनेको अन्तिम चरणमा, ४००,००० वर्ष पछि, कल्की अवतारको उत्पति हुन्छ | त्यो वैदिक साहित्यमा भविष्यवाणी गरिएको छ, जसरि भगवान बुद्धको उपस्थिति पनि श्रीमद भागवतममा भविष्यवाणी भएको थियो | र श्रीमद भागवतम् पाँच हजार बर्ष अघाडी लेखिएको थियो, र भगवान बुद्ध करिब २,५०० बर्ष अघाडी आउनुभएको थियो | त्यसैले भगवान बुद्धको उपस्थितिको बारेमा भविष्यवाणी भएको थियो कि कलि युगको सुरुवातमा भगवान बुद्धको उपस्थिति हुन्छ भनेर | त्यहाँ भविष्यवाणी भएको तियो, र वास्तवमा त्यो सत्य प्रमाणिक भयो | त्यसरी नै, यहाँ कल्की अवतारको बारेमा भविष्यवाणी भएको छ, जुन चाडै नै सत्य प्रमाण हुनपुग्ने छ | त त्यो समयमा, भगवान कल्कीको कार्य केवल वध गर्नु हुनेछ | कुनै आदेश हुदैन | जसरि... भगवाद गीतामा भगवान कृष्णले आदेश दिनुभएको हुन्छ | तर कलि - युगको अन्त्यमा मनुष्यहरु धेरै नै पतित हुन्छन् कि उनीहरुलाई आदेश लिन लगभग असम्भवनै हुन्छ | उनीहरुले बुझ्नै सक्दैनन् | त्यो समयमा एकमात्रै शस्त्र उनीहरुको प्राण लिनु मात्रै हुनेछ | र जसको भगवानको हातबाट मृत्यु हुनेछ , उसले मुक्ति पाउँछ | त्यो भगवानको दयावान गुण हो | उहाँले रक्षा गर्नुहुन्छ कि मर्नुहुन्छ, परिणाम त्यहि हुनेछ | त त्यो नै यो कलि युगको अन्तिम अवस्था हुनेछ, र त्यसपछि, फेरी सत्य - युग सुरु हुने छ, धार्मिक युग सुरु हुन्छ | यो नै वैदिक साहित्यको विवरण हो |