NE/Prabhupada 0405 - राक्षसहरुले बुझ्न सक्दैनन् कि भगवान् व्यक्ति हुनुहुन्छ । त्यो आसुरी हो



Lecture on SB 7.7.30-31 -- Mombassa, September 12, 1971


राक्षसहरुले बुझ्न सक्दैनन् कि भगवान् व्यक्ति हुनुहुन्छ | त्यो आसुरी हो | तिनीहरु सक्दैनन्.... तिनीहरु बुझ्न सक्दैनन्, कठिनाई यो छ कि एउटा राक्षसले आफुसँग तुलना गरेर भगवानलाई बुझ्ने प्रयास गर्छन् | डा. भ्यागुताको त्यो कथा | डा. भ्यागुता प्रशान्त महासागर बुझ्ने प्रयासमा छ, आफ्नो तीन-फिटको पर्खालसँग तुलना गरेर, त्यति हो | जब उसलाई जानकारी हुन्छ कि त्यहाँ प्रशान्त महासागर छ, उसले केवल आफ्नो सिमित स्थानसँग तुलना गर्छ | त्यो चार फिट वा पाँच फिट वा दश फिट हुन सक्छ, किनकि ऊ तीन फिटभित्र छ | उसको मित्रले जानकारी दियो,"ओहो, मैले पानीको भण्डार देखेको छु, धेरै पानी |" त्यो विशालतालाई उसले अनुमान गर्दैछ "त्यो विशालता कति हुन सक्छ ? मेरो कुवा तीन फिटको छ, त्यो चार, पाँच फिट हुन सक्छ," ऊ सोच्दै छ | तर ऊ लाखौं फिटसम्म जान सक्छ, तब पनि यो विशाल हुन्छ | त्यो अर्को कुरा हो | तसर्थ, नास्तिक मानिसहरु, राक्षसहरु, तिनीहरु आफ्नो ढंगले सोच्छन् कि भगवान, कृष्ण यस्तो हुनुहुन्छ होला, कृष्ण त्यस्तो हुनुहुन्छ होला | साधारणतया तिनीहरु कृष्ण मजस्तै हुनुहुन्छ | तिनीहरु कसरी भन्छन् ? कृष्ण महान हुनुहुँदैन | तिनीहरु विश्वास गर्दैनन् भगवान महान हुनुहुन्छ | उनीहरु सोच्छन् कि भगवान म कति राम्रो हुनुहुन्छ, म पनि भगवान हुँ | यो आसुरी स्वभाव हो |