NE/Prabhupada 0445 - नारायणलाई सबैसँग बराबर बनाउनु फेसन भएको छ



Lecture on SB 7.9.2 -- Mayapur, February 12, 1977


प्रद्युम्न: अनुवाद- "भाग्यकी देवी, लक्ष्मीजी, उनलाई भगवानको अघि जान सम्पूर्ण देवताहरुद्वारा अनुरोध गरिएको थियो, जो त्रासको कारण अगाडी जान सकेका थिएनन् | तर उनले पनि भगवानको त्यस्तो आश्चर्यजनक र असाधारण रुप देखेकी थिइनन्, त्यसैले उनी भगवान अगाडी जान सकिनन् |

प्रभुपाद: साक्षात् श्रीः प्रेषिता देवैर् दृष्ट्वा तं महद् अद्भुतम् अदृष्टाश्रुत​-पूर्वत्वात् सा नोपेयाय शङ्किता (श्री भा ७|९|२) श्री, लक्ष्मी सधैं नारायण, भगवानको सङ्गमा बस्छिन् | लक्ष्मी-नारायण | जहाँ नारायण हुनुहुन्छ, त्यहाँ लक्ष्मी हुन्छिन् | ऐश्वर्यस्य समाग्रस्य वीर्यस्य यशसः श्रियः (विष्णु पुराण ६|५|४७) | श्रियः | भगवान सधैं छ ऐश्वर्यले पूर्ण हुनुहुन्छ, ऐश्वर्य, धन; समाग्रस्य, सबै धन...... कोहि उहाँसँग प्रतिस्पर्धा गर्न सक्दैन | यहाँ भौतिक जगतमा प्रतिस्पर्ध हुन्छ | तपाईसँग एक हजार हुन्छ; मसँग दुई हजार हुन्छ; अर्को मानिससँग तीन हजार वा तीस लाख हुन्छ | कसैले भन्न सक्दैन,"यहाँ अन्त्य छ 'मसँग पैसा छ |'" होइन | त्यो सम्भव छैन | प्रतिस्पर्धा हुनुपर्छ | सम ऊर्ध्व​ | सम भनेको "बराबर", र ऊर्ध्व​ भनेको "ठुलो" | कोहि पनि नारायणसँग बराबर हुन सक्दैन, र कोहि पनि नारायणभन्दा ठुलो हुन सक्दैन | यो आजकल फेसन भएको छ, कि दरिद्र-नारायण | होइन | दरिद्र नारायण हुन सक्दैन, न त नारायण दरिद्र हुन सक्नुहुन्छ, किनकि नारायण सदैव श्री, लक्ष्मीजीको साथमा हुनुहुन्छ | उहाँ कसरी दरिद्र हुन सक्नुहुन्छ | यी उत्पादित मुर्ख कल्पना, अपराध | यस् तु नारायणं देवं ब्रह्मा-रुद्रादि-दैवतै: समत्वेन विक्षेत स पाषण्डि भवेद् ध्रुवम् (चै च मध्य १८|११६) शास्त्रमा भनिएको छ, यस् तु नारायणं देवम् | नारायण, भगवान....... ब्रह्मा-रुद्रादि दैवतै: | दरिद्रको के कुरा गर्नु, यदि तपाईले नारायणको तुलना यस्तो ठुला, ठुला देवताहरु, जस्तै ब्रह्मा वा शिवजीसँग गर्नुहुन्छ, यदि तपाईले हेर्नुहुन्छ कि "नारायण ब्रह्माजी वा शिवजी बराबर हुनुहुन्छ," समत्वेन विक्षेत स पाषण्डि भवेद् ध्रुवम्, तत्काल ऊ पाषण्डि हो | पाषण्डि भनेको सबभन्दा नीच | यो शास्त्रको उपदेश हो | यस् तु नारायणं देवम् ब्रह्मा रुद्रादि-दैवतै: समत्वेन​ | यो अहिले फेसन बनेको छ, नारायणलाई सबजनासँग बराबर बनाउने | त्यसैले यसको कारण भारतको संस्कृति ध्वस्त भएको छ | नारायण बराबर हुन सक्नुहुँदैन | नारायणले भगवद गीतामा व्यक्तिगत रुपमा भन्नुहुन्छ, मत्तः