NE/Prabhupada 0409 - भगवद्-गीताको अनुवाद गर्ने कुनै प्रश्न उठ्दैन



Cornerstone Laying -- Bombay, January 23, 1975


यस लक्ष्य धेरै, धेरै आधिकारिक छ, र यसले धेरै ठुलो कार्यक्षेत्र समेट्छ | तसर्थ मेरो अनुरोध छ कि बम्बईका वासिन्दाहरु, विशेषगरी जो हाम्रा सदस्य छन्, यस संस्थालाई बम्बईमा धेरै सफल बनाउनउनीहरु कृपया सहभागी हुन् | धेरै महिला र सज्जन यहाँ उपस्थित हुनुहुन्छ | हामी जे गर्दैछौं, यो भ्रामिक वा काल्पनिक होइन | यो आधिकारिक छ र केवल भगवद-गीताको स्तरमा छ | हाम्रो वर्तमान अभियान भगवद गीता यथारूपमा आधारित छ | हामी आफ्नै व्यक्त्य गर्दैनौं | हामी मूर्खतापूर्ण ढंगले आफैं व्याख्या गर्दैनौं किनकि.... मैले उद्देश्यपूर्ण रुपले यो "मुर्खतापूर्ण" शब्द प्रयोग गर्दैछु कि हामीले किन कृष्णका वाणी व्याख्या गर्नुपर्यो ? के म कृष्णभन्दा बढी छु ? वा के कृष्णले कुनै अंश मेरो अनुवादद्वारा व्याख्या गर्न छाड्नुभयो ? तब कृष्णको के महत्व रहन्छ ? यदि मैले मेरो व्याख्या दिन्छु, मलाई कृष्णभन्दा ठुलो सम्झंदै, यो अपराध हुन्छ | म कृष्णभन्दा ठुलो कसरी हुन सक्छु ? यदि वास्तवमा हामी भगवद गीताको फाइदा लिन चाहन्छौं, तब हामीले भगवद गीता यथारुप लिनुपर्छ | जसरी अर्जुनले लिए | अर्जुनले भगवद गीता सुनेपछी, उनले भने, सर्वम् एतम् ऋतं मन्ये: "म सम्पूर्ण वानी स्वीकार्छु, मेरो प्रिय केशव, जे हजुरले भन्नुभएको छ | म ती सब कुराहरु जस्ताको तस्तै स्वीकार्छु, कुनै परिवर्तन बिना |" यो भगवद गीताको बुझाई हो, यो होइन कि मैले भगवद गीताको फाइदा लिन्छु र म मुर्खातापुर्वक अनुवाद गर्छु ताकी मानिसले मेरो दर्शन स्विकारुन् | यो भगवद गीता होइन | भगवद गीताको अनुवादको कुनै प्रश्न छैन | अनुवाद तब स्वीकृत छ जब तपाईले बुझ्न सक्नुहुँदैन | जब कुराहरु स्पष्टसँग बुझिन्छ....... यदि मैले भन्छु,"यो माइक्रोफोन हो," सबजनाले बुझछन् कि यो माइक्रोफोन हो | यसलाई अनुवाद गर्ने आवश्यकता कहाँ छ ? कुनै आवश्यकता छैन | यो मुर्खता हो, गलत बाटो देखाउने | भगवद गीताको कुनै व्याख्या हुन सक्दैन | सबै कुरा त्यस विन्दुसम्म स्पष्ट छन् | जस्तै भगवान कृष्णले भन्नुहुन्छ..... कृष्णले भन्नुहुँदैन कि "तिमी सबै सन्यासी बन र आफ्नो धर्म त्याग |" होइन | कृष्ण भन्नुहुन्छ, स्व​-कर्मणा तम् अभ्यर्च्य संसिद्धिः लभते नरः (भ गी १८|४६) | तपाई आफ्नो कार्यमा बस्नुहोस् | तपाई आफ्नो पेशामा बस्नुहोस् | परिवर्तन गर्ने कुनै आवश्यकता छैन | तर पनि, तपाई कृष्ण भावनाभावित हुन सक्नुहुन्छ र आफ्नो जीवन सफल बनाउन सक्नुहुन्छ | यो भगवद गीताको सन्देश हो | भगवद गीताले सामाजिक वा अध्यात्मिक व्यवस्थालाई कुनै परिवर्तित रुप दिंदैन | होइन | यसलाई अधिकारी अनुरुप मान्नुपर्छ | र सर्वोत्तम अधिकारी कृष्ण हुनुहुन्छ | त्यसैले यस केन्द्रलाई सफल