NE/Prabhupada 0403 - विभावरी शेष तात्पर्य



Purport to Vibhavari Sesa


जब उहाँ रामचन्द्रको रुपमा प्रकट हुनुभयो, उहाँले रावणलाई मार्नुभयो, रावाणान्तकर | माखन​-तस्कर​, र वृन्दावनमा उहाँलाई मख्खन चोरको रुपमा चिनिन्छ | उहाँको बाल-लिलामा, उहाँले गोपीहरुबाट मख्खन चोर्नुहुन्थ्यो | त्यो उहाँको आनन्द-लिला थियो, तसर्थ उहाँलाई माखन-तस्कर, माखनचोर भनिन्छ | गोपी-जन​-वस्त्र​-हरि, र उहाँले गोपीहरु नुहाएको बेलामा उनीहरुको वस्त्र पनि चोर्नुभायो | यो धेरै रहस्यमय छ | वास्तवमा गोपीहरु कृष्णलाई चाहन्थे | उनीहरुले कात्यायनी-देवीलाई प्रार्थना गरे, किनकि उहाँ आफ्ना उमेरका सम्पूर्ण गोपीहरुको लागि आकर्षक हुनुहुन्थ्यो, त्यसैले उनीहरु कृष्णलाई पतिको रुपमा चाहन्थे | त्यसैले, बाहिरी रुपले कृष्ण उही उमेरको हुनुहुन्थ्यो, र उहाँ सबै गोपीहरुको लागि पति कसरी हुन सक्नुहुन्छ ? तर उहाँले स्विकार्नुभयो | किनकि गोपीहरु कृष्णको पत्नी बन्न चाहन्थे, तसर्थ कृष्णले उनीहरुको प्रस्ताव स्वीकार्नुभयो | उनीहरुलाई कृपा देखाउनको लागि, उहाँले वस्त्र चोर्नुभायो, किनकि एउटा पतिले पत्नीको शारीरिक वस्त्रको आवरण हटाउन सक्छ | अरु कसी यो छुन सक्दैन | त्यसैले त्यो हो प्रयोजन, तर मानिसहरुलाई थाहा छैन | तसर्थ कृष्ण-लिला आत्मानुभूति गरेका व्यक्तिबाट सुन्नुपर्छ, वा यो अंशबाट बच्नुपर्छ | अन्यथा हामीले कृष्णले वस्त्र चोर्नुभायो भनेर गलत बुझ्नेछौँ, र उहाँ धेरै पतित, स्त्रीलम्पट, त्यस्तै हुनुहुन्छ भनेर सोच्छौं | त्यो होइन | उहाँ परम भगवान हुनुहुन्छ | उहाँले हरेक भक्तको इच्छा पुरा गर्नुहुन्छ | कृष्णको गोपीहरुलाई नग्न देख्ने कुनै कार्य थिएन, तर उनीहरुले पत्नी बन्ने इच्छा गरेका कारणले उहाँले उनीहरुको इच्छा पुरा गर्नुभयो | एउटा उपहार,"हो, म तिमीहरुको पति हुँ, मैले तिमीहरुको वस्त्र लिएको छु | अब तिमीहरु आफ्नो वस्त्र लिऊ र घर जाऊ |" तसर्थ उहाँलाई गोपी-जन​-वस्त्र​-हरि भनिन्छ | ब्रजेर राखाल​, गोप​-वृन्द​-पाल​, चित्त​-हारी वंशी-धारी | ब्रजेर-राखाल, वृन्दावनमा ग्वालबालहरु, र गोप-वृन्द-पाल, उहाँको लक्ष्य कसरी गोठालाहरुलाई सन्तुष्ट पार्ने थियो, उहाँका पिता, काका सबजना गाई राख्नुहुन्थ्यो, उहाँहरुलाई खुसी बनाउन | चित्त-हारी वंशी-धारी, र जब उहाँ बाँसुरी बजाउँदै हुनुहुन्थ्यो, त्यसले सबैको मुटु हर्थ्यो, चित्त-हारी | उहाँले सबैको मुटु हर्नुहुन्थ्यो | योगीन्द्र-वन्दन, वृन्दावनमा कृष्ण सानो ग्वालबालको भूमिकामा रहनुभए पनि, एउटा गाउँले बालकले आफ्ना मित्रसँग ठट्यौली गरे जस्तै, तर पनि उहाँ योगीन्द्र वन्दन हुनुहुन्छ | योगीन्द्र भनेको सर्वोत्तम योगी | ध्यानावस्थित​-तद्-गतेन मनसा पश्यन्ति यं योगिनः (श्री भा १२|१३|१) | योगीन:, ध्यानबाट उनीहरु कसलाई प्राप्त गर्ने प्रयास गर्छन् ? यी कृष्ण | उनीहरु कृष्णलाई प्राप्त गर्ने प्रयासमा छन् | त्यसैले जबसम्म उनीहरु आफ्नो मन कृष्णमा एकाग्र गर्ने विन्दुसामा आउँदैनन्, उनीहरुको योगीक सिद्धि बेकार हुन्छ | योगीनाम् अपि सर्वेषां मद्-गत​-अन्तर (भ गी ६|४७) | योगी, प्रथम श्रेणीको योगीले सधैं कृष्णलाई आफ्नो हृदयभित्र राख्नुपर्छ | त्यो योगको पूर्णता हो | तसर्थ योगीन्द्र-वन्दन भनिन्छ, श्री-नन्द​-नन्दन​, ब्रज​-जन​-भय​-हारी | उहाँको आराधना महान योगीले गरे पनि, उहाँ वृन्दावनमा नन्द-महाराजको पुत्रको रुपमा बस्नुहुन्छ, र वृन्दावनका वासीहरु, उनीहरु कृष्णको सुरक्षामा सुरक्षित र आनन्द अनुभव गर्छन् | नवीन नीरद​, रूप मनोहर​, मोहन​-वंशी-विहारी | नवीन नीरद​, नीरद भनेको बादल, उहाँको वर्ण नयाँ बादलजस्तै छ | नयाँ बादल, कालो, रुप | तब पनि उहाँ सुन्दर हुनुहुन्छ | साधारणतया कालो रङ्गलाई यस भौतिक जगतभित्र त्यति सुन्दर मानिंदैन, तर किनकि उहाँको शरीर दिव्य छ, उहाँ कालो भए पनि, उहाँ सार्वभौमिक रुपमा आकर्षक हुनुहुन्छ | रुप मनोहर | मोहन-वंशी-विहारी, जब उहाँ आफ्नो बाँसुरीदहित उभिनुहुन्छ, उहाँ कालो भए पनि सबजनाको लागि धेरै आकर्षक हुनुहुन्छ | यशोदा-अन्दन​, कंस​-निसूदन​, उहाँ माता यशोदाको पुत्रको रुपमा धेरै प्रचलित हुनुहुन्छ, उहाँ कंसको बधकर्ता हुनुहुन्छ, र निकुञ्ज​-रास​-विलासी, र उहाँ नाच्ने गर्नुहुन्थ्यो, रास नृत्य, र निकुञ्ज​मा, वंशी-वट​, निकुञ्ज​ | कदम्ब-कानन, रास-परायण, त्यहाँ धेरै कदम्बका रुखहरु छन् | कदम्ब वृन्दावनमा फुल्ने एक प्रकारको फुल हो, धेरै राम्रो वासना र सुन्दर, गोलो | त्यसैले कदम्ब-कानन, उहाँले यस कदम्बको रुख तल आफ्नो रास नृत्यको आनन्द लिनुभयो | आनन्द-वर्धन प्रेम​-निकेतन​, फुल​-शर​-योजक काम​ | त्यसैले उहाँले गोपीको कामुक इच्छालाई उत्तेजित पार्नुभायो र उनीहरुको दिव्य आनन्द बढाउँदै जानुभयो | आनन्द-वर्धन प्रेम​-निकेतन​, किनकि उहाँ आनन्दको सागर हुनुहुन्छ | गोपीहरु उहाँकहाँ आनन्द लिन आउँथे किनकि उहाँ सम्पूर्ण