NE/Prabhupada 0444 - गोपीहरु बद्ध जीव होइनन् । उनीहरु मुक्त आत्मा हुन्



Lecture on BG 2.8-12 -- Los Angeles, November 27, 1968


प्रभुपाद: हँ ?

भक्त: मैले हजुरको लेखमा कतै पढेको थिएँ कि राधा र कृष्णको गोप्य सम्बन्ध बुझ्न, एक मानिसले ती गोपीहरुको सेवा गर्नुपर्छ जो गोपीहरुका दास छन्, र मैले सोचेको थिएँ कि हजुर गोपीको दास हुनुहुन्छ | के यो सहि हो ? वा...... मैले गोपीहरुको दासको सेवा कसरी गर्ने ?

प्रभुपाद: गोपीहरु बद्ध जीव होइनन् | उनीहरु मुक्त आत्मा हुन् | त्यसैले सर्वप्रथम तिमी यो बद्ध जीवनबाट बाहिर निस्कनुपर्छ | तब गोपीको सेवा गर्ने प्रश्न आउँनेछ | वर्तमान समयमा गोपीको सेवा गर्न धेरै तत्पर नहोऊ | केवल आफ्नो बद्ध जीवनबाट बाहिर निस्कने प्रयास गर | तब समय आउनेछ तिमी गोपीको सेवा गर्नेछौ | यो बद्ध अवस्थामा हमीले कसैको सेवा गर्न सक्दैनौं | कृष्णले यो गर्दै हुनुहुन्छ | तर कृष्णले यस अर्च-मार्गमा सेवा स्वीकार्ने अवसर प्रदान गर्नुहुन्छ | जस्तै हामीले कृष्णको अर्च-विग्रह राख्छौं, नियम एवं सिद्धान्त अन्तर्गत प्रसाद अर्पण गर्छौं | त्यसैले हामीले यस प्रकारले विकास गर्नुपर्छ, यो जप र श्रवण, र मन्दिरमा आराधना, आरति, प्रसादम् अर्पण गर्ने | यस प्रकारले, जब हामीले विकास गर्छौं, तब स्वत: कृष्ण तिमी समक्ष प्रकट हुनुहुनेछ, र तिमीले आफ्नो अवस्था बुझ्नेछौ, कसरी तिमीले...... गोपीहरु भनेको जो सधैं, निरन्तर रुपमा भगवानको सेवामा संग्लग्न छन् | त्यो शाश्वत सम्बन्ध प्रकट हुनेछ | त्यसैले हामीले त्यसको लागि प्रतिक्षा गर्नुपर्छ | तत्काल हामीले गोपीहरुको सेवा अनुकरण गर्न सक्दैनौं | त्यो राम्रो विचार हो, कि तिमीले गोपीको सेवा गर्नेछौ, तर यसलाई समय लाग्नेछ | तत्काल होइन | तत्काल हामीले दैनिक रुपमा नीति-नियम पालन गर्नुपर्छ |