NE/Prabhupada 0462 - वैष्णव अपराध ठुलो अपराध हो



Lecture on SB 7.9.7 -- Mayapur, February 27, 1977


प्रभुपाद: वैष्णव अपराध ठुलो अपराध हो | तपाईलाई थाहा छ अम्बरीष महाराज​ | उनी भक्त थिए र उनी...... दुर्वासा आफ्नो योगीक सिद्धिप्रति धेरै घमण्ड गर्थे, र उनले अम्बरीष महाराज​को चरणमा अपराध गरे, र उनलाई कृष्णले सुदर्शन चक्र पठाएर सजाय दिनुभयो | र उनले ब्रह्मा, विष्णुसँग पनि मदत मागे | उनी सिधै विष्णुलोकमा जान सक्थे तर उनलाई माफ गरिएन | उनी वैष्णव, अम्बरीष महाराज​कहाँ आउनुपर्यो, र उनको चरणकमलमा झुक्नुपर्यो | र उनी, अवश्य पनि, वैष्णव भएकाले तत्काल क्षमा गरिदिए | वैष्णव अपराध ठुलो अपराध हो, हाती-माता | त्यसैले हामी वैष्णव अपराधबाट धेरै सावधान हुनुपर्छ | हामीले गर्नुहुँदैन....... अर्च्ये विष्णु शिला-धीर् गुरुषु नर​-मतिर् वैष्णव​-जाति-बुद्धिः (पद्म पुराण​) | वैष्णव-जाति-बुद्धि: अर्को अपराध हो, ठुलो अपराध | त्यसैगरी, गुरुलाई साधारण मानिस सोच्नु पनि अपराध हो | अर्च विग्रहलाई धातु, ढुंगाबाट बनेको सोच्नु, त्यो पनि........ यी अपराधहरु हुन् | स नारकी | त्यसैले हामी नियमहरु बारे र वैष्णवको चरणचिह्नको अनुसरण गर्न धेरै सावधान हुनुपर्छ | महाजनो येन स गतः | यो नोच्नुहोस् कि प्रह्लाद महाराज साधारण बालक हुन् | हामीले प्रह्लाद महाराजबाट भक्तिमय सेवामा कसरी विकास सिक्नुपर्छ |

धेरै, धेरै धन्यवाद |

भक्तहरु: जय प्रभुपाद |