NE/Prabhupada 0479 - जब तपाईले आफ्नो वास्तविक स्थिति बुझ्नुहुन्छ, तब तपाईका गतिविधिहरु सुरु हुन्छन्



Lecture -- Seattle, October 7, 1968


कृष्णले भगवद गीता बोल्दै हुनुहुन्छ, मय्य् आसक्त​-मनाः, योग विधिको बारेमा | उहाँले छैटौं अध्यायमा योग विधिको निष्कर्ष दिइसक्नुभयो | पहिलो छ अध्यायमा व्याख्या गरिएको छ, जीवको मौलिक स्थिति के हो | भगवद गीतामा अथराध्यायहरु छन् | पहिलो छ अध्यायमा केवल जीवको मौलिक स्थिति व्याख्या गरिएको छ | र जब यो बुझिन्छ......... जस्तै जब तपाईले आफ्नो वास्तविक स्थिति बुझ्नुहुन्छ, तब तपाईको गतिविधिहरु वास्तवमा सुरु हुन्छ | यदि तपाईले आफ्नो वास्तविक स्थिति थाहा छैन..... मानौं कार्यालयमा, यदि तपाईको पद स्थिर छैन, तपाईले कुन कर्तव्य सम्पन्न गर्नुपर्छ, तब तपाईले केहि पनि राम्ररी गर्नसक्नुहुँदैन | यहाँ एक टाइपिस्ट छ, यहाँ एक क्लर्क छ, यहाँ एक सेवक छ, यहाँ यो र त्यो छ | उनीहरु आफ्नो कार्य धेरै राम्ररी सम्पन्न गर्दैछन् | त्यसैले हामीले बुझ्नुपर्छ कि जीवको मौलिक स्थिति के हो | त्यो कुरा पहिलो छ अध्यायमा वर्णित छ | अद्येन शस्तेन उपासकस्य जीवस्य स्वरूप​-प्राप्ति-साधनं च प्रधानं निं प्रोक्तम् | बलदेव विद्याभुषण, भगवद गीताका धेरै राम्रा आधिकारिक टीकाकार, उहाँले भन्नुहुन्छ कि पहिलो छ अध्यायमा, जीवको मौलिक स्थिति धेरै राम्ररी वर्णन गरिएको छ | र एक मानिसले आफ्नो मौलिक स्थिति कसरी बुझ्न सक्छ, त्यो पनि वर्णन गरिएको छ | योग विधि भनेको उसको मौलिक स्थिति बुझ्नु हो | योग इन्द्रिय-संयमः | हामी इन्द्रियातित गतिविधिहरुसँग व्यस्त छौं | भौतिक जीवन भनेको इन्द्रियातिक गतिविधिहरुको कार्य | सम्पूर्ण संसारिक गतिविधिहरु, जब तपाई सडकमा गएर उभिनुहुन्छ, तपाईले देख्नुहुनेछ कि सबजना धेरै व्यस्त छन् | पसले व्यस्त छ, चालक व्यस्त छ | सबजना धेरै व्यस्त छन्- यति व्यस्त कि कार्यमा यति धेरै दुर्घटना | अब, तिनीहरु किन व्यस्त छन् ? यदि तपाई सुक्ष्म रुपमा अध्ययन गर्नुहुन्छ कि तिनीहरुको कार्य के हो, तिनीहरुको कार्य इन्द्रियतृप्ति हो | त्यति हो | सबजना इन्द्रियतृप्ति कसरी गर्ने भनेर व्यस्त छन् | यो भौतिक हो | र योग भनेको इन्द्रियहरुलाई नियन्त्रण गर्नु, आफ्नो अध्यात्मिक स्थिति, मेरो मौलिक स्थिति बुझ्नु | जस्तै एउटा बालक जो केवल खेल्न अभ्यस्त छ, उसले आफ्नो अध्ययनमा ध्यान दिन सक्दैन, आफ्नो भविष्यको जीवन बुझ्न, वा आफुलाई उच्च स्तरमा उठाउन | त्यसैगरी, यदि हामी जीवनको भविष्य थाहा नपाई बच्चाजस्तै संग्लग्न हुन्छौं, केवल इन्द्रियहरुसँग खेल्न, त्यसलाई भौतिक जीवन भनिन्छ | भौतिक जीवन र अध्यात्मिक जीवनको भिन्नता भनेको, यदि कोहि केवल इन्द्रियतृप्तिमा संग्लग्न हुन्छ, त्यसलाई भौतिक जीवन भनिन्छ | र त्यस्ता हजारौं भौतिकवादी मानिसहरु मध्ये, यदि कसैले बुझ्ने प्रयास गरेको छ, "म के हुँ ? म किन यहाँ आएको छ ? जीवनको यति धेरै पीडादायी स्थितिमा मलाई किन राखिन्छ ? कुनै समाधान छ......?" यी प्रश्नहरु, जब मनमा उठ्छन्, तब व्यवहारिक रुपमा उसको अध्यात्मिक जीवन सुरु हुन्छ | र मानव जीवन त्यस प्रयोजनको लागि हो |