NE/Prabhupada 0438 - सुकेको गोबरलाई जलाएर दन्त-मन्जनको रुपमा प्रयोग गरिन्छ



Lecture on BG 2.8-12 -- Los Angeles, November 27, 1968


आयुर्वेदमा सुकेको गोबरलाई जलाएर दन्त-मन्जनको रुपमा प्रयोग गरिन्छ | यो धेरै रोगाणुरोधक दन्त-मन्जन हो | त्यसैगरी, धेरै कुराहरु छन्, वेदमा धेरै उपदेशहरु, जुन विरोधाभाषपूर्ण लाग्न साछ, तर तिनीहरु विरोधाभाष होइनन् | तिनीहरु दिव्य अनुभूतिमा छन् | जस्तै एउटा पिताले आफ्नो बच्चालाई भन्छन् कि "मेरो प्रिय बाबु, तिमी यो खाना खाऊ | यो धेरै राम्रो छ |" र बच्चाले त्यो ग्रहण गर्छ, पिता, अधिकारीको विश्वास गरेर | पिताले भन्छन्....... पितालाई थाहा छ कि "मेरो पिता....." ऊ आश्वस्त छ कि "मेरो पिताले मलाई कहिल्यै विष दिनुहुँदैन |" तसर्थ उसले अन्धो रुपमा कुनै कारण बिना स्वीकार्छ, यो शुद्ध छ कि छैन भनेर खानाको कुनै परिक्षण बिना | तपाईले त्यस प्रकारले विश्वास गर्नुपर्छ | तपाई एउटा होटल जानुहुन्छ किनकि त्यो सरकारद्वारा अनुमतिप्राप्त छ | तपाईले विश्वास गर्नुपर्छ कि तपाईले त्यहाँ भोजन लिंदा यो राम्रो हुन्छ, यो शुद्ध हुन्छ वा यो रोगाणुरोधक हुन्छ वा यो....... तर तपाईलाई कसरी थाहा हुन्छ ? अधिकारबाट | किनकि होटललाई सरकारले आधिकारिक पुष्टि गरेको छ, योसँग अनुमतिपत्र छ, त्यसैले तपाईले विश्वास गर्नुहुन्छ | त्यसैगरी शब्द-प्रमाण भनेको जब तपाईले देख्नुहुन्छ कि त्यहाँ प्रमाण छ, वैदिक साहित्यमा,"यो यस्तो हो," तपाईले स्वीकार्नुपर्छ | त्यति हो | तब तपाईको ज्ञान पूर्ण हुन्छ किनकि तपाईले पूर्ण श्रोतबाट ज्ञान स्वीकार गर्दै हुनुहुन्छ | त्यसैगरी कृष्णलाई सर्वोच्च पुरुषोत्तम भगवानको रुपमा स्वीकारिएको छ | उहाँले जे भन्नुहुन्छ, त्यो सबै ठिक हुन्छ | स्वीकार | अर्जुनले अन्त्यमा भने, सर्वम् एतद् ऋतं मन्ये (भ गी १०|१४) | "मेरो प्रिय कृष्ण, हजुरले जे भन्नुहुन्छ म स्वीकार्छु |" त्यो हाम्रो सिद्धान्त हुनुपर्छ | हामी खोज गरेर झन्झट किन लिने जब त्यहाँ अधिकारीबाट प्रमाण दिइएको छ ? त्यसैले आफ्नो समय बचाउन, समस्याबाट बच्न हामीले वास्तविक अधिकारीलाई स्वीकार्नुपर्छ | यो वैदिक प्रक्रिया हो | तसर्थ वेदमा भनिएको छ, तद् विज्ञानार्थं स गुरुम् एवाभिगच्छेत् (मु उ १|२|१२) |