परतरं नान्यत् किञ्चिद् अस्ति धनञ्जय (भ गी ७|७) | आर शब्द प्रयोग भएको छ: असमौर्ध्व​ | कोहि पनि नारायण वा चिष्णु-तत्त्वसँग बराबर हुन सक्दैन | हुँदैन | ॐ तद् विष्णोः परमं पदं सदा पश्यन्ति सूरयः (ऋग् वेद १|२२|२०) | यो ऋग् मन्त्र हो | विष्णोः पदं परमं पदं | भगवानलाई अर्जुनले सम्बोधन गरेका छन्, परं ब्रह्म परं धाम पवित्रं परमं भवान् (भ गी १०|१२) | परमं भवान् | यो पाषण्डी कल्पनाले अध्यात्मिक जीवनमा मानिसको विकास रोकिदिन्छ | मायावाद | मायावाद | तसर्थ चैतन्य महाप्रभुले मयावादीसँग सङ्ग गर्न कडा रुपमा प्रतिबन्धित गर्नुभएको छ | मायावादी भाष्य शुनिले हय सर्व​-नश (चै च मध्य ६|१६९): "जसले मायावादीसँग सङ्ग गर्छ, उसको अध्यात्मिक जीवन सकिन्छ |" सर्व-नाश | मारवाडी हय कृष्णे अपराधी | तपाई यी मायावादी धुर्तहरुबाट बच्न धेरै, धेरै सावधान हुनुपर्छ | "नारायण दरिद्र बन्नुभयो" भन्ने कुनै कुरा हुन सक्दैन | यो असम्भव छ | नारायण सदैव साक्षात श्री:सँग हुनुहुन्छ | श्री, विशेषगरी यहाँ, श्री, लक्ष्मीजीको वर्णन गरिएको छ, कि उनी निरन्तर नारायणको सङ्गमा हुन्छिन् | तीई श्री-विस्तार वैकुण्ठलोकमा हुन्छिन् | लक्ष्मी-सहस्र शत​-सम्ब्रह्म सेव्यमानं | चिन्तामणि प्रकर​-सद्मसु कल्प वृक्ष लक्शावृतेषु सुरभीर् अभिपालयन्तम् लक्ष्मी सहस्र​-शत सम्ब्रह्म​-सेव्यमानं गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि (ब्र स ५|२९) मात्र एक श्री, लक्ष्मी होइन तर लक्ष्मी-सहस्र-शत | र उनीहरु भगवानको सेवा गर्दैछन्, सम्ब्रह्म सेव्यमानं | हामी लक्ष्मीजीलाई सम्ब्रह्मसँग प्रार्थना गर्दैछौं,"माता, मलाई थोरै पैसा दिनुहोस् | मलाई थोरै कृपा दिनुहोस्, म खुसी हुन्छु |" हामी श्रीको आराधना गर्दैछौं | तर पनि, उनी बस्दिनन्, श्री | श्रीको अर्को नाम चन्चला हो | चन्चला, उनी भौतिक जगतमा छिन् | आज म लखपति हुन सक्छु; भोलि म सडकको भिखारी हुन सक्छु | किनकि हरेक ऐश्वर्य पैसामा निर्भर छ | यहाँ कोहिसँग पैसा स्थिर रुपमा हुन सक्दैन | त्यो सम्भव छैन | ती श्री जो यति चन्चल छिन्, उनी भगवानलाई सम्ब्रह्मसँग, सम्मानसँग आराधना गर्दैछिन् | यहाँ हामी सोच्दैछौं,"लक्ष्मी टाढा नजाउन्," राता त्यहाँ, श्रीले सोच्छिन्,"कृष्ण टाढा नजाउन् |" त्यो भिन्नता छ | यहाँ हामी डराउँछौं कि लक्ष्मी कुनै पनि क्षणमा टाढा जान सक्छिन् र त्यहाँ उनीहरु डराउँछन् कि कृष्ण कुनै पनि क्षणमा टाढा जान सक्नुहुन्छ | यो भिन्नता छ | त्यसैले त्यस्ता कृष्ण, त्यस्ता नारायण, कसरी उहाँ दरिद्र हुन सक्नुहुन्छ ? यो सबै कल्पना हो |