NE/Prabhupada 0410 - हाम्रा मित्रहरुले अनुवाद सुरु गरिसके



Cornerstone Laying -- Bombay, January 23, 1975


कुरुक्षेत्र अझै धर्म-क्षेत्र हो | वेदमा वर्णित छ, कुरुक्षेत्रे धर्मम् आचरेत्: "धार्मिक विधि सम्पन्न गर्न कुरुक्षेत्र जानुपर्छ |" तसर्थ यो धर्म-क्षेत्र अथाह समयदेखि छ | र हामीले किन व्याख्या गर्ने कि "कुरुक्षेत्र भनेको यो शरीर, धर्मक्षेत्र भनेको यो शरीर" ? किन ? किन मानिसलाई गलत दिशा देखाउने ? यो गलत धारणा बन्द गर्नुहोस् | र कुरुक्षेत्र अझै त्यहाँ छ | कुरुक्षेत्र स्टेसन, रेल स्टेसन त्यहाँ छ | त्यसैले भगवद गीता यथारुप बुझ्ने प्रयास गर्नुहोस्, आफ्नो जीवन सफल बनाउनुहोस्, र यस सन्देश संसारभरि प्रचार गर्नुहोस् | तपाई खुसी हुनुहुनेछ; संसार खुसी हुनुहुनेछ | अवश्य पनि, म अहिले धेरै वृद्ध छु | मेरो उमेर असी वर्ष छ | मेरो जीवन सकिसक्यो | तर मलाई अरु देशका समेत गरेर केहि जिम्मेवार भारतीय चाहिएका छन्...... अरु देशहरुले राम्रो सहयोग गर्दैछन् | अन्यथा, मलाई यति छोटो समयमा फैलाउन सम्भव थिएन, केवल सात वा आठ वर्ष, यो सम्प्रदाय संसारभरि प्रचार गर्न | त्यसैले मलाई भारतीयको सहयोग चाहिन्छ, विशेषगरी युवाहरु, शिक्षित मानिसहरु | अगाडी सर्नुहोस् | हामीसँग बस्नुहोस् | भगवद-गीता अध्ययन गर्नुहोस् | हामीले केहि उत्पादन गरेका छैनौं | उत्पादन गर्न केहि छैन | र हामीले के उत्पादन गर्न सक्छौं ? हामी सबै अपूर्ण छौं | जे पनि छ, हामीले यो पढेर आफ्नो जीवनमा व्यवहारिक रुपमा लागु गरौँ, र यस सन्देश संसारभरि फैलाऔं | त्यो हाम्रो लक्ष्य हो | आज धेरै पुण्य तिथि छ | ठुलो संघर्षका साथ हामीले अहिले अनुमति प्राप्त गरेका छौं | अब कृपया यस प्रयासलाई सहयोग गर्नुहोस्, सम्भव भएसम्म तपाईको प्राणैर् अर्थैर् धिया वाचा, चार कुराहरु: तपाईको जीवनबाट, तपाईको शब्दबाट, तपाईको पैसाबाट...... प्राणैर् अर्थैर् धिया वाचा श्रेय​-आचरणं सदा | यो मानव जीवनको उद्देश्य हो | जे तपाईसँग छ...... यो होइन कि "म गरिब भएकाले यस अभियानलाई मदत गर्न सक्दिनँ |" होइन | तपाईसँग आफ्नो जीवन छ | त्यसैले तपाई आफ्नो जीवन समर्पण गर्नुहोस्, त्यो पूर्ण हुन्छ | यदि तपाई आफ्नो जीवन समर्पण गर्न सक्नुहुन्न, केहि पैसा दिनुहोस् | तर यदि तपाई दक्नुहुन्छ......., गरिब मानिस, तपाईले दिन सक्नुहुन्न, तब तपाईले केही बुद्धि दिनुहोस् | र यदि तपाई मुर्ख हुनुहुन्छ, आफ्नो शब्दहरु दिनुहोस् | कुनै