NE/Prabhupada 0480 - भगवान् निराकार हुनुहुन्न, किनकि हामी सबै साकार छौं



Lecture -- Seattle, October 7, 1968


पशु जीवनमा तिनीहरुलाई इन्द्रियतृप्तिभन्दा अरु केहि थाहा छैन | तिनीहरुसँग शक्ति छैन | तिनीहरुको चेतना विकसित हुँदैन | जस्तै ग्रीन लेक पार्कमा धेरै हाँसहरु छन् | जब कोहि त्यहाँ थोरै खानेकुरा लिएर जान्छ, ती हाँसहरु जम्मा हुन्छन् | "क्वाक ! क्वाक ! क्वाक ! क्वाक !" त्यति हो | र खाएपछी, तिनीहरु यौन जीवनको आनन्द लिन्छन् | त्यति हो | त्यसैगरी, कुकुर, बिरालो र यी पशुजस्तै, मानव जीवन पनि त्यस्तै हुन्छ यदि हामीसँग "म के हुँ ?" भन्ने प्रश्न हुन्छ | यदि तिनीहरु केवल इन्द्रियका मागहरुले निर्देशित हुन्छन्, तिनीहरु हाँस र कुकुरभन्दा राम्रा हुँदैनन् | तसर्थ, पहिलो छ अध्यायमा वर्णन गरिएको छ, कि जीव एउटाअध्यात्मिक झिल्को हो | यस झिल्को कहाँ छ भनेर थाहा पाउन धेरै कठिन छ, किनकि यो धेरै सानो हुन्छ | यसलाई भेटाउने भौतिक माइक्रोस्कोप वा यन्त्र छैन | तर यो त्यहाँ छ | यो त्यहाँ छ | लक्षण भनेको, यो मेरो शरीरमा भएको कारण, यो तपाईको शरीरमा भएको कारण, तसर्थ तपाई चल्दै हुनुहुन्छ, तपाई बोल्दै हुनुहुन्छ, तपाई योजना बनाउँदै हुनुहुन्छ, तपाई धेरै कुराहरु गर्दै हुनुहुन्छ- केवल त्यस अध्यात्मिक झिल्कोको लागि | हामी त्यस परमात्माको धेरै सानो झिल्को हौँ | जस्तै सुर्यमा सानो कणहरु छन्, चम्किला कणहरु | यी चम्किला कणहरु जब मिसिन्छन्, त्यसलाई सुर्य भनिन्छ | तर तिनीहरु अणु हुन् | तिनीहरु अलग हुन्, आणविक कणहरु | त्यसैगरी, भगवान र हाम्रो सम्बन्धमा, हामी पनि बागवानका सानो चम्किला कण हौँ | चम्कनु भनेको हामीसँग केहि झुकाव छ, सोच्ने, अनुभव गर्ने, इच्छा गर्ने, सिर्जना गर्ने, सबै कुरा | तपाईले आफुमा जे देख्नुहुन्छ, त्यो भगवानमा पनि छ | त्यसैले भगवान निराकार हुनुहुँदैन किनकि हामी सब व्यक्ति हौँ | मसँग धेरै झुकाव छ- त्यो धेरैसनो मात्रामा | उनी झुकाव कृष्ण वा भगवानमा छन् तर त्यो धेरै ठुलो, असिमित मात्रामा | यो कृष्ण भावनाको अध्ययन हो | केवल महानता, मेरो स्थिति धेरै सानो छ | र हामी धेरै साना, सुक्ष्म छौं; तर पनि हामीसँग धेरै खुकाव छन्, धेरै इच्छा छन्, धेरै गतिविधिहरु छन्, धेरै मानसिक कार्यहरु छन् | केवल कल्पना गर्नुहोस् कि भगवानको कति थुओ मानसिक कार्य छ, कति इच्छा छ, कति झुकाव छ किनकि उहाँ महान हुनुहुन्छ | उहाँको महानता भनेको यी सब कुराहरु, जे तपाईसँग छ, त्यो उहाँमा महान रुपमा छ | त्यति हो | गुणात्मक हिसाबले हामी एक हौँ तर परिनात्मक हिसाबमा हामी भिन्न छौं | उहाँ महान हुनुहुन्छ; हामी सानो छौं | उहाँ असिमित हुनुहुन्छ; हामी सुक्ष्म छौं | तसर्थ निष्कर्ष भनेको आगोको असिमित कणहरु, झिल्काहरुजस्तै, जब तिनीहरु आगोमा हुन्छन्, तिनीहरु आगो र झिल्कासँग धेरै राम्रो देखिन्छन् | तर जब झिल्को मूल आगोबाट बाहिर हुन्छ, तिनीहरु निभ्छन् | कुनै आगो रहँदैन | त्यसैगरी, हामी कृष्ण वा भगवानका अंश हौँ | जब हामी भगवानसँग सङ्ग गर्छौं तब हाम्रो प्रकास शक्ति पुनर्जागृत हुन्छ | अन्यथा, हामी निभ्छौँ | तपाई वर्तमान जीवनमा झिल्को भए तापनि, यो भौतिक जीवन ढाकिएको छ | झिल्को ढाकिएको छ, वा लगभग निभेको छ | यो एकमात्र उदाहरण हो | यो निभ्न सक्दैन | यदि यो निभ्छ, हामी आफ्नो जीवित स्थितिमा कसरी प्रकट हुन्छौं ? यो निभेको छैन तर यो ढाकिएको छ | जस्तै जब आगो ढाकिएको हुन्छ, तपाईले आवरणमा ताप औभव गर्नुहुन्छ, तर तपाईले प्रत्यक्ष रुपमा आगो देख्न सक्नुहुन्न | त्यसैगरी, यो अध्यात्मिक झिल्को आफ्नो भौतिक वस्त्रले ढाकिएको छ, तसर्थ हामीले देख्न सक्दैनौं | डाक्टरले भन्छ,"ओहो, शरीरले कार्य गर्न सक्दैन; तसर्थ हृदयले कार्य गर्न सक्दैन | ऊ मृत छ |" तर किन हृदयले कार्य गर्न सक्दैन, उसलाई थाहा छैन | कुनै गणना गरिएको चिकित्सा विज्ञान छैन | तिनीहरुले धेरै शिक्षाहरु भन्नेछन् कि "रगतको कोष, रातो कोषले कार्य गर्न छाडेको छ, यो सेतो बनेको छ; तसर्थ यो......" होइन | यो सहि जवाफ होइन | रगतलाई रातो बनाउन सकिन्छ..... वा रातोपन जीवन होइन | धेरै प्राकृतिक कुराहरु छन् जुन आफैंमा रातो छन् | त्यसको मतलब यो होइन कि त्यहाँ जीवन छ |