NE/Prabhupada 0402 - विभावरी शेष तात्पर्य



Purport to Vibhavari Sesa


यो भजन भक्तिविनोद ठाकुरद्वारा रचना गरिएको हो | उहाँले सबैलाई बिहान सबेरै उठ्न भन्दै हुनुहुन्छ | विभावरी शेष, राज सकियो, आलोक प्रवेश, सुर्यका किरण देखिन्छन्, अब उठ्नुहोस् | निद्रा छारि उठ जीव​, अब धेरै नसुत्नुहोस् | त्यो वैदिक जीवन हो | कोहि पनि सुर्य उदाएपछि सुत्नुहुँदैन | ऊ सुर्य उदाउनु अघि उठ्नुपर्छ | त्यो स्वस्थ जीवन पनि हो | त्यसैले खाटबाट उठेपछि, उसले भगवानको पवित्र नाम लिनुपर्छ | यहाँ सुझाव दिइएको छ, बोलो हरि हरि, अब तपाई हरे कृष्ण मन्त्र जप्नुहोस्, मुकुन्द मुरारि, कृष्णका विभिन्न नामहरु | मुकुन्द भनेको जसले मुक्ति प्रदान गर्नुहुन्छ | मुरारि भनेको कृष्ण मुर नामक राक्षसको शत्रु हुनुहुन्छ | राम अर्को नाम हो | हयग्रीव कृष्णको अर्को अवतार हुनुहुन्छ | त्यसैगरी नृसिंह, नारा-हरि, आधा-सिंह, आधा-मानव, नृसिंह-देव | वामन अवतार, नृसिंह वामन, श्री मधुसूदन | मधुसूदन, एउटा मधु नामक राक्षस थियो, र कैटभ, तिनीहरुले ब्रह्माजीलाई सृष्टिपछि खाना आएका थिए, त्यसैले तिनीहरुलाई मारियो | तसर्थ कृष्णको अर्को नाम मधुसूदन हो | भगवद गीताको धेरै स्थानमा मधुसूदन नाम पाइन्छ | मधुसूदन भनेको मधुको शत्रु | कृष्ण मित्र र शत्रु दुवै हुनुहुन्छ | उहाँ वास्तवमा सबैको मित्र हुनुहुन्छ, तर उहाँ शत्रुजस्तो व्यवहार गर्ने शत्रुको रुपमा प्रकट हुनुहुन्छ | उहाँ कसैको शत्रु हुनुहुन्न, तर यदि कसैले उहाँलाई शत्रुको रुपमा देख्न चाहन्छ, उहाँ शत्रुको रुपमा प्रकट हुनुहुन्छ | त्यो परम हुन्छ | राक्षसहरु, उनीहरु कृष्णलाई शत्रुको रुपमा देख्न चाहन्छन्, त्यसैले राक्षसहरुको इच्छा स्वीकार्दै, उहाँ उनीहरुको अगाडी शत्रुको रुपमा प्रकट हुनुहुन्छ, उनीहरुलाई मार्नुहुन्छ र उनीहरुलाई मुक्ति प्रदान गर्नुहुन्छ | त्यो कृष्णको परम-लिला हो, मधुसूदन ब्रजेन्द्र​-नन्दन श्याम​ | वास्तवमा भगवानको कुनै नाम छैन तर उहाँको नाम उहाँको लिला अनिसार छनौट गरिन्छ | जस्तै उहाँले मधु राक्षसलाई मर्नुभएको कारणले उहाँलाई मधुसूदन नाम दिइएको छ | त्यसैगरी, उहाँलाई ब्रजेन्द्र-नन्दन भनिन्छ, व्रज, वृन्दावनका पुत्र, किनकि उहाँ यशोदा र नन्द-महाराजको पुत्रको रुपमा प्रकट हुनुभयो, ब्रजेन्द्र-नन्दन | श्याम, उहाँको शारीरिक रंग कालो छ, तसर्थ उहाँलाई श्यामसुन्द भनिन्छ | पूतना-घातन​, कैटभ​-शातन​, जय दाशरथि-राम​ | किनकि उहाँले पूतना राक्षसीलाई मार्नुभयो, उहाँको नाम पूतना-घातन छ | घातन भनेको हत्यारा | कैतभ​-शातन​, र उहाँ सम्पूर्ण किसिमका खतराबाट जोगाउनुहुन्छ | जय-दाशरथि-राम | उहाँको रावणलाई मार्नुको सम्बन्धमा उहाँलाई जय दाशरथि भनिन्छ | दाशरथि भनेको: उहाँको पिताको नाम दाशरथ थियो, त्यसैले उहाँ दाशरथि, दाशरथि-राम हुनुहुन्छ | यशोदा-दुलाल गोविन्द​-गोपाल​ | यशोदा-दुलाल भनेको माता यशोदाको प्रिय पुत्र | गोविन्द-गोपालम र उहाँ ग्वालबाल हुनुहुन्छ, गोविन्द, गाईलाई आनन्द दिने | वृन्दावन-पुरन्दर, वृन्दावनका प्रमुख | उहाँ वृन्दावनमा सबजनाको आकर्षणको केन्द्र हुनुहुन्छ | रावाणान्तकर गोपी-प्रिय​-जन​, उहाँ गोपीहरुको लागि धेरै प्रिय हुनुहुन्छ | राधिका-रमण, र उहाँले सधैं राधारानीको सङ्गको आनन्द लिनुहुन्छ, तसर्थ उहाँको नाम राधिका-रमण हो | भुवन-सुन्दर-बर | उहाँले धेरै गोपीहरुलाई आकर्षित पार्नुभयो, त्यो भनेको उहाँ सम्पूर्ण ब्रह्माण्डको लागि आकर्षक हुनुहुन्छ | यस ब्रह्माण्डमा कोहि पनि कृष्णभन्दा आकर्षक छैन, वा कतै पनि, तसर्थ उहाँलाई भुवन-सुन्दर-बर भनिन्छ | बर भनेको प्रमुख | रावाणान्तकर, माखन​-तस्कर​, गोपी-जन​-वस्त्र​-हरि |