NE/Prabhupada 0437 - शंखलाई धेरै शुद्ध एवं दिव्य मानिन्छ



Lecture on BG 2.8-12 -- Los Angeles, November 27, 1968


यदि उसले उपनिषदहरुबाट सन्दर्भ दिन्छ, उसको तर्क धेरै बलियो हुन्छ | शब्द-प्रमाण | प्रमाण भनेको पुष्टि | प्रमाण....... यदि तपाई आफ्नो मुद्दा जित्न चाहनुहुन्छ...... जसरी तपाईसँग अदालतमा दिन धेरै राम्रो प्रमाण हुन्छ, त्यसैगरी वैदिक संस्कृति अनुसार पुष्टि प्रमाण हो | प्रमाण भनेको पुष्टि | शब्द-प्रमाण | वैदिक संस्कृतिका विद्वानहरुले तीन प्रकारका प्रमाणहरु स्वीकार्छन् | एउटा प्रमाण प्रत्यक्ष हो | प्रत्यक्ष भनेको सिधा अनुभूति | जस्तै मैले तपाईलाई देख्दैछु, तपाईले मलाई देख्दै हुनुहुन्छ | म उपस्थित छु, तपाई उपस्थित हुनुहुन्छ | यो प्रत्यक्ष अनुभूति हो | र अर्को प्रमाण छ जसलाई अनुमान भनिन्छ | मानौं त्यस कोठामा, म अहिले आउँदैछु, मलाई थाहा छैन कि त्यहाँ कुनै मानिस छ कि छैन | तर त्यहाँ कुनै आवाज छ, म कल्पना गर्न सक्छु,"त्यहाँ कोहि छ |" यसलाई अनुमान भनिन्छ | तर्कमा यसलाई परिकल्पना भनिन्छ | यो पनि प्रमाण हो | यदि मेरो आध्कारिक सुझावलाई मैले प्रमाण दिन सक्छु, त्यो पनि स्विकारिन्छ | प्रत्यक्ष प्रमाण र परिकल्पना वा सुझाव प्रमाण | तर बलियो प्रमाण भनेको शब्द-प्रमाण हो | शब्द, शब्द-ब्रह्म | त्यो भनेको वेद | यदि कसैले वेदको कथनबाट प्रमाण दिन सक्छ, तब त्यसलाई स्वीकार्नुपर्छ | कसैले पनि वैदिक प्रमाण अस्विकार गर्न सक्दैन | त्यो चलन छ | यो कसरी भयो ? चैतन्य महाप्रभुले धेरै राम्रो उदाहरण दिनुभएको छ | त्यो वेदमा छ | जस्तै हामीले भगवानको कक्षमा शंख राख्छौं | शंखलाई धेरै शुद्ध, दिव्य मानिन्छ, अन्यथा हामीले भगवानको अगाडी कसरी राख्ने र तपाईले यो बजाउनुहुन्छ पनि ? तपाईले शंखद्वारा पानी अर्पण गर्नुहुन्छ | तपाईले कसरी अर्पण गर्न सक्नुहुन्छ ? तर यो शंख के हो ? शंख पशुको हात्ती हो | यो अरु केहि होइन तर पशुको हड्डी हो | तर विदिक उपदेश यो छ कि यदि तपाईले पशुको हड्डी छुनुहुन्छ, तपाईले तत्काल स्नान गर्नुपर्नेछ | तपाई अशुद्ध बन्नुहुनेछ | अब कसैले भन्न सक्छ, "ओहो, यो विरोधाभाष हो | एक स्थानमा भनिएको छ कि पशुको हड्डी छोयो भने, आफुलाई तत्काल स्नान गरेर शुद्ध पार्नुपर्छ, र यहाँ पशुको हड्डी भगवानको कक्षमा छ | त्यसैले यो विरोधाभाष हो, के हो होइन ? यदि पशुको हड्डी अशुद्ध हुन्छ, तपाईले यसलाई भगवानको कक्षमा कसरी राख्न सक्नुहुन्छ ? र यदि पशुको हड्डी शुद्ध हो, तब अशुद्ध हुनु र स्नान गर्नुको के अर्थ रहन्छ ? तपाईले यस्तै विरोधाभाष वैदिक उपदेशहरुमा पाउनुहुन्छ | तर वेदमा पशुको हड्डी अशुद्ध हुन्छ भनेर वर्णन गरिएको कारणले तपाईले स्वीकार्नुपर्छ | तर यो पशुको हड्डी, शंख शुद्ध हुन्छ | जस्तै कहिलेकाही हाम्रा शिष्यहरु विचलित हुन्छन् जब हामी भन्छौं कि प्याज खानुहुँदैन, तर प्याज तरकारी हो | त्यसैले शब्द-प्रमाण भनेको वैदिक प्रमाणलाई कुनै तर्क बिना स्वीकार्नुपर्छ | त्यहाँ अर्थ हुन्छ; त्यहाँ विरोधाभाष हुँदैन | त्यहाँ अर्थ हुन्छ | जस्तै मैले तपाईलाई धेरै पटक भनिसकें कि गोबर, वैदिक उपदेश अनुसार गोबर शुद्ध हुन्छ | भारतमा यो वास्तवमा औषधिको रुपमा प्रयोग गरिन्छ | विशेषगरी गाउँमा, गोबरको ठुलो मात्र हुन्छ र गोबरलाई घरभरि लेपिन्छ ताकी घर शुद्ध होस् | र वास्तवमा, तपाईको कोठामा गोबर लेपे पछी, जब यो सुक्छ, तपाईले ताजा महशुस गर्नुहुन्छ, सबै शुद्ध | यो व्यवहारिक अनुभव हो | र एक डा. घोस, एक महान रसायनशास्त्री, उनले गोबरको परिक्षण गरे कि वैदिक साहित्यमा गोबर किन यति धेरै महत्वपूर्ण छ ? उनले पाए कि गोबरमा सबै रोगाणुरोधक गुण हुन्छ |