NE/Prabhupada 0443 - निराकारवादको कुनै प्रश्न उठ्दैन



Lecture on BG 2.8-12 -- Los Angeles, November 27, 1968


प्रभुपाद: अघि बढ |

भक्त: "यदि व्यक्तित्व तथ्य होइन, तब कृष्णले भविष्यको लागि पनि यति धेरै जोड दिनुहुँदैन थियो |

प्रभुपाद: हो | उहाँले भन्नुहुन्छ कि कुनै समय थिएन जब हाम्रो व्यक्तित्व थिएन, र भविष्यमा कुनै यस्तो समय हुनेछैन जब हामी व्यक्ति रहनेछैनौं | र जहाँसम्म वर्तमान समयको कुरा छ, हामी सबै व्यक्ति छौं | तपाईलाई थाहा छ | त्यसैले व्यक्तित्व गुमाउने प्रश्न कहाँ छ ? निराकार हुने ? होइन | कुनै सम्भावना छैन | यो शुन्यवाद, निराकारवाद, तिनीहरु नकार्ने कृत्रिम उपाय हुन्, यो भौतिक अस्तित्वको हैरान दिने विविधतादेखि | त्यो नकारात्मक पक्षमात्र हो | त्यो सकारात्मक पक्ष होइन | सकारात्मक पक्ष यो हो कि, जसरी कृष्णले भन्नुहुन्छ, त्यक्त्वा देहं पुनर् जन्म नैति माम् एति कौन्तेय (भ गी ४|९) | "यो भौतिक अस्तित्व त्यागे पछी, एक मानिस मकहाँ आउँछ |" जस्तै यो कोठाबाट निस्किए पछी, तपाई अर्को कोठामा प्रवेश गर्नुपर्छ | तपाईले भन्न सक्नुहुँदैन कि "यो कोठाबाट निस्किए पछी, म आकाशमा बस्नेछु |" त्यसैगरी, यो शरीर त्यागे पछी, यदि तपाई अध्यात्मिक राज्यमा कृष्णकहाँ जानुहुन्छ, तपाईको व्यक्तित्व हुनेछ, तर तपाईसँग अध्यात्मिक शरीर हुनेछ | जब अध्यात्मिक शरीर हुन्छ, तब कुनै विचलन हुनेछैन | जस्तै तपाईको शरीर जलचरको शरीरभन्दा भिन्न छ | जलचरहरु, तिनीहरुलाई पानीमा कुनै विचलन हुँदैन किनकि उनीहरुको शरीर त्यस्तै रुपमा बनेको छ | तिनीहरु त्यहाँ शान्तिपूर्वक बाँच्नसक्छन् | तपाई बाँच्न सक्नुहुँदैन | त्यसैगरी, माछाहरु, यदि तपाईले तिनीहरुलाई पानीबाट बाहिर निकाल्नुहुन्छ, तिनीहरु बाँच्न सक्दैनन् | त्यसैगरी, किनकि तपाई आत्मा हुनुहुन्छ, तपाई यस भौतिक जगत शान्तिपूर्वक बाँच्न सक्नुहुँदैन | यो परदेशी हो | तर जब तपाई अध्यात्मिक जगतमा प्रवेश गर्नुहुन्छ, तपाईको जीवन शाश्वत, आनन्दमय र ज्ञानले पूर्ण हुन्छ, वास्तविक शान्ति हुन्छ | त्यक्त्वा देहं पुनर् जन्म नैति (भ गी ४|९) | कृष्णले भन्नुहुन्छ "यो शरीर छाडे पछी, ऊ यस भौतिक जगतको विचलनमा फर्केर आउँदैन |" माम् एति,"ऊ मकहाँ आउँछ |" "म" भनेको उहाँको राज्य, उहाँको सामग्री, उहाँका पार्षद,सबै | यदि कुनै धनि मानिस वा कुनै राजाले भन्छ, "ठिक छ, तिमी मकहाँ आऊ," त्यसको मतलब यो होइन कि ऊ निराकार हो | यदि कुनै राजाले भन्छ,"मकहाँ आऊ....." भनेको ऊसँग आफ्नो दरवार छ, ऊसँग आफ्नो सेवक छ, ऊसँग आफ्नो राम्रो घर छ, सबै कुरा छ | ऊ निराकार किन हुन सक्छ ? तर उसले योमात्र भन्छ,"मकहाँ आऊ |" यो "म" भनेको सबै | यो "म" भनेको निराकार होइन | र हामीले ब्रह्म-संहिताबाट जानकारी प्राप्त गर्छौं, लक्ष्मी-सहस्र​-शत​-सम्भ्रम​-सेव्यमानं... सुरभीर् अभिपालयन्तम् (ब्र स ५|२९) | उहाँ निराकार हुनुहुँदैन | उहाँ गाई पाल्नुहुन्छ, उहाँ सयौं-हजारौं भाग्यकी देवीसँग हुनुहुन्छ, उहाँका मित्र, उहाँका सामग्री, उहाँको राज्य, उहाँको घर, सबै कुरा त्यहाँ छ | त्यसैले निरकरवादको कुनै प्रश्न छैन |