आनन्दको सागर हुनुहुन्छ | जस्तै हामी एउटा पानी भएको तालमा पानी लिन जान्छौं | त्यसैगरी, यदि हामी वास्तवमा आनन्दमय जीवन चाहन्छौं, तब हामीले सम्पूर्ण आनन्दको सागर, कृष्णबाट लिन सक्छौं | आनन्द-वर्धन, त्यो आनन्द बढ्नेछ | भौतिक आनन्द घट्नेछ | तपाईले धेरै समयसम्म आनन्द लिन सक्नुहुन्न, यो घट्नेछ, तर अध्यात्मिक आनन्द, यदि तपाई आनन्दका सगर, कृष्णबाट यो आनन्द लिन चाहनुहुन्छ, तब यो बढ्नेछ | तपाईको आनन्द शक्ति बढ्नेछ, र तपाईले अझ धेरै आनन्द प्राप्त गर्नुहुनेछ | जब तपाई आफ्नो आनन्द शक्ति बढाउनुहुन्छ, वा इच्छा गर्नुहुन्छ, त्यो आपूर्ति निरन्तर हुन्छ | कुनै सिमा छैन | फुल​-शर​-योजक काम​, उहाँ दिव्य कामदेव हुनुहुन्छ | कामदेव, धनु र वाणसँग, उनले भौतिक जगतको कामवासना बढाउँछन् | त्यसैगरी भौतिक जगतमा, उहाँ परम कामदेव हुनुहुन्छ | उहाँले गोपीहरुको कामवासना बढाउँदै हुनुहुन्थ्यो | उनीहरु त्यहाँ आउनेगर्थे, र दुवैजना, त्यहाँ कुनै दुर्गति थिएन | उनीहरुको इच्छा बढ्दै गर्थ्यो, र कृष्णले उनीहरुलाई प्रदान गर्नुहुन्थ्यो, जीवनको कुनै भौतिक धारणा बिना | उनीहरु केवल नृत्य गर्दै थिए, त्यति हो | गोपाङ्गना-गण​, चित्त​-विनोदन​, समस्त​-गुण​-गण​-धाम​ | उहाँ विशेषगरि गोपाङ्गनाको लागि आकर्षक हुनुहुन्थ्यो | गोपाङ्गना भनेको व्रज-धामका नृत्यकर्ताहरु | गोपाङ्गना-गण​, चित्त​-विनोदन​, उनीहरु केवल कृष्णको विचारमा निमग्न हुन्थे | उनीहरु कृष्णबाट यति धेरै आकर्षित भएका थिए, यति धेरै आसक्त थिए, उनीहरुले आफ्नो हृदयभित्र उहाँको रुप एक क्षण पनि त्याग्न सक्दैनथे, चित्त-विनोदन, उहाँले गोपीको हृदयमा कब्जा गर्नुभयो, चित्त-विनोदन | समस्त-गुण-गण-धाम, उहाँ सम्पूर्ण दिव्य गुणको खानी हुनुहुन्छ | यमुना-जीवन​, केलि-परायण​, मानस​-चन्द्र​-चकोर​ | मानस-चन्द्र-चकोर, एउटा चरा छ जसलाई चकोर भनिन्छ | उसले चन्द्र-प्रकासतर्फ हेर्छ | त्यसैगरी, उहाँ गोपीहरु मध्ये चन्द्रमा हुनुहुन्थ्यो र उनीहरु केवल उहाँलाई हेर्थे | र उहाँ यमुनाको जीवन हुनुहुन्छ किनकि उहना यमुनामा हामफालेर आनन्द लिनुहुन्थ्यो | नाम-सुधा-रस​, गाओ कृष्ण​-यश​, राखो वचन​ | त्यसैले भ्क्तिविनोद ठाकुरले सबैलाई आग्रह गर्दै हुनुहुन्छ, "अब तिमीहरु सबजना भगवानका विभिन्न नाम जप र मलाई बचाऊ |" राखो वचन मनो: "मेरो प्रिय मन, कृपया मेरो वचन राख | कृपया अस्विकार नगर, कृष्णका यी सब पवित्र नाम जप्दै गर |"