पनि तरिकाले तपाईले यो अभियानलाई मदत गर्न सक्नुहुन्छ र कल्याण गतिविधि गर्न सक्नुहुन्छ, भारतको लागि र भारत बाहिर | त्यो मेरो अनुरोध छ | म तपाईलाई स्वागत गर्छु | अवश्य पनि, आज एकादशी हो | हामीहरु धेरै व्रत बस्दैछौं | केहि प्रसादम् दिइनेछ | यो प्रसादम्को प्रश्न होइन; यो हाम्रो हातमा रहेको महत्वपूर्ण कार्यको प्रश्न हो, कसरी भगवान चेतना अभियान फैलाउने | अन्यथा, तपाई कहिल्यै खुसी हुनुहुनेछ | केवल भौतिक चेतना, गृह-क्षेत्र..... अतो गृह​-क्षेत्र​-सुताप्त​-वित्तैर् जनस्य मोहो ऽयम् अहं ममेति (श्री भा ५|५|८) | यो भौतिक सभ्यता भनेको कामवासना | स्त्रीहरु पुरुष पछि छन्; पुरुषहरु स्त्री पछी छन् | पुंसः स्त्रिया मिथुनी-भवम् एतं तयोर् मिथः | र जब तिनीहरु एक हुन्छन्, तिनीहरुलाई गृह, घर चाहिन्छ; गृह-क्षेत्र, जमिन; गृह​-क्षेत्र​-सुत​, बच्चाहरु, मित्रहरु, पैसा; र मोहो, भ्रम, अहं ममेति (श्री भा ५|५|८), "यो म हुँ, यो मेरो हो |" यो भौतिक सभ्यता हो | तर मानव जीवन त्यसको लागि होइन | नायं देहो देह​-भाजां नृलोके कष्टान् कामान् अर्हते विड्-भुजां ये (श्री भा ५|५|१) | त्यसैले तपाई अध्ययन गर्नुहोस् | हामीसँग अहिले पर्याप्त पुस्तक छन् | हाम्रो पुस्तक अध्ययन गर्न कुनै कठिनाई छैन | हामीले अंग्रेजी अनुवादमा दिएका छौं | सबजना, कुनै सज्जनलाई अंग्रेजी थाहा छ | र हामी हिन्दि, गुजराती, र अरु सबै भाषामा दिनेछौं | हाम्रा मित्रहरुले अनुवाद सुरु गरिसके | त्यसैले ज्ञानको कुनै कमि हुनेछैन | कृपया यहाँ आउनुहोस्, कम्तिमा हप्ताको एक पटक बस्नुहोस, यी सब पुस्तक अध्ययन गर्नुहोस्, जीवनको दर्शन बुझ्ने प्रयास गर्नुहोस् र सारा संसारभरि फैलाउने प्रयास गर्नुहोस् | त्यो भारतवर्षको लक्ष्य हो | भारत-भूमिते मनुष्य​-जन्म हैल यार जन्म सार्थक करिऽ कर पर​-उपकार (चै च आदि ९|४१) यो परोपकार अभियान हो, अरुलाई कल्याण गर्नु, कुकुर र बिरालोजस्तो होइन, केवल पैसा ल्याउने र इन्द्रियतृप्ति गर्ने | यो मानव जीवन होइन | मानव जीवन परोपकारको लागि हो | मानिस अज्ञानतामा छन्, भगवानको कुनै ज्ञान बिना, जीवनको आदर्श बिना | तिनीहरु केवल कुकुर, बिरालो र सुँगुर जसरी कार्यरत छन् | त्यसैले तिनीहरु शिक्षित हुनुपर्छ | मानव जीवन त्यस्तो शिक्षा प्राप्त गर्ने मौका हो | त्यसैले यो केन्द्र मानव समाजलाई शिक्षा दिन, वास्तवमा मानव बन्न, र आफ्नो जीवन सफल बनाउन हो |

धेरै धेरै धन्यवाद |

हरे कृष्ण |