बनाउनुहोस्, बम्बईका तपाई महिला र सज्जनहरु | हामीहरुसँग धेरै राम्रो स्थान छ | हामी निर्माण गर्दैछौं ताकी तपाई यहाँ आएर कम्तिमा छुट्टिको दिनमा बस्नुहोस् | यदि तपाई बस्नुहुन्छ, आवकसप्राप्त वा वृद्ध-वृद्धाहरु यहाँ आएर बस्न सक्छन् | हामीहरुसँग पर्याप्त स्थान हुन्छ | तर भगवद गीताका यी सिद्धान्तहरु संसारभरि व्यवस्था गर्ने प्रयास गर्नुहोस् | त्यो भारतको उपहार हुनेछ | चैतन्य महाप्रभुले चाहनुहुन्थ्यो कि जसले भारतमा जन्म लिएका छन्, मानवको रुपमा, कुकुर र बिरालो होइन..... कुकुर र बिरालोले अरुको लागि केहि राम्रो गर्नमा सहभागी हुन सक्दैनन् | उहाँले भन्नुभयो, भारत​-भूमिते मनुष्य​-जन्म हैल यार​ जन्म सार्थक करिऽ कर पर​-उपकार (चै च आदि ९|४१) | जसले भारत-भूमिमा मानवको रुपमा जन्म लिएको छ, सर्वप्रथम आफ्नो जीवन सफल बनाऊ |" किनकि तपाईसँग मापक छ, कसरी जीवन सफल बनाउने | यहाँ भगवद गीता छ | यसलाई बुझ्ने प्रयास गर्नुहोस्, आफ्नो जीवन सफल बनाउनुहोस्, अनि यो सन्देश संसारभरि प्रसारण गर्नुहोस् | यो परोपकार हो | वास्तव भारत र भारतीयहरुको कार्य परोपकार हो | हामी अरुलाई शोषण गर्नको लागि होइन | त्यो हाम्रो लक्ष्य होइन | वास्तवमा त्यो हुँदैछ | सबजना भारतको बाहिर जाँदैछन् | तिनीहरु त्यहाँ शोषण गर्न जान्छन् | तर यो प्रथम पटक हो कि भारतले बाहिरी मानिसलाई केहि दिंदैछ, यो अध्यात्मिक ज्ञान | र प्रमाण तपाईले देख्न सक्नुहुन्छ | हामी दिंदैछौं, हामी लिंदैछैनौं | हामी माग्न जाँदैनौं,"मलाई गहुँ देऊ, मलाई पैसा देऊ, मलाई यो देऊ, मलाई त्यो देऊ |" होइन | हामी केहि सन्तोषजनक दिंदैछौं र उनीहरु आभारी प्रकट गर्दैछन् | अन्यथा, किन यी युवा-युवतीहरु यस कृष्ण भावनामृत अभियानको पछाडी छन् ? उनीहरु केहि अनुभव गर्दैछन् कि उनीहरु केहि मुर्त कुरा प्राप्त गर्दैछन् | त्यसैले यसको शक्ति छ, धेरै राम्रो शक्ति | उनीहरु अमेरिकी वा क्यानडेली वा अस्ट्रेलियाली अनुभव गर्दैछैनन् | हामी ओअनी भारतीय अनुभव गर्दैछैनौँ | अध्यात्मिक स्तरमा हामी एक हौँ | विद्या-विनय​-सम्पन्ने ब्राह्मणे गवि हस्तिनि शुनि चैव श्व​-पाके च पण्डिताः सम​-दर्शिनः (भ गी ५|१८) यो वास्तविक शिक्षा हो | आत्मवत् सर्व-भूतेषु | महान नेता, चाणक्य पण्डितले पनि भन्छन्, मातृवत् पर​-दारेषु पर​-द्रव्येषु लोष्ट्रवत् आत्मवत् सर्व​-भूतेषु यः पश्यति स पण्डितः यो महान संस्कृति हो, भगवद गीता यथारूप | त्यसैले ती जिम्मेवार महिला र सज्जनहरु यहाँ उपस्थित छन्, यस केन्द्रलाई धेरै सफल बनाउन र यहाँ आउन, भगवद गीता यथारूप कुनै मुर्खतापूर्ण व्याख्याले पढ्न | मैले फेरी मुर्ख भन्छु किनकि व्याख्या थोरै पनि जरुरि छैन | सबै कुरा स्पष्ट छ, सुरुवात देखि | धर्म​-क्षेत्रे कुरु-क्षेत्रे समवेता युयुत्सवः मामकाः पाण्डवाश् चैव किम् अकुर्वत सञ्जय (भ गी १|१) | धेरै स्पष्ट |